मेलामा HP, Samsung, Delta, Brothers, MSI लगायतकाले आफ्नो उत्पादन प्रवर्दन गर्न स्थानिय बिक्रेता सँग सहकार्य गरेर स्टल राखेका छन ।
मेलाको उदघाटन गर्दै विज्ञान तथा प्रविधि राज्यमन्त्रीले "... विज्ञानलाई व्यबहारीक बनाउन पहल गर्नुस म मन्त्री रहे सम्म सरकारले सहयोग गर्ने छ । " भनेछन । कसो सुचना प्रविधीको पहुँचलाई तपाईहरु घर घर सम्म पुर्याउनुस म मन्त्री भै राख्छु भनेनछन । प्रविधीको विस्तार र सर्वसुलभताको निति नियम बनउने र यसको प्रवर्दन गर्ने त कुरै छैन ।
मेलाका अधिकाँश स्टलका प्रोडक्ट हेर्दा डेक्सटप कम्प्युटर आउटडेटेड भा हो कि जस्तो लाग्थ्यो । जता ततै ल्यापटप नै ल्यापटप । तर दुर्भाग्य चाँही के पर्यो भने कुनै पनि ल्यापटप कम्प्युटर कम्पनीको अथोराईज्ईड डिस्ट्रीब्युटरका को स्टल भन्दा नि सवैले चाईनिज समान बेचे जस्तो "पैसा लिए पछी ग्यारेण्टी सकियो" भने झै गरी आ आफ्नो तालले सामान बिक्री गरी रहेको भेटियो ।
Mosorbaer को स्टलमा ग्राहकलाई प्रशन्न मुद्रामा स्वागत गर्दै एक युवति
क्यान ईन्फोटेक धरानको उपलब्धी काठमाण्डौ न्युरोडको साथी कम्प्युटरको स्टल धरानमा :-D
" कम्प्युटर ब्यपार मेला "
आयोजकको ले दर्शक (ग्राहक) लाई अलि बढी नै अण्डरस्टीमेट गरे जस्तो लाग्यो । केहि समान लिएर वा सामान नलिई बाहिर आउदाँ के के नै चोरेर ल्याए जस्तो गरी के कसो भनेर सोथखोज गर्ने । " आफ्नो थौली राम्रो सँग बाध्नु नि किन अरुलाई दोष लागाउने " म भित्र पश्न लाग्दा वी पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत प्रोफेसर लाई सेक्युरीटी गार्डले अनावश्यक सोथीखोजी गरेको ले उनि निकै असहज महसुस गरी रहेका भेटिए । आयोजकले पचास वटा स्टलको सम्म सुरक्षा गर्न नसकी दर्शकलाई दुख दिएको मलाई चाँही मन परेन ।
रु पाँच हजारमा एक गिगा वाईट वेव स्पेश = क्यान अफर
दुई लेनको बाटो ! दायाँ आधा लेन मोटरसाईल पार्कीङ्ग बाँया आधा लेन पार्किङ्ग बाँकी रह्यो बिचमा एक लेन । कसरी गाडी आवाजावत गर्ने ? ! यो कुरामा आयोजकले के सोच्या थियो कुन्नि । नत्र मेला अवधीभर त्यति साँघुरो बाटो "वन वे" वा "पार्किङ्ग स्थल" मात्र बनाउन सकिने नै थियो । त्यस क्षेत्रमा बैकल्पिक वाटोको पनि समस्या थिएन क्यार ।
दुई लेनको बाटो ! दायाँ आधा लेन मोटरसाईल पार्कीङ्ग बाँया आधा लेन पार्किङ्ग बाँकी रह्यो बिचमा एक लेन । कसरी गाडी आवाजावत गर्ने ? ! यो कुरामा आयोजकले के सोच्या थियो कुन्नि । नत्र मेला अवधीभर त्यति साँघुरो बाटो "वन वे" वा "पार्किङ्ग स्थल" मात्र बनाउन सकिने नै थियो । त्यस क्षेत्रमा बैकल्पिक वाटोको पनि समस्या थिएन क्यार ।
No comments:
Post a Comment
तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।