Sunday, April 11, 2010

ट्वीटर तथ्याङ्क

सन २००९ जनवरी देखी अप्रिल महिना सम्म विश्व प्रसिद्द सोसल नेटवर्किङ्ग साईट ट्विटरमा गरीएको एक तथ्याङ्क अनुसार सो अवधीमा 1,496,981 ट्वीट गरीएको पाईयो भने ति 1,496,981 मा जम्मा 2,098,630 वाक्य रहेका थिए भने 22,431,033 शब्द रहेका थिए । भन्दै खेरी १४० अक्षरमा अहिले के गरीरहनु भएको छ भन्ने प्रश्नको उत्तर दिनु पर्नेमा सालाखाल 14.98 शब्द रहदाँ रहेछन एक ट्वीटमा ।

अँग्रेजी वर्णमालाको अक्षर I ट्वीटरमा अत्याधिक प्रयोग हुने अक्षर (शब्द) रहेको पाईयो भने "Watching", "trying", "listening", "reading" र "eating" जस्ता शब्द ट्वीटरमा प्रयोग गरिने प्रमुख १०० वटा शब्दहरु अन्तर्गतमै परेको पाईयो । यस वाट के निष्कर्ष निकाल्न सकिन्छ भने ट्विटरमा ट्वीट गर्ने हरु सके सम्म आफुलाई केन्द्रबिन्दु पारेर वा आफु के गर्दैछु भनेर नै ट्वीट गर्दा रहेछन ।

साधारण बोलचालको अँग्रेजीमा प्रयोग गरिने "=" (is), "RT" (retweet), "lol" (laughing out loud), "OMG" (Oh my God!), "u" (you), "+", "n" (and), "re" (regarding), "x" (kiss), "b" (be), "ur" (you're/your) जस्ता अग्रेजी भाषाको एभ्रिबेशन नै ट्वीटरमा प्रयोग गरिदा रहेछन भने Aphorstofic comman विनाको Im नै ट्विटरमा अत्याधिक प्रयोग गरिने शब्द रहेको पाईयो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।