Wednesday, August 17, 2011

मिग र मिगमा हुने क्रेडीटको कारोबार #mig33 #credit


यदी तपाँईले mig33 मा खाता खोल्नु भयो भने त्यही एउटा खाता बाट फेसबुक, याहु, हटमेल, जिमेल आदीमा मा भएका साथीहरु सँग च्याट गर्न सक्नु हुनेछ । ग्रुप बनाएर कुराकानी गर्न सक्नु हुनेछ । आफ्नो फोटो साथीलाई शेयर गर्न मन लागे फेसबुकमा फोटो अपलोड गरी रहन पर्दैन । मिग थर्टीथी को सर्कलमा भएका साथीहरुलाई त्यसैबाट फोटो शेयर गर्न सकिन्छ । तिनीहरुलाई भर्चुवल गिफ्ट पठाउन सक्नु हुन्छ । कुनै ग्रुपमा वा रुममा पसेर गेम खेल्न सक्नु हुन्छ । पैसा तिरेर साथीलाई त्यसैबाट SMS पठाउन सक्नु हुन्छ । सस्तोमा बिदेश फोन गर्न सक्नु हुन्छ ।

माथी उल्लेख गरीएका सुबिधाहरुमा जब तपाई बानी पर्नु हुन्छ र तपाँई त्यसैमा रमाईलो मानेर धेरै समय त्यसैमा बिताउन थाल्नु हुनेछ अनि तपाईलाई आफ्नो साथीहरुको लागी छुट्टै समुह निर्माण गर्न मन लाग्न सक्छ कुनै रुममा पसेर गेम खेल्न मन लाग्छ । अनि शुरु हुन्छ मिग थर्टी थ्री मा पैसाको कारोबार !


तपाईले मिग थर्टीथ्री मा खाता खोल्ने बित्तिकै मिग थर्टी थ्री बाट १ लेभल पाउनु हुन्छ । यो लेभल तपाई घुमाउरो पाराले पैसा तिरेर पनि बढाउन सक्नु हुन्छ । लेभल बढाउन को लागी मिग मा सक्रियता बढाउनु पर्छ । गेम खेल्नु पर्छ । गिफ्ट पठाउनु पर्छ । जब तपाँई लेभल बढाउन लागी पर्नु हुन्छ तब तपाई लाई क्रेडीटको आवश्यकता पर्छ । साथीहरुलाई मिग मा खाता खोल्न ईन्भाईट गर्नु भयो र निजले खाता खोलेमा तपाईको क्रेडीट बढ्छ । तर सिमीत सर्कलमा सधैभरी साथीलाई ईन्भाईट गरेर क्रेडीट बढाउन सम्भव हुन्न त्यसैले बढी क्रेडीट भएकाहरु लाई पैसा तिरेर क्रेडीट ट्रान्सफर गर्न सकिन्छ । बजारमा सिधै मिग थर्टी थ्री (www.mig33.com) लाई पैसा तिरेर क्रेडिटको कारोबार गर्नेहरु पनि भेट्न सकिन्छ । अन्तराष्ट्रीय बजार बाट मिगको क्रेडीट कारोबार गर्ने हरुले भारत तथा बिदेशमा रहेका आफन्तको डेबीट/क्रेडीट कार्ड बाट नगद भुक्तानी गर्दछन । यसरी कारोबार गर्नेहरुले नेपाली पाँच हजार रुपयाँ बराबरको भुक्तानी गरे ८,०००.०० रुपयाँ सम्मको क्रेडीट प्राप्त गर्दछन ।

कुनै गेम खेल्नको लागी कम्तीमा ५ क्रेडीट आवश्यकता पर्दछ । ५ क्रेडिट भनेको ५ रुपयाँ हो । त्यो ५ रुपयाँले २ मिनेट देखी बढीमा ५ मिनेट सम्मको गेम खेल्न सकिन्छ । कुनै रुम बनाएर वा कसैको रुममा छिरेर गेम खेल्ने हो भने त्यो रुममा बढिमा ८० जना मेम्बर राख्न सकिन्छ र गेम मा भाग लिन कम्तीमा ५ क्रेडीटको आवश्यकता पर्दछ । साधरणतय एउटा ग्रुपमा ६५ देखी ७० जना खेलाडी सहभागी हुन्छन । यसरी प्रत्येक खेलाडीले ५ क्रेडीट तिर्ने हो भने ७० जना खेलाडीबाट ३५०.०० जम्मा हुन्छ । हार्नु भो भने कुरै सकियो जित्नु भो भने उठेको ३५० बाट बढीमा २४० हात पार्नु हुन्छ । बाँकी रहेको १४० रुपयाँ मिग ले आफै सँग राख्छ । तर यो रकम गेममा भाग लिने खेलाडीहरुको सँख्यामा भर पर्दछ ।

