Friday, September 11, 2009

गुगलको साईटमा वर्डप्रेसको फेभिकोन


५ / ६ दिन अघी गुगल सर्भर डाउन भएछ । गुगल एप्स सर्भिसमा त पहिले देखिनै केही न केही समस्या थियो तर ( त्यस बखत) जिमेल पनि चलेन । गुगल डिपेन्डेन्सी बढेको भन्नु पर्ला लगभग १५ मिनेट सर्भर नचल्दा ईन्टरनेटको महासञ्जालमा खैला बैला मचिएछ ।

आज विहान गुगल सर्च गर्दा गुगलको साईटमा वर्डप्रेसको फेभिकोन देखियो । मैले गुगल एप्स सर्भिस र जिमेल पनि ट्राई गरे त्यसमा चाँही गुगलकै आईकन थियो । मैले चलाउने गरेको ईन्टरनेट एक्सप्लोरर 7 व्राउजर वाट बार बार प्रयास गरेर तर गुगलको साईटमा वर्डप्रेसको फेभिकोन नै आईरहेको पाँए । तपाईले पनि याद गर्नु भो ?

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।