Sunday, July 31, 2011

अनलाईन फाईल सेयरिङ्ग ‍

ड्रपबक्स, स्काई ड्राईभ , स्पाईडर ओक , वुला  आदी भनेका कयुटर एप्लीकेशन प्रोग्रामहरु हुन जसले एउटै नेटवर्क भित्रका (LA/WAN) दुई वा दुई भन्दा बढी कम्प्युटर मा झै ईन्टरनेट मार्फत सन्सारका कुनै पनि कुनामा रहेका कम्प्युटरहरु बाट फाईल सेयर गर्ने काम गदर्छ । यसको लागी फाईल अपलोड वा डाउलोड गर्ने झन्झट गर्न पर्दैन । प्रोग्राम ईन्सटल गर्दा सो प्रोग्रामको लागी तोकीएको फोल्डरमा फाईल राखे पछी आफै सिन्क्रोनाईज भएर अर्को कम्प्युटरमा देखा पदर्छ । उल्लेखित वेभसाईटहरु मा गएर निशुल्क डाउनलोड गरी चलाउन सकिने ति प्रोग्रामहरुमा फाईल अपलोड तथा डाउनलोड गर्ने प्रक्रिया स्वाचालित रुपमा हुने हुनाले यो अन्य अन्य फाईल होष्टीङ्ग साईटको सेवा भन्दा धेरै सजिलो छ ।

ड्रपबक्स, स्पाईडरओक र वुला ले विन्डोज, लिनक्स र म्याक तिन वटै अपरेटिङ्ग सिस्टम सपोर्ट गदर्छ भने स्काई ड्राईभ र सुगरसिङ्क ले विन्डोज र म्याक सपोर्ट गर्छ लिनक्स अपरेटिङ्ग सिष्टम सपोर्ट गर्दैन । स्काड्राईभ ले फोन मार्फत फाईल सेयरिंङ्ग सपोर्ट गर्दैन भने माथी उल्लेख गरिएका बाँकी एप्लीकेशनले आईफोन (iOS), एन्ड्रोईड र ब्लाकबेरी मोबाईल मार्फत फाईल सेयरीङ्ग गर्ने सुबिधा दिन्छ ।
अर्थात तपाईले आईफोन मा ड्रपबक्स ईन्सटल गर्नु भएको छ भने तपाईको कम्प्युटरको ड्रपबक्स फोल्डरमा भएको फाईल फोन बाट एक्सेस गर्न सक्नु हुन्छ । त्यस्तै आईफोनमा खिचेको फोटो ( आईफोन को ) ड्रपबक्स फोल्डरमा राखि दिनु भयो भने स्वत त्यो फाईल तपाईको डेक्सटप कम्प्युटरमा देखा पर्दछ । तर यसको लाई ति डिभाईसहरुमा ईन्टरनेट जोडीएको हुनु पर्दछ ।

वुला ले १ जिबी स्पेश दिन्छ भने स्काई ड्राईभ र सुगरसिङ्कले ५ जिबी स्पेश निशुल्क दिन्छ । त्यस्तै स्पाईडरओक र ड्रपबक्सले २ जिबी स्पेश निशुल्क दिन्छ । तर यदी कसैलाई ड्रपबक्समा सो सेवा प्रयोग गर्न कसैलाई ईन्भाईट गरी निजले प्रोग्राम ईन्सटले गरे प्रति अकाउण्ट २५० MB का दरले बढाएर ८ जिबी सम्म पुर्याउन सकिन्छ । स्काईड्राईभ पुर्णत निशुल्क सेवा हो भने अन्य प्रोग्राम शुल्क तिरेर तिनीहरुले दिने सेवा सुबिधा थप गर्न सकिन्छ । प्रत्येक हटमेल ईमेल अकाउण्ट सँगै जोडीएर आउने स्काईड्राईभ सेवा माईक्रोसफ्टको प्रोडक्ट हो ।
 यो लेख मिती २०६८ श्रावण १२ को ब्लाष्ट पत्रिका मा प्रकाशित भएको हो । पत्रिकामा छापीएको जसरी पढ्नको लागी यहाँ क्लीक गर्नु होस ।

1 comment:

  1. निकै राम्रो लेख । मलाई चाहि स्काइड्राइभ मन पर्यो र प्रयोग पनि गरिरहेछु ।

    ReplyDelete

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।