Saturday, January 9, 2010

फेसबुकमा सबभन्दा वढी साथी हुने ब्यक्ती


ईन्टनेट चहारेर Steve Hofstetter फेसबुकमा सबभन्दा वढी साथी हुने युजर (थिए !) हुन भन्ने थाहा न पाउदाँ सम्म म एउटा मान्छेको ( फेसबुकमा ) कती साथी हुन्छन होला भनेर म अनुमान गर्न सक्दिन थिए । उनको फेसबुक अकाउण्ट आफैमा एक किर्तिमानी ईतिहास हो तर उनको ट्वीटर अकाउण्ट पनि कम रोचक छैन । अहिले (9:10 PM 1/9/2010 मा ) उनलाई ट्वीटरमा १६,५५५ जनाले फलो गरी रहेका छन भने उनि १६,५५० जनालाई फलो गरी रहेको छन । ट्वीटरमा उनलाई फलो गर्ने र उनले फलो गरेको युजरको सँख्यामा जम्मा पाँची जनाको मात्र फरक छ ।उनको यो सँख्या देखे पछी मैले कुनै ब्लगमा कुनै एक " सोसल नेटवर्क (साईट) एनालिष्ट " ले नेटवर्किङ्ग साईटमा आफुलाई चासो राख्नेको आफुले पनि चासो राख्नु पर्छ भनेको याद आयो ।

पेसाले स्टीभ एक लेखक स्तम्भकार र कमेडियन हुन । अन्तराष्ट्रीय सेलीब्रेटी त्यसमा पनि कमेडियन ! उनलाई साथी बनाउने चाहनेको के कमी हुन्थ्यो र !! फेसबुकमा यसको सँख्या लगभग दुई लाख पुग्न लाग्दा फेसबुक को ( सर्भर ) सिस्टम स्लो भएको कारण दर्शाई उनको फेसबुक अकाउण्ट रिसेट गर्नु परेको थियो रे । अहिले उनको अकाउण्ट लगभग पैतिस सय साथी छन । जुन धेरैको लागी धेरै हैन ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।