Monday, October 4, 2010

सन् २०१२ DV Lottery को लागि आवेदन दर्ता खुला

अमेरिकी सरकारले सन् २०१२ डाइभरसिटी भिसा कार्यक्रमको अनलाइन आवेदन दर्ता भोली  २०१० अक्टोबर ५ तारिख बिहीबार जीएमटी समय -४ बजे देखि २०१० नोभेम्बर ३ तारिख बुधबार जीएमटी समय -४ बजे  सम्म खुल्ला गर्ने भएको छ। नेपालस्थित अमेरिकी राजदूतवासले दिएको जानकारी अनुसार सन् २०१२ को कार्यक्रममा तीनवटा महत्वपूर्ण परिवर्तनहरु भएका छन ।
  1. आवेदकहरुले ३० दिनको दर्ता अवधिभित्र अनलाइन मार्फत आवेदन दर्ता गर्नुपर्दछ । 
  2. आवेदकहरुले आफू छनौट भए नभएको डाइभरसिटी भिसाको वेबसाइटमा गएर हेर्नुपर्दछ । बिजेताहरुले हुलाक मार्फत चिठी प्राप्त गर्ने छैनन । 
  3. आवेदकहरुले ३०० डीपीआई डट्स पर् ईन्च वा राम्रो रेजोल्युसन भएको फोटो अप्लोड गर्नु पर्दछ ।
स्मरण रहोस डाइभसिटी भिसा चिट्ठामा सहभागी हुन कुनै शुल्क लाग्दैन । आवेदन दर्ता विद्युतीय रुपमा http://dvlottery.state.gov मा गई दर्ता अवधिभित्र (२०१० अक्टोबर ५ तारिख बिहीबार जीएमटी समय -४ बजे देखि २०१० नोभेम्बर ३ तारिख बुधबार जीएमटी समय -४ ) गर्नुपर्दछ ।  दर्ता गरिसकेपछि आवेदकहरुले कन्फर्मेशन पेज देख्न  सक्ने छन  जसमा एन्ट्री स्टेटस चेक र तपाईंको आवेदनको स्थिति कसरी हेर्नेबारे निर्देशनहरु दिइएको हुन्छ ।  विगतका वर्षहरुमा जस्तो यसपालि भने बिजेताहरुलाई हुलाक चिट्ठीमार्फत सूचित गरिने छैन । तसर्थ सफलता पुर्वक फर्म भरीसके पछी देखा पर्ने स्क्रिनमा दिईने आवेदकको युनिक कर्फमेशन नम्बर सुरक्षित सँग राख्नुहोला । नतिजा हेर्नको लागी यो नम्बर नभई हुदैन ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।