Monday, November 8, 2010

फेसबुकका साथीहरु

फेसबुकमा तपाँइको साथीहरु को को छन भनेर सधैभरी अरुलाइ थाहा दिन मन नलाग्न सक्छ । बास्तवमा फेसबुकले साथीहरुको दुरीलाइ महत्व दिदैन । आफ्नो फेसबुक सन्जालमा रहने लाइ कि साथी कि साथीको साथी भनेर (फेसबुकले) समदुरीमा राख्ने गर्छ । मेरो बिचारमा सवै साथीहरुको दुरी समान हुदैन । फेसबुकको सही र अधीकतम प्रयोग गर्ने हो भने सबभन्दा पहिले साथीहरुको दुरी निर्धारण गरी सुची बनाउनु पर्छ । उदारणको लागी स्कुलको साथी, कलेजको साथी, अफिसको साथी आदी । अफीसको साथीलाइ तपाँइको स्कुलको साथीहरु सँग हुने कुरा तथा अन्य ब्यक्तीगत कुरा थाहा दिइ रहनु जरुरी हुन्न जस्तो लाग्छ मलाइ ।

साथीहरुको सुची कसरी बनाउने

  • दाहिने पट्टी प्रोफाइल पिक्चर मुनि फ्रेण्डमा किल्क गर्नुस । 
  • त्यस पछी आउने पेजमा Edit Friends मा किल्क गर्नुस ।
  • चित्रमा देखाए जस्तो Create List मा किल्क गर्नुस । 
  • अब आउने पेजमा साथीहरुको सुचीको नाममा लेख्नुस । 
  • मुन्तिर साथीहरुको प्रोफाइल पिक्चरमा किल्क गर्नुस ।
  • अब Create list मा किल्क कन्ट्रोल कि थिचेर गर्नुस । 
साथीहरुको सुची तयार भो ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।