Saturday, August 15, 2009

ओपन आई डी


अरुलाई कस्तो लागछ कुन्नी मेरो लागी त युजर ईन्टरयाक्टिभ साईटमा सवभन्दा झन्झटिलो कुरा भन्नु नै (त्यस साईटको लागी) रजिष्टर हुनु हो । एक पटक रजिष्टर गरे पछी त्यो लगईन डिटेल फेरी प्रयोग होला नहोला तर पनि पासवर्ड याद राख्नु पर्ने झन्झट हुन्छ यसमा ।

यस प्रकारको झन्झटवाट मुक्ती पाउन सन २००५ मा लाईभ जर्नल भन्ने वेवसाईटका निर्माताले ओपन आई. डी. को कन्सेप्ट ल्याएका थिए जस वाट एउटै (ओपन) आई. डी. ले धेरै वेव साईटमा लगईन गर्न सकिन्छ । यो एक प्रकारको युजर अथेन्टिकेशनको र एक्सेस कन्ट्रोल गर्नको लागी निर्माण गरिएको स्वत्न तथा विकेन्द्रित प्रणाली हो ।

ओपन आई. डी. को वारेमा धेरैलाई जानकारी नभए पनि अन्जानमै धेरैले यसको प्रयोग गरि रहेका छ उदारणको लागी गुगल र याहुका प्रयोगकर्ता लाई लिन सकिन्छ जसको युजर आई डी जन्मजात ओपन आई डि हो । त्यस प्रकारको ( ओपन )युजर आई डि ले ओपन आई डि सपोर्ट गर्ने धेरै वेव साईटम लगईन गर्न सकिन्छ । Yahoo, Google को अलावा AOL, BBC, Google, IBM, Microsoft, MySpace, Orange, PayPal, VeriSign, Yandex, Ustream आदीले पनि ओपन आडी प्रदान गर्छ । यसको लागी सम्बन्धित साईटको सम्बन्धित वेवसाईमा रजिष्ट्रर भए पछि त्यो युजरनेज स्वत: ओपन आई. डी. मा रुपान्तरण हुन्छ । यसले धेरैवटा साईटमा लगईन गर्नको लागी आवश्यक युजरनेम र पासवर्ड याद गर्नु पर्ने झन्झट वाट मुक्ती दिलाउछ ।

http://chi.mp/


chi.mp मलाई सवभन्दा राम्रो लागेको ओपन आई. डी. प्रदायकहरु मध्ये एक हो । यसमा रजिष्टर गरे पछि एउटा (e.g. youname.mp) आई डी प्राप्त हुन्छ । यसका अतिरिक्त यो साईटमा रजिष्टर हुने वित्तिकै आफ्नो युजरनेममा डट एमपि एक्सटेन्शन भएको एउटा टप लेभल डोमेन पनि प्राप्त हुन्छ । निशुल्क प्राप्त हुने यो डोमेनमा आफ्नो छुट्टै साईट सञ्चालन गर्न नसकिए पनि त्यही डोमेन प्रयोग गरेर ब्लग सञ्चालन गर्न सकिन्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।