Thursday, January 20, 2011

मोबाईल नम्बर पोर्टेबिलीटी (Mobile Number Portability)

उसो त नेपालमा सेवा क्षेत्रको फैलावटको आधारमा तिन वटा ठुला टेलीफोन सेवा प्रदायक छन । तर सेवाको गुणस्तर अनुगमन गर्ने निकायलाइ प्रभाबमा पारी गुणस्तर र क्षमतालाई स्थीर राखेर प्रतिष्पर्धात्मक तवरले ग्राहक सख्या बढाउछन । कहिले NCELL १००रुपयामा सिम बाढ्छ त कहिले नेपाल टेलिकम २०० मा १०० ब्यालेन्स राखेर सिम दिन्छ । युटिएल ले त बैङ्कमा खाता खोल्नेलाई भनेर समेत सित्तैमा सिम बाढ्यो । निजी न सरकारी स्किम ल्याएर सिम बाढे पछी त्यो कम्पनीको मोबाईल ले काम गर्न छोड्छ । चौतर्फी जनगुनासा बढ्छ । अनि अनुगमन गर्ने अड्डाका माडसाबहरु टेलीफोनवालाहरुलाई खुसुक्क के भन्छन कुन्नी केही दिन राम्रै चले जस्तो लाग्छ तर फेरी नयाँ स्किम ल्याएर समस्या ज्युका त्यु हुन्छ । ग्राहकले जति नै रिस ऊठे पनि आफ्नो नम्बर परिवर्तन गरेर सेवा प्रदायक फेर्ने हैन क्यारे ।

यो खालको समस्या नेपालमा मात्र हैन हिजो सम्म भारतमा पनि थियो । आज (२०११ जनवरी २०) देखी ईण्डीया मा मोबाईल पोर्टेबिलीटी सेवा सन्चालनमा आएको छ । जस अनुसार अब उपभोक्ताहरुले आफ्नो नम्बर नबदली कन आफ्नो मोबाईल सेवा प्रदायक बदल्न सक्छन । सेवाको गुणस्तरको आधारमा सेवा प्रदायक बदल्न सक्ने भएकोले यो प्रणाली उपभोक्ताको हितमा छ भनिन्छ ।
भारत जस्तो ठुलो अर्थतन्त्र भएको देशमा मोबाईल नेपालको तुलनामा ज्यादै सस्तो छ । तर मोबाईल पण्डीतहरु भारतको मोबाईल शुल्क क्रितीम हो भन्थे । अब ति कम्पनीहरु गुणस्तरमुखी हुनु पर्ने भएकोले  तिनीहरुको आर्थिक क्षमता प्रष्ट हुनेछ  ।

सर्व प्रथम यो सेवा बेलायतमा सन १९९९ मालागु गरीएको थियो । अहिले आएर सन्सार भर  ५० भन्दा बढी देशले यो सेवा लागु गरी सकेका छन ।  एऊटा कम्पनी बाट अर्को कम्पनीमा सेवा स्थान्तरण गर्नको लागी बेलायतमा यो सेवा सुरू हुदा ८ दिन लाग्थो भने न्य जी ल्याण्डले ३० सेकेन्डमा ने यो प्रक्रिया पुरा गर्ने बताएको थियो र केही समय त्यसै गर्यो पनी ।   भारतमा अहिले यो प्रक्रिया पुरा गर्न एक हप्ता समय लाग्छ  भने एक घण्टाको लागी  मोबाइल स्वीच अफ हुन्छ । 

मोबाईल पोर्टेबिलीटी सेवा लिनको लागी देश अनुसार फरक फरक प्रक्रिया रहेका छन । यसमा मुख्यतमा नियमस सस्थाले सेवा प्रदायकलाइ सेवा स्थान्तरणको सुविधा दिन बाध्य परेको हुन्छ भने जुन कम्पनी वाट स्थान्तरण हुने हो त्यो कम्पनीले निश्चित प्रक्रिया पुरा गरे पछी आवश्यक कोड दिने गर्छन भने स्थान्तरण हुन खोजेको कम्पनीले प्रक्रिया पुरा गरी सेवा सुचारु गर्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।