Sunday, December 26, 2010

पासपोर्ट लिन सास्ती

देशमा रोजगारी छैन । स्वरोजगारको बजार जोखीमपुर्ण छ । यस्तोमा सबैलाइ बिदेश नगइ भा छैन । देशको लथालिङ्गे पाराले समयमा मेसिन रिडेवल पासपोर्ट (एम आर पी) जारी हुन सकेन । समय बित्न लागेको बेला काम शुरु गर्ने बाहानामा अनेक तिकडमबाजी मचाइए । समय बितिसकेपछि बल्ल बल्ल एम आर पी जारी भएको छ । एमआरपी बनाउनेको भीडले परराष्ट्र वरीपरीको ट्राफिक अस्तब्यस्त हुनाको साथै स्वय सेवाग्राही मार्कामा परेको समाचार आउन थालको छ । तर बिगतमा ७५ वटा जिल्ला हुने काम काठमाण्डौको एउटै अफिसबाट हुन लागेको छ । यस्तोमा भनि रहनु पर्दैन “सबथोक अस्तब्यस्त छ । सबैले दुख पाएका छन । ”

एम आर पी बितरण प्रक्रियाको बारेमा कान्तिपुरको समाचारलाइ साभार गरौ । “…………मेसिन रिडेबल पासपोर्टको फारम बुझाउन लागेको भीडले केशरमहलदेखि लैनचौर, ठमेल हुँदै नयाँबजारसम्मै जाम हुने गरेको छ । भीडले शिक्षा र परराष्ट्र मन्त्रालय आसपासको सडक कार्यालय समयभरि अस्तव्यस्त हुने गरेको छ । एकातिर थामिनसक्नु लाम हुन्छ भने अर्कातिर सर्वसाधारणले जथाभावी बाटो काट्ने र पार्किङ गर्ने गरेका छन् । सवारीसाधन र सडकमा हिँड्ने सर्वसाधारणलाई व्यवस्थित पार्न ट्राफिकलाई उस्तै धौ-धौ पर्छ । राहदानी बनाउन सडकमा उभिँदा सवारीसाधनले ठक्कर दिई दैनिक एक-दुई जना सामान्य घाइते हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । नौलो किसिमको राहदानी लिन सबैलाई हतार छ । तर त्यसको फारम बुझाउने ठाउँ एउटै छ । त्यसले पनि भीड अचाक्ली भएको हो । परराष्ट्रमा राति तीन बजेदेखि लाइनमा नबसे फारम बुझाउनै नसकिने स्थिति छ । …….”

समाचारमा यही पासपोर्ट बनाउने बहानामा सर्वसाधरणले पाएको दुखको चर्चा पढेर अत्यास लाग्छ । यहा सर्वसाधरणको पैसा मात्र हैन समय पनि असामान्य रुपले खेर गइ रहेको छ ।

सामान्य हिसाबले सोच्दा ७५जिल्लामा सयौ कर्मचारीले गरेको काम काठमाण्डौको एक कार्यलयमा सिमीत कर्मचारी बाट पुरा गरीनु पर्ने कारणले यस्तो हुनु स्वभाबिक हो । तर परिस्थिती असामान्य भएकोले यसलाइ सामान्य रुपले सोचेर सर्वासाधारणको दुखलाइ नजर अन्दाज गर्न मिल्दैन क्यारे। बिदेशीहरु परराष्ट्रमा पासपोर्ट लिनेहरुको लाइन देखेर सोच्दा हुन् “नेपालको परराष्ट्रले पासपोर्ट दिने काम नै त गर्दो रहेछ नि ” ।
के हुन सक्छ त यो भीड हटाउने उपाय ?

