Sunday, September 6, 2009

चार सरकारी सहित दर्जनौ नेपाली वेव साईट ह्याक


कम्तीमा चार सरकारी वेवसाईट सहित दर्जनौ नेपाली वेव साईटहरु ह्याकर हरुको फन्दामा परेका छन । ह्ययाकिङ्ग भएका सरकारी वेव साईटहरुमा सयुक्त राष्ट्रसघको सहयोगमा निर्माण हुन लागेको युनाईटेट नेसन्स पार्क को वेव साईट देखी युरोपियन युनियन को सहयोगमा सचालित सिल्क एसोसियसन नेपालको वेव साईट सम्म परेको छ ।

ह्याकिङ्ग भएका वेव साईटहरुका सर्भरमा नेपाल सरकारको आधिकारिक वेव सर्भर National Information Technology Center (NITC) देखी निजी क्षेत्रवाट सचालित World-Link Communications Inc, EVEREST NET PVT. LTD, आदी नाम चलेका आई एस पी हरुमा पनि परेका छन । ह्याकिङ्ग भएका वेव साईटहरु धेरै चाँही काठमाण्डौको नाम चलेको वेव होष्टिङ्ग तथा डिजाईनिङ्ग गर्ने कम्पनी Radiant InfoTech Nepal (P.) Ltd ले बनाएका परेका छन ।



ßLacK_Wh!TE, md.r00t, [SiLeNtp0is0n] जस्ता उपनाम भएका ह्याकरहरु ह्याकरहरुको वारेमा विस्तृत विवरण प्राप्त हुन नसके पनि उनिहरुको उदेश्य गुप्त वाटवाट सर्भरमा प्रवेश गरी महत्वपुर्ण सुचना सकलन गर्नु रहेको देखिन्छ ।

  1. युनाईटेड नेशन्स पार्क
  2. महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय
  3. राष्ट्रिय एडस तथा सरुवा रोग नियन्त्रण केन्द्र
  4. भक्तपुर ओधोगिक क्षेत्र

  5. भुकम्पीय सुरक्षा कार्यक्रम
  6. शहरी विकास तथा भवन निर्माण विभाग
  7. Nepal Cloth Merchant and Tailoring Association

  8. Agri-Business and Trade Promotion Multi-Purpose Co-operative (ABTRACO)
  9. नेपाल खुद्रा ब्यपार सघ
  10. Silk Association of Nepal
  11. नेपाल कपडा तथा सिलाई ब्यबसायी सघ
  12. ईन्फोहव एजुकेशनल कन्सल्टेन्सी
  13. हिमालयन ह्वाईट हाउस कलेज
  14. बालाजु ओधोगिक क्षेत्र
  15. भिडीयो डट कम डट एन पी

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।