Saturday, August 28, 2010

वेब ब्राउजर को भिन्नता

पहिलो तस्बिरमा देखिएको मान्छेको फोटो क्यामेराले खिच्दा दोस्रो फोटोमा देखिए जस्तो आयो भने फोटो खिच्ने मान्छेलाई कस्तो अनुभुती होला ?  हो ठ्याक्कै यस्तै अनुभुती अहिले वेब डिजाईनरहरुलाई भईरहेको  छ  । वेब डिजाईन र ईन्टरनेटको क्षेत्रमा भएको द्रुततर विकास सवै ईन्टरनेट ब्राउजरले पछ्याउन नसक्दा डिजाईनरले एक किसिमको ब्राउजरमा टेष्ट गरेर बनाएको वेब साईट अर्को ब्राउजरमा अर्कै देखिन थालेको हो । त्यस माथी पनि माईक्रोसफ्टले बनाएको ईन्टरनेट एक्सप्लोरर ( बिशेशत : भर्सन सिक्स, जसको कारणले माईक्रोसफ्टले ब्राउजरको मार्केटमा आफ्नो साख नै गुमाई सकेको छ । )  मा देखिएको प्रोग्रामिङ्ग बग को कारणले वेब डिजाईनरहरुलाई धेरै नै टाउको दुखाईको बिषय भएको छ ।

ईन्टरनेट एक्सप्लोरले सर्पोर्ट नगर्ने CSS को ईलेमेन्ट अन्य ब्राउजरले सर्पोट गर्न सक्ने हुनाले साईटको ले आउटमा परिवर्तन देखिएको हो ।

साईट निर्माण गर्न लेखिने CSS लाई एउटा एक केटीको तस्विर सँग तुलना गर्ने हो भने फायरफक्समा पहिलो फोटो जस्तो देखिन्छ भने ईन्टरनेट एक्सप्लोरर (सिक्स भर्सन) मा दोस्रो तस्विर जस्तो (पनि) देखिन्छ ।
ईन्टरनेट एक्सप्लोरर सिक्स र फायरफक्स मोजिल्ला मा सि एस एस को कारणले देखिने भिन्नता बुझ्न तल दिएका सामग्री हेर्नु होला ।
Internet Explorer and the CSS box model