Tuesday, January 25, 2011

डाइर्भसिटी भिसा (DV) जालसाजीबारे अमेरिकी दूतावासको चेतावनी


अमेरिकी दूताबासले डाइभर्सिटी भिसा (डिभी) उल्लेख भएका वा ग्रीनकार्ड दिने भनिएका इमेल आएमा त्यसलाई कन्सुलर शाखाको जालसाजी प्रतिरोध युनिटको ठेगानामा फरवार्ड गरिदिन अनुरोध गरेको छ। त्यस प्रकारका ईमेल अमेरिकी सरकारको आधिकारीक नभएको ब्यहोरा पनी प्रष्ट रुपमा दिएको छ ।

दूताबासको विज्ञप्तिको पूर्ण विवरण
अमेरिकी विदेश मन्त्रालय अथवा कन्सुलर अफेयस्र ब्यूरोका तर्फबाट केही नेपाली नागरिकलाइ पठाइएको भनिएका इमेलहरुको सम्बन्धमा काठमाडौंस्थित अमेरिकी दूतावासको कन्सुलर शाखा स्पष्ट पार्न चाहन्छ । डाइर्भसिटी भिसा डिभी उल्लेख भएका वा ग्रीनकार्ड दिने भनिएका कुन पनि इमेल तपाईंले प्राप्त गर्नुभयो भने ती इमेलमा भएका विवरण सबै अवैध र जालसाजीपूण भनेर बुभुनुपर्नेछ । यस्ता इमेल प्राप्त गर्ने नेपाली नागरिकलाई उक्त इमेल कन्सुलर शाखाका जालसाजी प्रतिरोध युनिटको ठेगाना [email protected] मा फरवार्ड गर्नुहुन अनुरोध छ ।


कन्सुलर शाखा यससम्बन्धमा दुईवटा तथ्य स्पष्ट पार्न चाहन्छ
  1. डिभीसम्बन्धी सूचना इमेलबाट पठाईंदैन । तपाईंले डिभी चिठ्ठा वा ग्रीनकार्ड जित्नुभयो भनेर पठाइएका सबै इमेल झूठा हुन् । सन् २०१२ को डिभीका लागि आवेदन दिएकाहरुले आपुना आवेदनको अवस्थाको जानकारी http://www.dvlottery.state.gov/ मा सन् २०११ मे १ तदनुसार २०६८ बैशाख १८ पछि पाउन सक्नुहुनेछ । अरु कुनै पनि संस्था वा व्यक्तिलाई डिभी आवेदकहरुलाई चिठ्ठा परेको वा परिसकेपछि चाल्नुपर्ने कदमको बारेमा जानकारी दिने अख्तियार छैन ।
  2. पछाडि .gov भएका इन्टरनेट साइटहरु मात्र अमेरिकी सरकारका आधिकारिक साइट हुन् । तपाईंले“.com”, “.net”, “.org,” मा टुङ्गिने वा .gov बाहेक अरु जेसुकैमा टुङ्गिने ठेगानाबाट इमेल प्राप्त गर्नुभएको छ भने त्यो अमेरिकी दूतावास वा विदेश मन्त्रालयको आधिकारिक इमेल हुन सक्दैन । केही वेबसाइटले अमेरिकी झण्डा वा अमेरिकी सरकारी भवनहरु देखाएर अमेरिकी सरकारबाट आधिकारिक जिम्मेवारी पाएको भान पार्न खोज्छन् । तिनीहरु अमेरिकी सरकारका आधिकारिक वेबसाइट होइनन् । अमेरिकी सरकारका आधिकारिक वेबसाइटहरु http://www.state.govhttp://travel.state.gov मा निःशुल्क पाईने जानकारीका लागि पनि यी जालसाजीपूर्ण वेबसाइटहरुल तपाईंबाट पैसा असुल्न सक्छन् ।
इन्टरनेट ठगीको बारेमा तपाईं उजुरी गर्न चाहनुहुन्छ भने अमेरिकी संघीय व्यापार कमिसनका वेबसाइट http://www.econsumer.gov/english/ वा संघीय अनुसन्धान ब्यूरोको इन्टरनेट अपराध उजुरी केन्द्र http://www.ic3.gov मा जान सक्नुहुनेछ । अवाछित इमेलको बारेमा उजुरी दिन अमेरिकी न्याय मन्त्रालयको वेबसाइट http://www.usdoj.gov/spam.htm मा जान सक्नुहुनेछ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।