सोच्नुस त अमेरिकाको डिभीको फारम लिने काम पनि यसै गरी लाइन लागेर गरिँदो हो त कम्तिमा केही दिनको लागी सन्सार भरका अमेरिकन एम्बेसीको काम के हुदो हो ? अनि यसको नतिजा कति दिनमा आउँथ्यो होला ? पक्कै पनि हामीले यस्तो देख्नै परेन त्यसैले यसबारे सोच्दौनौ किन भने यो सबै काम इन्टरनेटबात केही क्लिकमा गरिन्छ। हामी कहा पनि एम आर पी को फारम इन्टरनेट बाट लिइने हो भने कति राम्रो हुन्थ्यो होला । इन्टरनेट क्याफे गाउँ गाउँ पुग्ने क्रममा छन । यदी आफ्नो गाउ ठाऊमा कम्प्युटर नै नपुगे पनि यसको पहुच ठुलो कुरा हैन । इन्टरनेटबाट फारम भराउने काम पनि खासै गार्हो पनि छैन । तल उल्लेख गरे जसरि सजिलै गर्न सकिन्छ ।

* फारम भर्दा हुने गल्ती वेब प्रोग्रामिगको साहायताले तत्काल सच्याउन लगाउन सकिन्छ । आवस्यक सुचना अनिवार्य गर्न सकिन्छ । यस प्रक्रियामा कम्तिमा गल्ति भयो भनेर दोह्याएर लाइन बस्नु पर्ने सम्भावना न्युन हुन्छ ।
* फोटो र सही छाप बाहेक अन्य ब्यक्तिगत जानकारि अनलाइन सकलन गर्न सकिन्छ । पासपोर्ट सकलन गर्न आउनु अघी कर्मचारी बाट सम्बन्धित सेवाग्राहीको सुचना अध्ययन गर्न सकिन्छ । र आवस्यक परे उपस्थीत भएको बेला सोधपुछ गर्न सकिन्छ ।
* फारम भरेको समयको आधारमा (वा यस्तै कुनै क्रम अनुसार) सेवाग्राहीलाइ नम्बर दिन सकिन्छ र त्यही नम्बरलाइ आधार मानेर पासपोर्ट लिन आउने मिती दिन सकिन्छ । यसो गर्दा कम्तिमा सोर्सफोर्स बल बाहु को भरमा पालो मिच्न पाइन्न ।
* पासपोर्ट लिन के के कागजात लिएर कहिले आउनु पर्ने हो सो को जानकारी अनलाइन फारम भर्ने प्रक्रिया पुरा हुने बित्तिकै सेवाग्राहीलाइ दिन सकिन्छ ।
* आकस्मिक रुपमा अत्यन्त जरुरि हुने सेवाग्राहीलाइ विषेश शुल्क लिएर छिटै पनि दिन सकिन्छ र मुख्य कुरा यसो गर्ने यो प्रक्रिया पनि पारदर्शी हुन्छ ।
* यो प्रक्रियामा म्यानुवल्ली गरे जस्तै कागजपत्र भेरीफाइ गर्न केही समय लाग्न सक्छ तर कम्तीमा आफ्नो पालो आउने दिन सबैलाइ थाहा हुने भएकोले अनावस्यक भिड हुन्न र यही कामको लागी बाहिरमा मान्छेले महिनौ काठमाण्डौमा बस्नु पर्दैन ।
* अझ सके त सेवाग्राहीको सम्बन्धित जिल्लाका प्रसासन कार्यलयबाट सम्बन्धितले अनलाइन भरेका तथ्याक र सक्कल कागतपत्र रुजु गर्ने र त्यसैलाइ आधार मानेर प्रक्रिया पुरा गर्ने हो भने सेवाग्राहीलाइ को काम झन सजिले हुन्छ ।
* अनलाइनमा भरेका फारम र त्यसका तथ्याकको आधारमा के कति फारम भरियो के कतीले पासपोर्ट लिए भने जानकारी सहजै प्राप्त गर्न सकिने हुनेले आवश्यक नीति निर्माण (गर्ने गरिन्छ भने) गर्न सकिन्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।