Thursday, June 9, 2011

फाईल सेयरिङ्ग को लागी बरदान : ड्रपबक्स #Dropbox

ड्रपबक्सले एउटै नेटवर्क भित्रका (LAN) दुई वा दुई भन्दा बढी कम्प्युटर मा झै ईन्टरनेट मार्फत सन्सारका कुनै पनि कुनामा रहेका दुई वा दुई भन्दा बढी कम्प्युटर बाट फाईल सेयर गर्ने काम गर्छ । यसको लागी फाईल अपलोड गर्ने वा डाउलोड गर्ने झन्झट गर्न पर्दैन । प्रोग्राम ईन्सटल गर्दा तोकीएको फोल्डरमा (सेयर गर्न) फाईल राखे पछी आफै सिन्क्रोनाईज भएर अर्को कम्प्युटरमा देखा पर्छ । निशुल्क र सशुल्क दुबै प्रकारको सेवा रहेको यो साईटमा कम्तिमा २ जिबी सम्मको स्पेस चाँही निशुल्क पाउन सकिन्छ । यदी कसैलाई यो सेवा प्रयोग गर्न ईन्भाईट गरेर निजले प्रोग्राम ईन्सटले गरे प्रति अकाउण्ट २५० MB का दरले बढाएर फ्रि अकाउण्टलाई ८ जिबी सम्म पुर्याउन सकिन्छ ।

घरको काम अफिसमा गर्ने (अफिसको काम घरमा गर्ने ? ;) ) वा एउटा फाईलमा धेरै जनाले मिलेर काम गर्नु पर्ने अवश्थामा यो सेवा उत्तमा मानिन्छ । फाईल अपलोड तथा डाउनलोड गर्ने प्रक्रिया स्वाचालित रुपमा हुने हुनाले यो अन्य अन्य फाईल होष्टीङ्ग साईटको सेवा भन्दा धेरै सजिलो छ । अझ आफ्नो कम्प्युटरको ड्रपबक्स फोल्डरमा भएको फाईल जहाँ सुकै वाट जुनसुकै बखत ड्रपबक्स को वेब साईटमा गई डाउनलोड गर्न सकिन्छ ।

पाईथन प्रोग्रामिङ्ग ल्याङ्वेजमा तयार गरीएको यो प्रोग्राम Microsoft Windows, Mac OS X, र Linux अपरेटिङ्ग सिष्टमका का अतिरिक्त मोबाईल डिभाईसहरुमा (Android, Windows Phone 7, iPhone, iPad तथा BlackBerry ) पनि ईन्टल गर्न सकिन्छ । अर्थात तपाईले घरको कम्युटरमा ड्रपबक्स ईन्सटल गरी त्यही युजरनेम र पासवर्डले तपाई को आईफोनमा पनि अकाउन्ट क्रियट गरी कम्पुटरको फाईल आईफोनमा सेयर गर्न सक्नु पर्छ । तर फाईल सिन्क्रोनाईज हुनलाई अनिवार्य रुपमा ईन्टरनेट कनेक्सन हुन पर्छ ।

ईन्सटल कसरी गर्ने

यो https://www.dropbox.com/install लिङ्कमा गएर आफ्नो अपरेटिङ्ग सिस्टम अनुसार को फाईल डाउनलोड गर्नुस र ईन्सटलेसन फाईलमा डबल क्लीक गर्नुस । माथी देखाए जस्तो स्क्रीन देखा पर्दछ ।

ईन्सटलमा क्लीक गरे पछी यो स्क्रीन देखा पर्न थाल्छ ;)
तपाई सँग पहिले नै ड्रपबक्सको युजनेम र पासवर्ड छ भने अर्कै कुरा नत्र ड्रपबक्समा नयाँ खाता खोल्नुहोस ।

माथी उल्लेख गरे अनुसारको जानकारी दिएर नयाँ खाता खोल्नुहोस ।

ड्रपबक्समा खाता खोली सके पछी निशुल्क शशुल्क कस्तो खाता खोल्ने छान्नु पर्छ ।

अब ड्रपबक्सले तपाईको कम्प्युटरमा ड्रपबक्स को लागी कहाँ र के नाम गरेको फोल्डर बनाउने भनेर सोध्छ नाम र लोकेशन दिनु होस । लिनक्स अपरेटिङ्ग सिस्टम फोल्डर परमिसन महत्वपुर्ण हुने हुनाले सोही अनुसार सेटिङ्ग मिलाउनु पर्छ ।

अब प्रयोगको लागी ड्रपबक्स अकाउन्ट तयार भयो ।



No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।