Tuesday, January 18, 2011

Ubuntu 11.04 मा हुने परिवर्तनहरु

यबुन्तु (अपरेटिङ्ग सिस्टम) प्रेमी ब्लगरहरुले उल्लेख गरे अनुसार यबुन्तुका सस्थापक Mark Shuttleworth ले आगामी अप्रिल महिनामा आउने यबुन्तुको नयाँ सस्करणमा हाल चलि आएका कतिपय प्रोग्रामहरु परिवर्तन हुने भनेका छन । जस्तोकी OpenOffice को सट्टामा LibreOffice, Rhythmbox को सट्ठामा Banshee आउनेछ । हुनत हिजोआज पाईने LibreOffice र OpenOffice का अधिकाश फिचरहरु समान देखिन्छ । तर यबुन्तुको डिफल्ट अफिस प्रोग्राम हुने भए पछी LibreOffice ले आफुलाइ परिमार्जन गरेर माइक्रोसफ्टको अफिस २००७ र २०१० कम्प्याटिबल  वनाउने बताईएको छ । युबुन्तु ११.०४ मा नयाँ Unity Linux desktop interface देख्न पाइने भए पनि धेरेले सोचे जस्तो Evolution को सट्टामा अर्को बैकल्पिक ईमेल क्लाईन्ट पाईने छैन ।

फायर फक्स मोजिल्ला ४.० डिफल्ट ब्राउजर हुने बताइएको छ ।  यसले वेब डेभलपरहरु माझ HTML5 लाइ स्थापित गर्ने देखिन्छ । अहिले सम्म युबुन्तुमा नराखिएको OneConf पनि यसै पाली परिचित गराईदैछ । अब Gnome-dictionary हटाईने छ । GTK app Remmina ले TSClient लाई  remote desktop client को रुपमा प्रतिष्थापन गर्ने छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।