Thursday, August 19, 2010

नेपाल टेलिकमको वेब एस. एम. एस. सेवा

खासमा मैले यहाँ गर्न लागेको नेपाल टेलिकमको वेब एस एम एस सम्बन्धी कुरा यसरी सार्वजनिक रुपमा गरी हाल्नु पर्ने कुरा त हैन तर यही सेवा पाउनको लागी मैले गर्नु परेको खुसामद / चर्का चर्की चाँही चर्चा गर्न लायकको छ । सम्भवत दुई तिन महिना अगाडी सम्म पनी नेपाल टेलिकमको CDMA मोबाईल प्रयोग कर्तालाई वेब sms यो सुबिधा दिईएको थिएन । दिने रे भनेर मैले सुनेको दुई तिन वर्ष भै सकेको थियो । जब यो सेवा शुरु भयो रे भन्ने थाहा पाए यसमा रजिष्टर भएर यो सेवा उपभोग गर्ने इच्छा लाग्यो । वेब साईटमा भने जस्तै मोबाईलको  रिम का  को पछाड़ी  को नम्बर सबै लेखेर http://websms.ntc.net.np/ मा जति प्रयास गर्दा दर्ता हुन सकिएन ।
यो लेखमा मेरो आशय सरकारी काम काज हाम्रै कारणले खराब हुदै गईरहेको हो । हामी सरकारी सेवा प्रदायक लाई कहिले प्रश्न गर्दैनौ ल्यसैले उनिहरुमा जवाफ देहीताको कमी आएको हो भन्ने हो । चित्त बुझेन भने लाप्पा खेल्नै पर्छ भन्ने छ र ? यसो किन भनेर सोध्ने हामीलाई हक छ । प्रत्येक सरकारी कर्मचारीको तलब हामीले तिरेको करको अंश हो । चाहे त्यो नतांश होस वा त्यो भन्दा बढी । :-D

अनि नेपाल टेलिकमको ईन्क्वाईरी मा सम्पर्क गरेर प्राप्त फोन नम्बरमा वेब एसएमएस सम्बन्धी सेवा सम्बन्धमा सहयोगको लागी सम्पर्क गर्दा कुनै जिम्बेवार ब्यक्ती भेट्न सकिएन । जिम्बेवार ब्यक्ती भेटिएन भन्नाले भेटिएका मध्ये कोही  यो सेवा सम्बन्धी जानकारी नै नभएर अर्को नम्बरमा सम्पर्क गर्नलाई फोन नम्बर दिने, कोही यो सेवा ट्रायलमा हो त्यसैले नभएको होला भन्ने खालको उत्तर दिने, कोही यो सेवा निशुल्क भएकोले चल्नै पर्छ भन्ने छैन चलेन भने चलेन भन्ने खालको गैर जिम्मेवार जवाफ दिने हरु भेटिए ।

यदि शुरुमा मलाई कुनै कर्मचारीले यो सेवामा केहि खराबी छ भनेर सम्झाई दिएको भए सम्भवत म यति धेरै सोधी खोजी गर्ने थिईन होला तर आफु STD चार्ज तिरेरर फोन गर्दा नि कति खेर रिसिभर राख्न पाईएला भनेर झर्को र फर्को गर्दै कुरा गर्ने माड'  साहेब र म्याडमको ब्यबहारको कारणले मेरो रिसको पारो चढ्यो । अनि मैले यस कुरो को चुरो फुकारएर छोड्ने बिचार गरे । मेरो स्पष्ट बुझाई के हो टेलिकमले हाम्लाई सित्तैमा कुनै पनि प्रकारको सेवा दिएको छैन दिएको सेवा मा पाईने भन्दा ठुलो मेवा लिएको छ । न उसको ले दिने सेवाको जवाफदेहिता छ । न लिने मेवाको पारदिर्शीता छ ।

मलाई चित्त त साच्चै नै बुझिरहेको थिएन । त्यसैले मैले एक दिन नेपाल टेलिकमको वेव साईट एक पटक पुरै हेरे । म नेपालको टेलिकमले सञ्चालन गरेकव लगभग सबै सेवाको प्रयोगकर्ता हुँ । उसले तोके अनुसारको शुल्क भुक्तानी गरेको छु । त्यस्तो केही पर्दा जरिवाना पनि तिरेको छु । म जस्ता लाखौ प्रयोगकर्ताहरुले शुल्क भुक्तान गर्न एक दिनै पनि ढिलो गर्दा जरिवाना तिरेको छन भने  म टेलिकमको सेवामा बिलम्ब भयो /  सेवा सुचारु भएन /  बारम्बार ताकेता गर्दा पनि समस्या सुल्झीएन भने के गर्ने भन्ने कुरा म बुझ्न चाहन्थे, त्यही अड्डा कै माड साहेबहरुको मुख बाट।

त्यसैले म मैले प्रयोग गर्न चाहेको सेवाको प्रमुख सँग मलाई चित्त बुझ्दो जवाफ लिएरै छोड्ने बिचारमा थिए । अनि ईन्क्वाईरी मा फोन गरेर नेपाल टेलिकमको ईन्टरनेट शाखाको फोन नम्बर मागे । ईन्टरनेट शाखाका माड साबलाई मेरो कुरा भन्न शुरु मात्र के गरे्को थिए वेब एस एम एसको लागि ९८५१०११४४४ मा सम्पर्क गर्न भने । माड साहेबहरुको यस्तो ब्यबहार वाट म रुष्ट थिए कोही कुरै सुन्न नमान्ने एकले अर्कालाई देखाउने जवाफदेहिता को कुरै छैन । मैले भर्खरै नम्बर पाएको माडसाब लाई मेरो समस्या सबै सुनाए उनि बडो कुल मिजासका रहेछन ।" तपाँईको रिमको नम्बर भन्दिनुस न म रजिष्टर गर्दि हाल्छु नि" भने । मलाई धेरै कुरा गर्नु थिएन रिम कार्ड को नम्बर म्यासेज गरी दिए उनि उनले उतै बाट मेरो वेब एस एम एस एक्टीभेट् गरी दिए । अहिले म नेपाल टेलिकमको वेब एस एम एस सेवा प्रयोग गरी रहेको छु तर मैले दर्ता गर्नलाई गरेको प्रक्रिया एक दम गलत  हो । यसरी सरकारी सेवा प्रयोग गर्न ब्यक्तीमा भर पर्नु राम्रो हैन ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।