Sunday, October 3, 2010

फेसबुकको प्राईभेसी पोलिसी अमेरिकाको कानुन भन्दा लामो

मलाई अनसोसल भन्दिए पनि खासै फरक पर्दैन किन भने म सँग कुनै सोसल नेटवर्किङ्ग साईटको सदस्यता छैन । र बनाउने बिचार पनि छैन । सदस्यता हुने हरु सँग मलाई कुनै गुनासो पनि छैन तर धेरै जसोको फेसबुक प्रोफाईल हेर्दा मलाई उनिहरुको फेसबुक प्राईभेसी सचेतना प्रति दया लाग्यो । कुन कुरा कसलाई भन्ने र कसलाई नभन्ने भन्ने कुरामा उनिहरु बढो कन्फ्युजन छ । उदारणको लागी  फेसबुकमा  साथीहरुलाई दुरीमा राख्ने सुविधा छ । साथीहरुलाई मिल्ने साथि, अलि अलि मिल्ने साथी, अलि अलि चिनेको साथी भनेर ग्रुप बनाउन सकिन्छ । फेसबुकको प्राईभेसी पोलिसी गजब छ । यो विस्तृत छ  । भन्नलाई फेसबुकको प्राईभेसी पोलिसी अमेरिकाको कानुन भन्दा ठुलो छ भनिन्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।