Wednesday, December 23, 2009

ईन्टरनेट ब्याङ्कीङ्ग : नेपाल Vs भारत

क वर्ग परेका र नाम चलेका दुई / तिन वटा नेपाली वाणिज्य बैकहरुको अनलाईन ब्याङ्कीङ्गको ब्यक्तीगत अनुभवको आधारमा मलाई कसैले अनलाईन बैङ्कीङ्ग भनेको के हो भनेर सोधे " छ महिना सम्मको स्टेटमेन्ट ईन्टरनेमा हेर्न पाईने सुविधा हो " भनेर भनी दिन्छु । हाम्रा वैकहरुले धेरैमा (अहिले केही वैकहरुले ) मोवाईल रिचार्ज गर्नङ्को लागी रिचार्ज पिन नम्बर दिने र त्यसै बैङ्कमा भएको अर्को खातामा पैसा ट्रान्सफर गर्ने सुविधा दिने गरेको छ ।
वैक अफ एसिया र नेपाल एस बि आई वैक जस्ता वैकहरुले त्यसै वैकको अर्को खातामा सिधै पैसा ट्रान्सफर गरि दिन्छन भने नेपाल स्टाण्डर्ड चार्टड वैकमा अनलाईनवाट पैसा ट्रान्सफर गरे पछी पनि थर्ड पार्टीलाई पैसा भुक्तानी दिलाउन स्वय‌ आफै आफ्नो खाता भएको शाखामा उपस्थित भई सहि छाप गर्नु पर्छ ।
त्यसैले यस्तोमा नेपालमा वैकहरुलाई नियमन गर्न वनेको निकाय नेपाल राष्ट वैकलाई कम्प्युटर प्रविधी प्रति विस्वास छैन कि नेपालका वाणिज्य वैकहरु ग्राहकको सेवा साँघुरियार बढी मुनाफा कमाउन तल्लिन छन भन्न गार्हो छ ।

स्टेट बैक अफ ईण्डीयाको नेट बैकिङ्कको अनुभवले मलाई भारत ईन्टनेट बैकिङ्ग मा धेरै अगाडी बढी सकेको आभास दिलायो । भारतमा ईन्टरनेट ब्याङ्कीँग वाट नै हवाईजहाज देखी ट्रेनको टिकटको टिकट खरिद गर्न सकिने भएकोले त्यहाँ ट्राभल एजेन्सीहरु मुख्यत टुर अपरेटरको काम गर्दा रहेछन । तपाई सँग कुनै एक ठुलो ब्याङ्कको ईन्टरनेट अकाउण्ट छ भने मोवाईल रिचार्ज गर्नको लागी हामीकहाँ जस्तो रिचार्ज नम्बर लिएर नम्बर थिचीरहनु नपर्ने । सिधै आफ्नो मोवाईलमा पैसा रिचार्ज हुने । खाली साईट लगईन गर्नको लागी युजरनेम र पासवर्ड टाईप गर्नु पर्ने ।

भारतमा प्राकृतीक प्रकोपमा सहयोग गर्नको लागी स्थापित प्रधानमन्त्री राहतको कोषमा मनलागेको वेला सहयोग गर्न मात्र हैन प्रशिद्द भारतिय मन्दीरमा चन्दा दिनको लागी पनि नेट ब्याङ्किङ्ग प्रयोग गर्न सकिन्छ । हामी कहाँ प्रधानमन्त्री राहतकोष त कुरै नगरु पशुपतीनाथ लाई नै पनि भेटी चढाउन मनलाग्यो भने पनि चन्दा वुझाउने झन्झट मात्र हैन पैसा वुझ्ने मान्छेले नोट देखेर र् याल काढेको देखी लागेर खल्तीवाट निकालेको पैसा त्यही राख्न मन लाग्छ ।

नेपालमा काठमाण्डौमा भएको कुनै ब्याङ्कको आफ्नै खातामा धरान वाट पैसा जम्मा गर्न मनलागे अतिरिक्त शुल्क तिर्नु पर्छ । एन बि बैङ्कले एक सय लिन्छ भने नेपाल वैक लिमिटेड ले पचाँस रुपयाँ । नबिलको कुरा थाहा छ ? यसले कुनै अर्को शाखामा भएको कुनै खातामा पैसा जम्मा गर्न पैसा लिदैन भने कुनै खातामा जम्मा गर्न एक सय पचास लिन्छ । कुन प्रकारको खातामा पैसा लाग्छ कुनमा लाग्दैन उनिहरुलाई मात्र थाहा होला । भारतको कुरा गर्नु हुन्छ भने यहाँ कुनै एक ब्याङ्क वाट अर्को ब्याङ्कको कुनै पनि शाखामा ईन्टरनेट वाट पैसा ट्रान्सफर गरेको जम्मा पाँच रुपयाँ लाग्दो रहेछ त्यो पनि वढीमा दुई दिनको वर्किङ्ग डे भित्र  यो काम तपाई घरमै बसी बसी गोडा चार एक क्लिक को भरमा गर्न सक्नु हुन्छ । एउटै ब्याङ्कको दुई वटा शाखामा भएको खातामा पैसा राख्न / झिक्न मनलागे आफु खुसी गर्नुस ! त्यो तपाँईको आफ्नै हो । पैसा ट्रान्सफर गरेको पैसा लाग्दैन ।

सुरक्षाको कुरा गर्नु हुन्छ भने नेपालीहरु त "खुकुरी बोक्ने सोझा भुच्चुक हरु न हुन"  भन्दिए हुन्छ , भारतिय नटवरलालको जस्तो किस्सा हम्मेसी सुन्नु पर्दैन यहाँ । तर पनि उनिहरुको नेट ब्याङ्किङमा कहाँ पैसाको अपचलन होला, कसैको खाता कसैले विगारी देला भनेर चिन्ता लिन पर्दैन । हरेक क्लिकमा सुरक्षाको जिम्मा लिएको हुदोरहेछ । हाम्रो नेपालमा एस वि आई बैक, नबिल बैक जस्तो ईन्टरनेट बैङ्कमा जस्तो पासवर्ड यति दिन भित्र चेञ्ज गर्नु होला भनेर ग्राहकलाई चेतावनी दिईदैन । हरेक ट्रान्जेक्सन को रेकर्ड तपाईको मोबाईलको म्यासेज बक्समा प्राप्त हुन्छ ।

यो त नेट ब्याङ्किको टेलर मात्र हो भारतिया वैकहरुले जारी गर्ने डेविट कार्ड र क्रेडिट कार्डको महिमा त वाँकी नै छ जसको चर्चा पछी गरुलाँ ।

1 comment:

  1. साच्चै हो
    म पनि भारत मा Nepal SBi ko ATm चलाउछु जे होस धेरै सुबिधा पाइएको छ,

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।