Sunday, October 18, 2009

तपाँईको साईट पनि रिडिजाईन गर्ने वेला भो कि !

कुनै पनि कुरा शुरु गर्नु खासै ठुलो कुरा हैन तर त्यसलाई कन्टीन्युटी दिनु चाँही सवैको वसको कुरा नहुदो रहेछ त्यसमा पनि सुचना प्रविधी र ईन्टेरनेटमा त अपडेट हुन नपाँई आउटडेटेड भईने । वेव साईट कै कुरा गर्नुस न अहिलेको वेव साईटको ट्रेण्ड हेर्ने हो भने साधारण HTML प्रयोग गरेर बनाएको स्टाटिक वेव साईट त वेव साईट साईट नै हैन की भने जस्तो पो भई सकको छ । म पनि धमाधम आफ्ना पुराना साईट रिडिजाईन गर्दै छु । रि डिजाईन गर्नको लागी मैले तयार गरेको क्राईटेरिया यस्तो छ ।
  • Frames : यदि तपाँईको साईटको मुख्य कन्टेनमा फ्रेम वा आईफ्रेम प्रयोग गरिएको छ भने सम्झिनुस तपाँईको साईटको डिजाईन परिवर्तन गर्ने वेला भईसकेको छ ! सन २००० र त्यो भन्दा अगाडी फ्रेम प्रयोग गरिएको साईटको विगविगी थियो त्यसताका याहु मेलमा पनी फ्रेमको प्रयोग गरिएको थियो तर व्राउजर ईन्कम्प्याविलिटी को कारण अहिले यो सव आउटडेटेड भै सक्यो । त्यसैले तपाँईको साईटमा फ्रेम प्रयोग गरिएको छ भने सम्झिनुस तपाँईको साईट रि डिजाईन गर्न ढिला भै सक्यो ।
  • Intro Pages : जति खेर फ्रेम भएको साईटको विगविगी  थियो त्यती खेर साईटमा ईन्ट्रो पेजको पनि अनिवार्य जस्तो मानिन्थ्यो  । अझ कर्पोरेट साईटमा त फ्लास चलाउन जान्ने मान्छेले बनाएको साईट भए अनिवार्य ईन्ट्रो पेज राख्थ्यो ।अझ भनु फ्लासमा बनाएको साईटमा ईन्ट्रो पेज हुनु अनिवार्य नै जस्तो भै सकेको थियो । तर आजभोली के विश्वास गरिन्छ भने प्रयोगकर्तामा ईन्ट्रो पेज झेल्ने धैर्यता कम भै सक्यो त्यसैले लामो लामो ईन्ट्रो पेज भएको साईट छ भने सम्झिनुस त्यसलाई रि डिजाईन गर्ने वेला भो तर सानो चिटिक्क परेको ईन्ट्रो पेज छ भने ठिकै छ अलिकती ढिलो हुदाँ नि केही हुन्न । :-)
  • Outdated Content : वेव डेभलपमेन्टको स‌सारमा CMS को चकचकी छ । रेडिमेड CMS को कारण दुई चार क्लिकमै साईट बन्न थालेको छ त्यो पनि डायनामिक साईट " । त्यसैले यदी तपाईको साईट स्टाटिक छ भने तुरुन्त  डिजाईन गर्न लागउनुस । तपाईको साईटलाई प्रयोगकर्ता ले एक दुई पटक झेल्छन त्यस पछी तपाँईको साईट कन्ट्याक्ट पेज हेर्न मात्र प्रयोग हुन थाल्छ । त्यसैले आउटडेटेड कन्टेन्ट भएको साईट रि डिजाईन गर्न लगाई हाल्नुस ।
  • Your Site is Entirely Flash : यदी तपाईको साईट पुरै फ्लासमा बनाएको छ भने कुनै एउटो गतिलो वेव डिजाईनर खोजेर त्यसलाई रि डिजाईन गर्न लगाई हाल्नुस किन भने पहिले नै फ्लास प्लेयर ईन्सटल छ भने ठिकै छ नत्र तपाईकै साईट हेर्न कसैले त्यसलाई ईन्सटल गर्दैन र फ्लासमा बनेका साईट कम हुदै जानुको कारण यसको युजएवीलिटीSEO फ्रेण्डली नहुनु  पनि हो ।
  • Tables : तपाँईको साईट्को सोर्स हेर्नुस त्यहाँ HTML को table ट्याग प्रयोग भएको छ भने सम्झीनुस त्यसलाई रि डिजाईन गर्ने वेला भो । डाटावेस वाट डाटा फेच गर्न सजिलो को लागी टेवल बनाएको छ भने त्यसलाई सम्म कन्सीडर गर्न सकिन्छ र पुराका पुरा साईटनै (HTML) table प्रयोग गरेर बनाएको छ भने सम्झिनुस त्यसलाई रि डिजाईन गर्ने वेला भो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।