Thursday, October 15, 2009

अनलाईन रिचार्ज (NTC Mobile recharge by e-Banking in Nepal)

नेपाल टेलिकमले सञ्चालन गरेको जि एस एम तथा सि डी एम ए प्रिपेड र पोष्टपेड मोबाईलको रिचार्ज/मासिक विल भुक्तानी नेपालका बिभिन्न वाणिज्य बैकहरुको अनलाईन सेवा वाट पनि सम्पन्न हुने भई सकेको छ । यस सेवालाई हाल भर्खर खुलेका बैक अफ एसिया (Bank of Asia), सनराईज बैक (Sunrise Bank Ltd.) देखी पुराना एभरेष्ट बैक (Everest Bank), राष्ट्रिय बाणिज्य बैक (Rastriya Banijya Bank) लगायत ले पनि यस प्रकारको सेवा प्रस्तुत गरेको छ । साधारणतया यो सेवा दुई प्रकारले उपभोग गरिन्छ ।

अनलाई ब्याङ्किग बाट पिन कोड प्राप्त गरी

सम्बन्धित बैकको अनलाईन बैकिङ्क सेवा उपभोग गर्नको लागी नियमानुसारको प्रक्रिया पुरा गरी युजरनेम र पासवर्ड प्राप्त गर्ने र सम्बन्धित लिङ्कमा क्लिक गरेर पिन कोड प्राप्त गर्ने ।



अन्य बैकको त मलाई थाहाँ भएन तर बैक अफ एसियामा यो सेवा उपभोग गर्नको लागी युजरनेम र पासवर्ड दिएर लगईन गर्नु पर्ने रहेछ अनि युटिलिटी पेमेन्टमा क्लिक गरि Service Amount र Account Number सेलेक्ट गरी सवमिट गरे पछी पिन कोड प्राप्त गर्न सकिने रहेछ । र त्यहि पिन कोड वाट रिचार्ज गर्न सकिने रहेछ ।

म्यासेज पठाएर आफ्नो बैक खाताको रकम कट्टी गरी पिन कोड प्राप्त गरेर

  1. GSM मोबाईल फोन रिचार्ज गर्नको लागी RCG 205 टाईप गरेर 5677 मा म्यासेज पठाउनु पर्छ । 
  2. CDMA मोबाईल फोन रिचार्ज गर्नको लागी RCG 205 CDMA टाईप गरेर 5677 मा म्यासेज पठाउनु पर्छ । 
  3. अनि त्यसपछी प्रयोगकर्ताल तिन क्यारेक्टरको कोड प्राप्त गदर्छ । 
  4. त्यस पछी PAY (भर्खरै प्राप्त गरेको कोड )     (यो नम्बर सम्बन्धित बैकमा नियमानुसारको प्रक्रिया पुरा गरेर प्राप्त गर्न सकिन्छ । ) टाईप गपरेर 5677 मा नै पठाउनु पर्छ ।
  5. त्यस पछि प्रयोग कर्ता ले दुई प्रकारको म्यासेज प्राप्त गर्छ ।
  6. पहिलो म्यासेजमा के कती रकम प्रयोग कर्ताको खातावाट डेविट भएको हो त्यो जानकारी आउछ । 
  7. दोस्रो म्यासेजमा नमस्ते प्रिपेडको लागि १३ डिजिटको र स्काई प्रिपेडको लागी १५ डिजिटको पिन कोड प्राप्त हुन्छ । 
यस प्रकारको म्यासेज पठाएर आफ्नो बैकको ब्यालेन्स डेविट गरी रिचार्ज गर्ने सुविधा एभरेष्ट बैक र राष्ट्रिय बाणिज्य बैकले प्रदान गरेका छन ।

1 comment:

  1. Nepal Investment Bank ले पनि पहिलादेखि नै यो सेवा दिँदै आइरहेको छ !! अरू बैँकको बारेमा जानकारी दिनुभएकोमा धेरै धन्यवाद !!

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।