Sunday, January 17, 2010

बिन लादेनको फोटोमा फोटोसपको कमाल

अमेरिकाका सरकारी अधिकारीहरुले ओसामा बिन लादेनको भनेर प्रचारमा ल्याएको फोटोको टाउको (कपाल) लगायत अनुहारको केही अँश स्पेनका एक राजनितज्ञ (Gaspar Llamazares) सँग मिल्न गएको पुष्टी भएको छ ।  ‍गुगल वाट लगभग दुई हजार फोटो लिई त्यसमा बिन लादेनको सक्कली फोटोलाई आधार मानि डिजीटल्ली ईन्ह्यान्स (Digitally enhanced ) गर्ने क्रममा भुल बस त्यसो हुन गएको FBI का अधिकारीले जनाएका छन ।


ओसामा बिन लादेनको सक्कली फोटो , FBI ले निकालेको लादेनको काल्पनिक फोटो र लादेनको काल्पनिक फोटोमा प्रयोग गरिएको कपाल लगायत अनुहारको केही अ‌शँ मिल्न गएका स्पेनी राजनितीज्ञ

लादेनको भनिएको सो फोटो सर्वप्रथमा http://www.rewardsforjustice.net मा प्रकाशित भएको थियो  । त्यही फोटोको कारण ति स्पेनि राजनितीज्ञ (Gaspar Llamazares) को जिवन असुरक्षित भएको भनि चौतर्फी आलोचना भए पछी त्यस साईट वाट सो फोटो निकालिएको छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।