Tuesday, June 1, 2010

युनिटीको सर्भरलाई सरकारी अधिकारीले ह्याक गर्ने रे

त्यसो त सँसारमा कही नहुने कुराहरु  नेपालमा भै दिन्छ ।  नेपालमा भन्दा पनि नेपाली सरकारी कर्मचारी त्यसो गरी दिन्छन । नेपाली सरकारी कर्मचारीले त्यसो गरी हालेनन भने पनि त्यसो चाँही भनि दिन्छन अनि उनिहरुको कुरा गहिरिएर विचार गर्ने हो भने पेट मिची मिची हास्न मन लाग्छ ।  मैले भन्न खोजेको कुराको चुरो म प्रश्ट पार्छु तर पहिले कान्तिपुरमा योगेश खतिवडाले तयार गरेको यो समाचार पढ्नुस ।

समाचारमा विभिन्न स्रोतले समाचार दातालाई सर्भर नियन्त्रणमा लिने वा युनिटीको डाटामा पँहुच पुर्याउने उपाया (सवैले) ह्याक गर्नु नै भनि रहेका छन ।
  1. 'नेपालमा धेरै ह्याकर छन् ....................सुरक्षाको अवस्था सिर्जना गरिदिए उनीहरूले सजिलैसँग काम गर्न सक्छन् ।'  राष्ट्रिय सूचना केन्द्रका पूर्वकार्यकारी निर्देशक सुवर्ण शाक्य
  2. मुख्य सर्भर विभिन्न तरिकाबाट ह्याक गरी त्यसको डाटामा पहुँच पुर्‍याउन सकिने ललितपुरको स्थानीयस्तरमा गठित छानबिन टोलीका एक सदस्य
  3. 'कति सहजै ह्याक हुन्छ भन्ने कुरा डाटा कसरी स्टोर गरिएको छ भन्नेमा भर पर्छ,' इन्टरनेट सुरक्षाविज्ञ सरोज लामिछाने 
  4. 'विभिन्न ह्याक गर्ने सफ्टवेयरको सहायता पनि लिन सकिन्छ ।' विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारी 


यदि समाचार दाताले शुरुमा युनिटीको सर्भर कसरि ह्याक गर्ने भनेर सोधेको हैन तर सवैले डाटा वा सर्भर एक्सेस गर्न ह्याक गर्नु पर्छ भनेका हुन भने यो भन्दा ठुलो जोक केही हुन्न । किनकी नियम कानुनको पुर्ण पालन गर्नु पर्ने सरकार आफैले कसैको सर्भर ह्याक गर्नु कतिको उचित हुन्छ ? ह्याक नै गर्दा भुलवस कुनै ठुलो गल्ती भएर डाटा रिट्रिभ गर्न नसकिने भयो भने के गर्ने ? ह्याक वाहेक अरु केही उपाय छैन त ! युनिटीको सर्भरमा भएका डाटा एक्सेस गर्न ? नियम अनुसार कारवाही गरी रहेको भए राष्ट्रिय अन्तराष्ट्रीय निकाय सँग समन्वय गरी सुरक्षित रुपमा डाटा नियन्त्रणमा लिन के गार्हो छ ?

सरकारले नियन्त्रणमा लिएका युनिटीको मुख्य सर्भर भनेर भनेको कम्प्युटर मुख्य सर्भर हुदै हैन यो त सर्भर एक्सेस गर्ने कम्युटर मात्र हो किन भने सर्भरको आई पी हेर्दा सर्भर अमेरिकामा छ । युनिटीको सर्भर एक्सेस गर्न सरकारले नियन्त्रणमा लिएको कम्युटरको कुनै जरुरत पर्दैन सर्भरको लगईन ईन्फर्मेसन हुदाँ जुनसुकै कम्प्युटरवाट जहाँ कही वाट डाटा एक्सेस गर्न सकिन्छ ।


युनिटीको साईट 207.106.22.32 आई पि एड्रेस भएको सर्भरमा होस्ट भएको छ । जसलाई Web Werks ले आफ्नो नाममा दर्ता गरेको छ ।

207.106.22.32 - Geo Information
IP Address 207.106.22.32
Host newton.wwindia.com
Location US US, United States
City Conshohocken, PA 19428
Organization Web Werks
ISP PaeTec Communications
AS Number AS33480
Latitude 40°07'98" North
Longitude 75°28'55" West
Distance 7712.98 km (4792.62 miles)

अमेरिका मा सर्भर रहेको Web Works को वेब ठेगाना http://www.web-werks.com रहेको छ । Web works को रजिष्ट्रड कर्पोरेट अफिस भारत स्थित मुम्बईमा रहेको छ ।

Web works को सम्पर्क ठेगाना

USA
Web Werks
55 E North Lane,
Conshohocekn,PA,US 19428
Phone: +1-917-5588171
Fax: +1-413-2288133
Email: [email protected]

India
Registered Office :
Web Werks India Pvt. Ltd.
A/3 Matrukripa, Baburao Parulekar Road,
Dadar(W), Mumbai - 400028
INDIA

Corporate Office :
Web Werks India Pvt. Ltd.
124, Prabhadevi Unique Industrial Estate,
Off Veer Savarkar Marg,
Prabhadevi, Mumbai - 400025
INDIA
Phone: +91-22-40500600 / 24330314 / 24327448 / 24366632 / 24365831 / 24369745
Fax: +91-22-40500630
Email: [email protected]

सर्भरको विवरण
Hosting location: Conshohocken, United States
Hosting provider network: Web Werks (AS33480)
Top websites on the Web Werks network
Server operating system: FreeBSD
Programming language: PHP
Webserver: Apache/2.0.53 (FreeBSD) PHP/4.3.10
IP-address: 206.183.111.61   United States
Reverse lookup: bhim.rapidns.com. (rapidns.com)
Information last updated: 2010-05-31

सर्भरको विवरण हेर्दा युनिटीको साईट Web works मार्फत अमेरिकामा रहेको सर्भरको वेब स्पेश खरिद गरी होष्ट गरीएको छ । त्यसैले यदि सरकारले युनिटीको सर्भरलाई छानविन गर्न नै खोजेको भए ह्याक गर्नु पर्दैन ईन्टरपोलको साहायता लिएर मुख्य सर्भरवाट कानुन अनुसार अनुसन्धानको लागी डाटा लिन सकिन्छ ।  सर्भर चिन्न गार्हो भा भए गुगल म्यापको जमानामा कुनै पनि ठाँउको अक्षाँश र देशान्तर दिए ( Latitude = 40°07'98" North, Longitude = 75°28'55" West ) पछी त्यहाँ पुग्न केही गार्हो हुन्न । ह्याक गर्ने हो भने अर्को सम्स्या आउन सक्छ किन भने त्यो आईपी भएको सर्भरमा राष्ट्रिय प्रहरी प्रतिष्ठान को वेब साईट पनि होष्ट भएको छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।