Wednesday, August 26, 2009

Digital Camera किन्दा याद राख्नु पर्ने कुरा (2)

मेरो अघिल्लो ब्लग प्रकाशन भए पश्चात साथीहरु मलाई डिजीटल क्यामराको बारेमा सोध्न थालेका छन । फोटोग्राफीको सानोतिनो बिध्यार्थी सम्म नभएकोले क्यामराको वारेमा सोध्दा मलाई अप्ठ्यारो लाग्छ । खासमा मलाई ए‍उटा डिजीटल क्यामरा किन्न मन लागेको हनाले कस्तो राम्रो हुन्छ भनेर गुगलमा सर्च गरी भेटेका जानकारीको आधारमा अघिल्लो ब्लग तयार पारेको थिए । त्यसैको दोस्रो भाग
  1. सब भन्दा पहिले क्यामरा किन्ने बजेट तय गर्नुहोस । राम्रो क्यामरा किन्ने विचार गर्नु भा भए सस्तो तिर मन नडुलाउनुस ।
  2. क्यामरा किन्दा डिजीटल हैन अप्टीकल जुम लाई ध्यान दिनुस । जति अप्टीकल जुम धेरै भो त्यती नै पिक्चर क्वालिटी राम्रो हुने हुनाले यसमा ध्यान दिन जरुरी हुन्छ । साधारणतय अप्टिकल जुम धेरै भएको क्यामरामा डिजीटल जुम पनि धेरै हुने हुन्छ ।
  3. क्यामरा सानो भएको हुनाले यसको पर्फमेन्स नराम्रो होला भन्ने नसोच्नुस ।
  4. दुई चारवटा पसलमा प्राईस बुझ्ने बिचार गर्नु भा भए पसले ले भनेको प्राईसमा के के आउने हो ? ग्यारेण्टी, वारेन्टीको वारेमा निक्यौल गर्नुस ।
  5. फोटोलाई म्याग्निफाई गर्दा देखिने फोटोको गुणस्तरले त्यस क्यामरावाट खिचिने फोटोको सार्पनेस निर्धारण गर्न सकिन्छ ।
  6. राम्रो क्यामरा हुनलाई मल्टी फङ्गसनल हुनु पर्छ भन्ने सोच त्याग्नुस बरु क्यामरा जे जती सुविधा छ त्यसको गुणस्तरको वारे सोध्नुस ।
  7. डिजीटल क्यामरा वाट राम्रो फोटो खिच्न मेगा पिक्सल नै सवथोक हैन त्यसले अन्य कुराको वारेमा पनि ध्यान दिनुस ।
  8. डिजीटल क्यामरा वारे राम्रो जानकारी छैन भने ईन्टरनेट वाट नै भए नि केही जानकारी हासिल गर्नुस । प्राईस र फिचर कम्पेयर गर्नुस । (Try this : www.compareindia.com)
  9. सम्भव भए ISO 50 सर्पोट गर्ने क्यामरा हेर्नुस ।
  10. सके सम्म चार्ज गर्न मिल्ने लिथीयम ब्याट्री भएको क्यामरा रोज्नुस ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।