Monday, December 28, 2009

ब्याङ्क अफ एसियाको नेट ब्याकिङ्गको सम्बन्धमा ६ वटा टिप्पणी

त्यसो त ब्याङ्क अफ एसियामा मैले खाता खोल्नुको कुनै विषेश कारण छैन। मिनीमम ब्यालेन्समा चलिरहेको त्यस वैँकको खाता उच्चतम प्रयोग मैले मेरो मोवाईलको रिचार्ज कार्डको पिन नम्बर किन्न प्रयोग गरे । एक पटक एउटा काम विशेशले ईण्डिया पैसा पठाउनु पर्ने भो, त्यसैले मैले त्यस बैकमा खाता खोलेको थिए । एकैं पटकको कारोवार होला भन्ने लागेको थिएन, फेरी फेरी पैसा पठाउनु पर्ला भनेर त्यस बैकमा खाता खोलेर त्यसको एटिएम कार्ड मैले उता पठाएको थिए। त्यस पछी त्यसको मोबाईल रिचार्ज गर्ने वाहेक अरुमा त्यसको काम आएको छैन। मोफसलमा पुगेका अन्य ठुला बैक भन्दा त्यस वैकमा सकारात्मक कुरा त्यसले अ्काउण्ट होल्डरको नाम प्रिन्ट नभएको एटिएम कार्ड एकै दिनमा दिदो रहेछ जसलाई नेपालको SCT ATM र भारतको पञ्जाब नेशनल ब्याङ्कमा प्रयोग गर्न सकिदो रहेछ ।

पहिलो वर्ष निशुल्क ईन्टरनेट ब्याङ्कीङ्गको सुविधा दिन्छ भन्ने सुनेर मैले पनि त्यस वैकको आई टच भन्ने नेट ब्याकिङ्ग सुविधा एक्टीभेट गरेको थिए । त्यस पछी त मैले पहिले नै भनि हाले नि त्यसको भरमार उपयोग मोबाईल रिचार्ज गर्नमा भई रहेको छ भनेर । तर हिजो आज त त्यो पनि हुन छाडेको छ ।लग ईन गर्ने वित्तिकै लगईन  ईरर को रुपमा " यु आर अलरेडी लगईन " भन्छ ।


लौ यो त भयङ्कर ठुलो जोक भो नी ! एक हप्ता देखी लगईन गर्न नसिका र म पहिले नै लगईन छु भने लगईन भए पछी गर्न मिल्ने कामहरु गर्न दिए भै हाल्यो नि ! किन मेरो बाटो छेकिरा'

तर मेरो विचारमा यो बि ओ ए नेट ब्यकिङ्गको लापरवाहीको पराकाष्ठा हो । यसले धेरै प्रश्न हरु सिर्जना गरेको छ ।

