Saturday, January 22, 2011

झलनाथ झापड सप्ताह

जति नै तटस्थ रहन खोजे नि (देशको) राजनितीले कसैलाई वाँकी राख्दो रहेनछ । नेपालका अग्रपङगतीका राजनितीक खेलाडी लाई एक साधारण किसानले चड्कन बजाइ दिएछन । कुरो यती हो तर सामाजिक सन्जाल साईटहरुमा यसको चर्चा शिखरमा पुगी सकेको छ । नपुगोस पनि कसरी ! समाचारको पुच्छरमा हुने कमेन्टमा सबैले यस कदमको स्वागत गरि रहेको मात्र देख्छु ।

यो ब्लग तयार गर्दा सम्म लोकप्रिय नेपाली वेबसाईटहरु माई सन्सारमा ३९२  , नागरिक न्युजमा २२५ को सँख्यामा पाठक प्रतिक्रिया प्रकाशित भएका छन । सम्बवत थोरै समयमा यतिका धेरै सख्यामा पाठक प्रतिक्रिया प्राप्त भएको समाचार पनि यही होला । फेसबुक फ्यान पेजमा ३,५७३ ले सहभागीता जनाई सकेका छन । यसमा अधिकाशको ठिक हो भन्ने रहेको छ ।यस बाट के बुझ्न सकिन्छ भने यो मामलामा कोही चुप  बस्न तयार छैनन । रमाईलो कुरा त के छ भने  पार्टीका चौवन्नी कार्यकर्ता कुनै पनि नाममा हिँसा जायज हैन भन्ने तर्क गरि रहेका छन भने सर्वसाधरण अरु दुई चार जना छुटे भनेर दुख मानि रहेका छन ।

ट्वीटरमा यही काण्डलाइ लिएर रमाईला जोक बनिरहेका छन ।

यो मामलामा म केपी ढुङ्गानाको हाम्रो ब्लग मा प्रकाशित ब्लगको अक्षरश पुर्ण समर्थन गर्छु । पाठकको कमेन्टमा आधारित साईट भएको हुनाले होला माई सन्सारले यसलाइ ब्लगीङ्ग नगरेर समाचारको रुपमा राखेको आभास हुन्छ । नेपाल प्लसमा  ददी अधिकारीले धेरैको आवाज समेटेका छन । 

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।