Wednesday, September 2, 2009

के हो टेलीमेडिसिन (Telemedicine)

मेरो अफीसमा मलाई नयाँ जिम्मेवारी थपिएको छ । ई लर्निङ्ग र टेलिमेडिसिन संञ्चालन र सम्भावयताको वारेमा अध्ययन गर्ने र रिपोर्ट पेश गर्ने । यसै सिलसिलामा म गत महिना काठमाण्डौमा गएको थिए । काठमाण्डौमा ओम हस्पिटल पाटन हस्पिटल आदीले यसको सञ्चालन गरेको भेटियो । त्यसै क्रममा मैले तयारको रिपोर्टको (सम्पादन नगरिएको) एक अंश

टेलीमेडिसिन द्रुतगतीमा बिकास हुदै गई रहेको एक प्रकारको क्लिनीकल मेडिसिन प्राक्टिस हो जसमा मेडीकल ईन्फरमेशन टेलीफोन मोबाईल ईन्टनेट वा अन्य यस्तै नेटवर्कको माध्ययमा वाट प्रबाह गर्ने गरीन्छ ।

अझ सरल शब्दमा भन्दा टेलीमेडिसिन दुई हेल्थ प्रोफेशनल विच कुनै रोग रोगी विच कुनै सञ्चारको माध्ययम प्रयोग गरी बिश्वको कुनै पनि कुना वाट विरामीको सम्बन्धित विषयमा बिज्ञ बिशेशज्ञवाट उपचार गराउने प्रक्रिया जनाँउछ । यसले विरामीको उपचार गराउन को लागी सुचना प्रविधीको प्रयोग गर्ने कुरा सकेत गर्छ ।

टेलीमेडिसिनका प्रकारका


Real time

Real time telemedicine टेलीफोन वाट दुई चिकित्सक विच कुरा गरि विरामीको उपचार गर्ने देखी robotic surgery जस्तो जटिल पनि हुन सक्छ । यस प्रकारको टेलीमेडिसिनमा दुवै तर्फ एकै समयमा सञ्चारको साधनवाट सम्पर्कमा रहेको हुनु पर्छ ।. Video-conferencing उपकरण यसको लागी अत्यावश्यक कुरा हो । यसमा कम्प्युटरमा जोडिने साधारण किसिमका कम्प्युटर पेरीफेरल डिभाईस देखी भिडीयो कन्फेरेसिङ्ग उपकरणको साहायताले विरामीको ईन्टरयाक्टिभ एक्जामिनेसन गरिन्छ । यस प्रयोग गर्न सकिने tele-otoscope जस्तो उपकरणले विरामीको कान हेर्ने tele-stethoscope ले विरामीको हार्टविट जाच्ने आदी काम गर्दछ । psychiatry, family practice, internal medicine, rehabilitation, cardiology, pediatrics, obstetrics, gynecology, neurology, speech-language pathology and pharmacy आदी विषय सँग सम्बन्धित रोग तथा सल्लाहको लागी यस प्रकारको रियल टाईम मेडिसिन उपयुक्त हुन्छ ।

Store-and-forward

Store-and-forward telemedicine मा आवश्यक मेडिकल ईन्फर्मेशन सम्बन्धित दक्ष विशेशज्ञ लाई पायक पर्ने समयमा अध्ययन को लागी सम्प्रेशण गरी आवश्यक सरसल्लाह लिने गरिन्छ । यसम एकै सयमा दुवै तर्फका मेडिकल विशेशज्ञ उपस्थित रहनु पर्ने आवश्यकता पर्दैन । Dermatology ( teledermatology), radiology, र pathology आदी विषय सँग सम्बन्धित रोग तथा सल्लाहको लागी यो उपयुक्त हुन्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।