  1. एक हप्ता भन्दा बढी समय देखी लगईन गर्न खोज्दा म सधै यही म्यासेज पाईरहेको छु यसको मतलब के हो भने नेट ब्याकिङ्क बनाउने वेवमाष्टर एक हप्ता भन्दा वढी समय देखी साईट को अवस्था वारे जानकार छैनन। भोली कसैले त्यो साईट ह्याक गर्यो वा ह्याक गर्न खोज्यो भने त्यो साईट ह्याक भएर कान्तीपुरमा छापीए पछी कसैले भन्दीएर मात्र वेव माष्टरले थाहा पाउछन । त्यतीखेर खातामा पैसा हुनेहरुको पैसा स्वाहा भै सक्छ । त्यसैले मेरो बिचारमा त्यो बैक नेट बाट नै ब्याकिङ्ग सेवा उपयोग गर्नको लागी यो सुरक्षित छैन ।
  2. अथवा यो साईटको डिजाईन गर्दा कुनै आई पी विशेश वा कुनै ब्रान्च विशेको अकाउण्ट नम्बर प्रयोग गर्ने युजर जति सवैलाई यो नेट ब्याकिङ्क प्रोग्रामिङ्ग गर्दा भुलवस त्यो एउटा युनिक युजर हो भनेर आई डेन्टी फाई गर्या छ त्यसैले एउटा युजरले लगईन गरी सकेको छ भने त्यो क्राईटेरीया पर्ने सवै युजरलाई पहिले नै लगईन भैसकेको भन्छ । यो त झनै अक्ष्यम्म गल्ती भो ।
  3. वा यो वेव एप्लिकेशन प्रयोग गर्दा लगईन हुने युजरको आई डी सेसनमा वा कुकी को रुपमा सेभ गरिदैन त्यसैले पुरा सिस्टममा कुनै एउटा युजर लगईन हुदाँ सवैलाई अलरेडी लगईन भन्छ ।  यसो हो  भने त रमाईलै होला नि किन भने नेट ब्याकिङ्क प्रयोग गर्न पाउने त्यो भाग्यमानी युजरको पैसा ट्रान्सफर गर्दा सवै युजरको पैसा घटन सक्छ । त्यो नहोला पनि कसरी भन्न सकिन्छ र ! तिन दिन देखी बन्द कम्प्युटर खोल्ने वित्तिकै लगईन गर्दा यु आर अलरेडी लगईन भन्दिन्छ ।
  4. सम्भावनाकै कुरा गर्दा मलाई के लाग्छ भने यो वेव एप्लिकेशनमा युजर लगईन गर्नको लागी कुन क्राईटेरीयमा पुरा गरे पछी लगईन गर्न दिने भन्ने क्राईटेरियमा नै गलत छ  । यस किसिमले प्रोग्रामिङ्गमा गलत क्राईटेरिया (Logic) प्रयोग गर्दा अहिले लगईन हुन दिएन भोली पैसा पनि गलत ठाँउमा पुग्यो भने चाँही बर्बाद हुन्छ ।
  5. हुन सक्छ यस बैङ्कको नेट ब्याकिङ्ग टेष्टीङ्ग फेजमा (बिटा पनि हैन अल्फा टेष्टको रुपमा :-D ) नै छ । यस्तोमा म जस्तो मिनिमम ब्यालेन्स हुनेलाई ठिकै छ तर जसको ब्यालेन्स अलि वढी छ तिनीहरुको पैसामा यस किसिमको टेक्नीकल एक्सपेरिमेन्ट नेट ब्याकिङ्ग सेवा जोखिमपुर्ण हुन्छ । अझ भनौ नेट ब्याङ्क चलाउने हो भने सम्बन्धित बैक यस सेवाको बिस्वासनियता प्रति फुल एण्ड फाईनल कन्फिडेन्ड हुनु पर्छ नत्र ग्राहकको पैसा जोखिममा पर्न जान्छ ।
  6. नियमन गर्ने निकाय सचेत छैन भन्दैमा यसरी बैकहरुले ग्राहको लगानीलाई जोखिममा पार्नु हुन्न । अझ अत्याधुनिक प्रविधीको प्रयोगवाट ग्राहकलाई सेवा दिईदैछ भने सवै प्रक्रिाय पारदर्शी हुनु पर्छ । साईट मेन्टेनेन्स फेजमा छ भने त्यो भनि ग्राहकलाई जानकारी हुनु पर्छ । चल्दैन भने त्यो पनि जानकारी हुनु पर्छ । एउटा सँस्थामा एक किसिमको काम गर्ने एउटा ब्यक्ति वा युनिट मात्र पनि हुन सक्छ तर त्यसले त्यसको क्वालिटी कन्ट्रोल र क्रस चेक गर्नु पर्ने कुरालाई बाईपास गर्न मिल्दैन । जुन कुरा यसमा देखिदैन ।
त्यसैले सम्बन्धित बैकले यस प्रति जवाफदेही हुन्न भने अब कसैले पनि त्यसको बैकको नेट ब्याकिङ्ग एक्टीभेट रिएक्टीभेट गर्न अघी दुई पटक सोच्नु पर्ने वेला भा छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।