च्याट गरी रहेको अवश्थामा आफ्नो फिलिङ्गस चित्रको माध्यम बाट प्रश्तुत गर्नुलाई ईमोसन्स भनिन्छ । एमएसएन , याहु म्यासेन्जर हरुमा निशुल्क रुपामा पाईने ईमोसन्स हरुलाई मिग मा गिफ्ट पनि भनिन्छ । हुनलाई मिग मा निशुल्क रुपमा पनि ईमोसन्स पनि पाईन्छ तर बिशेश प्रकारको ईमोसन्स साथीलाई गिफ्ट गर्नु परो भने पैसा तिरेर मिग सँग किन्नु पर्दछ । मिग मा सस्तोमा लगभग १ रुपयाँ देखी बढीमा २१६.०० रुपयाँ सम्मका गिफ्ट पाईन्छ ।
धरान -७ बस्ने सन्तोष बास्तोला जसले stillalivewithoutyou नामको मिग आई डी बनाएका छन । उनलाई उनका साथीहरुले ७३७ वटा गिफ्ट पठाएकाछन । जसलाई खरिद गर्दा तिन देखी चार हजार तिरेको हुन सक्छ । उनले प्राप्त गरेको भर्चुवल गिफ्ट (ईमोटिक पिक्चर) साथीहरुले गेम खेल्दा जितेको पैसाले वा क्रेडीट किनेर पठाएका हुन । फुर्सदको समयमा अनलाईन भै हाल्ने स्टील (मिगमा उनलाई साथीहरुले बोलाउने नाम) ले लगभग पच्चीस सय तिनहजार को गेम खेली सकेका छन । कहिले काँही डेढ दुई सय रुपयाँ जितेका पनि छन । जितेको पैसा उनि साथीहरुलाई क्रेडीट ट्रान्सफर गरेर मोबाईल रिचार्ज गर्छन ।

एक ताका उनलाई मिगको मर्चेन्ट बन्ने भुत पनि सवार भएको थियो रे । (मिगमा क्रेडीटको कारोबार गर्नेलाई मर्चेन्ट भनिन्छ। ) तर त्यही दौरानमा तिन पटक उनको मिग आकाउण्ट ह्याक भएर लगभग दुई हजार चोरी भएछ र त्यो काम छोडी दिएछन ।

मिगमा युजरको लेभल मात्र पनि गर्वको बिषय हुने हुनाले युजगरनेम (मिग आई डी) मात्र पनि नगदमा कारोबार हुने गरेको छ । बिगत लामो समय देखी मिग चलाई रहेका प्रयोगकर्ताले दिएको जानकारि अनुसार धरानका एक युवाले आफ्नो ७२ लेभल पुगेको मिग आई डी रु दश हजारमा बिक्री गरेका थिए । नेपाल भरी लगभग ४०० को हाराहरीमा मिग मर्चेन्ट रहेको अनुमान गरीएको छ भने शुक्रबार सम्ममा धरानमा मात्रै १५१ जना मर्चेन्ट थिए । नेपालमा मिग प्रयोगकर्ताको सँख्या धरान , पोखरा र काठमाण्डौमा उल्लेख्य रहेको छ । जानकारहरुको अनुसार सन्सार भर मिगले जुवाको रुप धारण गर्न थालेको छ । त्यसैले भर्चुवल गिफ्ट र गेम खेलाउने नाममा मिगमा हुने पैसाको अबैध कारोबार लाई नियन्त्रण गरीनु आवश्यक देखिन्छ ।
यो लेख मिती २०६७ श्रावण २९ गतेको धरानबाट प्रकाशन हुने पुर्वाञ्चलको लोकप्रिय दैनिक ब्लाष्ट टाईम्समा प्रकाशन भएको छ । पत्रिकामा प्रकासन भएको आकारमा पढ्न यहाँ क्लीक गर्नु होस

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।