Tuesday, November 10, 2009

आउटडेटेड व्राउजर र नयाँ वेव डिजाईनिङ्ग टुल्स

वेव डिजाईन अव सवैको वस‌् को कुरा रहेन । केही अगाडी सम्म माईक्रोसफ‍ट फ्रन्ट पेजमा टेवल बनाउन जान्ने जो कोही वेव साईट बनाउन अगी सर्थे । तर अव नयाँ नयाँ व्राउजर नयाँ नयाँ वेव टुल्स टेक्निक्स र ट्रेण्ड को कारण यो झन जटिल र टेक्नीकल हुदै गई रहेको छ । अव टेवल बनाएर वेव साईट डिजाईन गर्ने कुरा एक किसीमले आउट डेटेड भै सक्यो । सर्भर साईड देखी क्लाईन्ट साईड सम्म सवैको फ्रेमवर्क आई सक्यो । अव वेव साईट डिजाईन, प्रोग्रामिङ्ग भन्दा पनि कम्पाईल गर्ने अवश्था आई सक्यो ।

नयाँ कुराको विकास सँगै यसले जटिलता पनि उत्तिकै ल्याई रहको छ । पुराना र पपुलर व्राउजर नयाँ टुल्स सर्पोट गर्दैनन र सवै युजर एक चोटी अपडेट पनि हुन सक्दैन । यसले वेव डिजाईनरहरुको कपालको रौ झार्ने काम भै रहेको छ ।

वेव टुल्सको को डेपलपमेन्ट ले माईक्रोसफ्टको व्राउजरलाई पछि पारेकोले वेव डिजाईनर विच नयाँ सम्स्या देखा परेको छ । ईन्टरनेट एक्सप्लोरर सेभेन ले सिक्स को लाई थेरथोर डिबग गरे पनि त्यतीले मात्र काफी नभएर माईक्रोसफ्टले सेभेन प्रयोकर्तामा लोकप्रिय हुन नपाई ईन्टरनेट एक्सप्लोरर एट ल्याउनु पर्यो । तर माईक्रोसफ्ट ईन्टरनेट एक्सप्लोरर सिक्स र  ईन्टरनेट एक्सप्लोर सेभेन एट जस्तै मोजिल्ला फायरफक्समा यति फरक छ कि स्वयं माईक्रोसफ्ट को अफिसियल वेव साईको पनि राम्रो सँग खुल्दैन ।



यहाँ दिएको चित्रमा माथी MSDN को वेव साईट ईन्टरनेट एक्सप्लोर सिक्समा कस्तो देखिन्ट र मोजिल्ला फायरफक्समा कस्तो देखिन्छ देखाएको छ । राम्रो सँग MSDN को हेडर कम्प्येर गर्न चित्रमा क्लिक गर्नु होला ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।