Friday, December 18, 2009

जे छ नाम मै त छ !

ज्ञानेन्द्र शाहको शिर वाट श्रीपेच झार्न गरीएको आन्दोलन लगत्तै त्यतीखेरको सफल र लोकप्रिय वेव साईट परेवा डट कम बन्द भयो । तर डोमेन दर्ता गर्ने कम्पनीको नाममा अझै त्यो डोमेन कायम छ । मैले यसो भन्दा तपाँईलाई बुढो गोरुको झर्रो नेपाली उखान याद आँउला, सत्य त्यही हो ।

आज भन्दा लगभग ४, ५ वर्ष अघी वर्षेनी एउटा म्युजिक एल्बम निकालेर आफ्नै एक खालको शैली वाट श्रोताहरु माझ चर्चित नविन के भट्टराईले एल्बम निकाल्नै छोडे लगतै आफ्नो पर्सनल वेव साईटको कन्टीन्युटी ब्रेक गरे । तर उनको वेव एड्रेस डिलीट भएन अझ त्यो डोमेन मुल्य बढाएर लिलामीको लागी राखीयो । त्यसैले अहिले आएर उनले आफ्नो नयाँ एल्बम नक्षत्र रिलीज गर्ने वेलामा अर्कै डोमेन दर्ता गर्नु पर्यो । उनको नयाँ वेव एड्रेस nabinkbh.com अर्थात नबिन खोया विर्के हिरो डट कम :-D

त्यसो त नेपालमा पनि डोमेनको कारोबारमा भारतको शेयर वजारको जस्तो हर्षद मेहता बन्ने गरीको दलाली, धोखाखडी को करतुत अलि बाक्लै छ । कुनै खेलकुद प्रतियोगीता वा विश्व प्रसिद्द ईभेन्ट हुने कुनै हल्ला चल्नु हुन्न डोमेनको रजिष्टर गर्नको लागी लिगलिगे दौड शुरु भै हाल्छ । अझ यस मामलामा हामी कहाँ पनि ब्यबशायिकता शुरु भै सकेको मान्नु पर्छ किन भनेर कान्तीपुर वाट बाक्लो दाल खान गएकाहरु ले यो नाम गरेको त्यो नाम गरेको पत्रिका निकाल्दै छन अरे भनेर हल्ला शुरु हुदाँ उनिहरुको आफ्नो नाममा त्यो डोमेन पार्क गराई हाल्थे । लाग्थो उनिहरु पहिले डोमेन एभेलविलीटी चेक गर्थे अनि आफ्नो पत्रिकाको नाम राख्थे ।

नेपालको डोमेन दर्ता गर्ने गराउने ईतिहासमा निरज पोखरेल वा मेरोमोवाईल डटकम (meromobile.com) विर्सिईन्न होला । स्पाईस नेपाल लाई खासमा मान्छेहरुले मेरो मोबाईल भनेर जान्दछन । त्यसैले पनि धेरैले मेरो मोबाईलको वेव एड्रेस मेरो मोबाईल डट कम होला भन्ने सोच्दा हुन तर त्यो डोमेन मेरो मोबाईल ले आफ्नो बनाउन सकेका छैन र निरज पोखरेल ले सन २००५ देखी निरन्तर त्यसमा लगानी गरी आफ्नो नाममा राखी रहेका छन । खासमा स्पाईस नेपाल र निरज पोखरेलको कती ‌अङ्कले बनेको रकममा वार्गेन चलिरहेको छ । somebody knows !

शायद वी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र हो क्यार डट ईडियु (bpkihs.edu) डोमेन एक्सटेन्सन भएको वेव एड्रेस भएको नेपालको शैक्षिक प्रतिष्ठान, किनभने डट ईडियु एक्सटेन्सन भएको डोमेन रजिष्टर गर्नै गार्हो! (खासमा यो डोमेन एक्सटेन्सन अमेरिका शैक्षिक सस्थालाई लच्क्षीत गरी प्रवर्दन गरीएको छ भनिन्छ ।) गरी सके पछी पनि अहिले आएर यो सबभन्दा महङ्गो डोमेन भएको छ । (वार्षिक ४० युएस डलर) त्यसैले अव धेरैले डट ईडियु एक्सटेन्सन भएको डोमेन दर्ता नै गर्दैनन ।

अझ कुनै एक एक्सटेनसनको डोमेन चर्चित भए पछी त्यही नाम गरेको अर्को एक्सटेन्सनमा डोमेन दर्ता गर्ने र त्यस वाट MFA साईट बनाउने वा सेल मा राख्ने एक किसिमको ब्यबशाय नै भै सकेको छ । वेव साईट चलादै जाँदा म bpkihs.com भन्ने डोमेनमा झुक्किएर पुगेछु । विक्रीमा भनेको ले त्यसको कती पर्छ भन्ने सोधीखोजी गरेको त ८००.०० डलर रे । लौ हेर त आठ डलरको डोमेन आठ सयमा वेच्न आटेको !

भन्नलाई मान्छेहरु नाम मा के छ भन्छन नि ! डोमेन को बजारको कुरा गर्नु हुन्छ भने, जे छ नाम मै त छ ।

2 comments:

  1. राम्रो जानकारी । डोमेननेम पनि यस्तो खेल हुँदो रहेछ । नयाँ कुरा थाहा पाइयो तपाईको यो पोष्टबाट ।

    ReplyDelete
  2. राम्रो जानकारी रहेछ। धन्यबाद

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।