Wednesday, February 17, 2010

गुगल को सहयोग विकीपेडीयालाई

यसलाई सँयोग नै मान्नु पर्ला । एक अर्कामा प्रतिद्वन्दी झै गरी प्रश्तुत भईरहेको गुगल ले विकिपेडिया फाउन्डेशनलाई यस पालीको भ्यालेन्टाईन डे को सेरोफेरोमा नै विस लाख अमेरिकी डलर सहयोग गर्ने भएछ । विकीपेडियाको प्रशिद्दी वाट प्रभावित भएर नै गुगल ले पनि विकिपेडिया जस्तै साईट  Google Knol. सञ्चालन गरेको थियो । तर प्रयोगकर्ताहरुल‍े खासै यसलाई रुचाएको पाईएन बरु विकिपेडियाको प्रयोगकर्ताको ग्राफ उकालो लागेको लाग्यै भयो ।

गुगलको यो सहयोगले विकिपेडिया र गुगल एउटै कोठामा बाजा बजाउन चाहन्छन भन्ने बुझ्दा फरक पर्दैन र ईन्टरनेट दुनियाँका यि दुई माहारथीहरुको बाजा वाट निश्कने धुन पक्कै पनि प्रयोगकर्ताहरुको लागी उपयोगी (श्रवणीय)  हुनेछ भनेर अनुमान लगाउन सकिन्छ । हेरौ गुगलको यस कदमलाई माईक्रोसफ्टएडोबले कसरी लिनेछन र उनिहरुको नयाँ रणनिती के हुनेछ ।

1 comment:

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।