Sunday, April 18, 2010

SSL सँगको मेरो पहिलो साक्ष्यातकार

अनलाईन ट्रान्जेक्शन वा ईन्टरनेट वाट महत्वपुर्ण तथा गोप्य डाटाको आदान प्रदान गर्नको लागी SSL ईन्सटल गरिने प्रचलन बिश्वब्यापी हो तर हाल सम्म मलाई कसैले SSL को प्रयोग गर्न पर्ने हिसाबले काम लगाएको (वेब साईट बनाउन दिएको) थिएन । गत बर्ष चैतमा हामीले (म र बिजय राई) वी पी कोईराला स्वास्थय बिज्ञान प्रतिष्ठानको लागी एउटा ई- टेण्डर वेब साईट बनाएका थियौ । वेब साईट बनाएको एक वर्ष पुगे पछी कसले के बुझ्यो कुन्नि SSL ईन्सटल गरेर साईट चलाउने निर्णय गरेछन । र त्यो काम मलाई जिम्मा लगाईयो ।

आफुले गर्नै पर्ने भए पछी गोडा चार एक ब्लग र गुगल दाईलाई सोधे पछी म त्यस साईटमा SSL  ईन्सटल गर्न तयार भए । पहिले ट्रायल भर्सनको चलाउनु पर्यो भनेर ट्राई मारेको , चले त मर्नु !
त्यस पछी मैले मेरो सर्भर वाला कहाँ सोधे उसले एउटा डेडिकेटेड आई पी किन्नु पर्ने अनि मात्र चल्ने भन्यो । त्यती खेर सम्म मलाई यस कुरा बारे थाहा थिएन त्यसैले गुगल दाईलाई र अर्को एउटा सर्भर वाला हरुलाई सोधे र चाहिने रहेछ भन्ने निश्कर्षमा पुगेँ । ( खैरेहरु बढो बाठा हुन्छन मलाई यस बारे थाहा छैन भन्ने कुरा बुझे पछी उसले म सँग त्यसको बजार भाउ भन्दा डबल मुल्य लियो । मलाई साईटको शुरुमा https:// ल्याउनु थियो त्यसैले चुप रहे । :-( )

साईटमा SSL ईन्सटल गरियो तर https://www राखेर साईट खोल्न खोज्दा This Connection is Untrusted भन्ने म्यासेज पो आउछ । अब परेन फसाद Connection trusted होस भनेर SSL खरिद गरेको त्यही राखे पछी Untrusted भन्छ । त्यस पछी मैले सोध्न मिल्ने सवैलाई सोधे सवै " यहाँ त चलिरहेको छ त्यस्तो म्यासेज आउछ र ? " पो भन्छन । बढो दिक्क भएको थिए म ।  त्यसैले त्यो SSL Certificate ईश्यु गर्ने कम्पनिलाई सम्पर्क गरे । उ पनि यहाँ त चलिरहेकै छ पो भन्छ । एक किसिमले म निराश भै सकेको थिए । भोली साईटको डेमो दिनु पर्ने अहिले सम्म समस्या सामाधान भा हैन  । ( अनि ) मैले अलि बढो जोड दिएर मेरो समस्या राखे । साईटको स्क्रिन सट पठाए । अनि उसले के भन्यो भने SSL वेब एड्रेसमा www नराखी रजिष्टर गरिएको थियो त्यसैले www राखेर साईट खोल्दा त्यो सम्स्या आएको हो । उसले मलाई साईटको एड्रेसमा www राखेर अर्को एउटा SSL किन्न सुझाव दिई रहेको थियो तर मैले त्यसो गरीन ।

अघी सम्म मलाई Untrusted Connection को error म्यासेज र साईटलाई कसरी   https:// बाट खुलाउने भन्ने टेन्सन थियो (साधरणतया प्रयोगकर्ता ले http://www लेखेर वेब साईट खोल्न खोज्छन नि त !)  । भने अब साईटलाई ब्राउजरमा जसरी एड्रेस टाईप गरिने भए पनि www  हटाएर   https://   राखेर साईट खोल्नु पर्ने भयो।
यसको लागी म सँग त्यसो गराउनको लागी साईटको ईन्डेक्स पेजमा केही लाईनको स्क्रिप्ट लेख्नु पर्ने उपायाँ थियो तर मैले त्यसो गरीन ।

सर्भरको रुट फोल्डरको .htaccess यसो लेख्दा मेरो समस्या पुर्ण रुपले समाधान भए जस्तो लाग्यो मलाई !
Options +FollowSymLinks
RewriteEngine On
RewriteBase /
RewriteCond %{HTTP_HOST} ^www.mydomain.com [NC]
RewriteRule ^(.*)$ http://mydoamin.com/$1 [L,R=301]
यसो गर्दा यदि वेव साईटको एड्रेसमा www लेखिएको भए नि त्यो आफै हट्छ ।
RewriteCond %{HTTPS} off
RewriteRule (.*) https://%{HTTP_HOST}%{REQUEST_URI}
वेब एड्रेसमा www हटेपछी http:// लाई https:// बनाई दिन्छ ।