Thursday, August 11, 2011

डट एनपी डोमेन का डोमेन एक्सटेशनमा बृदी

नेपालको कन्ट्रीकोड टपलेभल डोमेन (ccTLD) को ब्यबश्थापन गर्ने जिम्मा लिएको मर्कन्टायल कम्युनिकेशन प्रा ली ले थप ११ वटा एक्सटेन्सनका कन्ट्रीकोड टप लेभल डोमेन (ccTLD) को उपलब्ध गराउने भएको छ । थपिएका ११ सहित अब १७ वटा एक्सटेन्सनमा डट एन पी डोमेन प्रयोगमा हुनेछन। मर्कन्टायल ले यस अघी .com.np, .org.np, .edu.np, .net.np, .gov.np, .mil.np एक्सटेन्सन भएको डोमेन रजिष्टर गर्ने गरेकोमा हाल .biz.np, .name.np, .travel.np, .info.np, .aero.np, .asia.np, .coop.np, .jobs.np, .museum.np, .mobi.np, .pro.np थप गरेको छ ।

नेपाली जनमानसमा वेबसाईटको प्रयोग बढी रहेको अवश्थामा एउटै नाम गरेको डोमेन बिभिन्न सेवा प्रदान गर्ने उपभोक्ताहरुले माग गर्ने गरेकोले वेब साईटलाई सेवा क्षेत्र अनुसार वर्गीकरण गर्ने उधेश्यले  मर्कन्टायल ले डोमेन एक्सटेन्सनहरु थप गरेको अनुमान गरीएको छ । थप गरीएका डोमेन हरुमा पनि .name.np, .travel.np, .info.np, .biz.np, .jobs.np को प्रयोग ब्यापक हुने देखिन्छ भने .aero.np, .museum.np, .mobi.np, को प्रयोग न्युन हुने देखीन्छ ।  नेपालका औधोगिक घरानाहरु पहिले नै डट कम डट एनपी मा वा डट कम मा स्थापित भै सकेको हुनाले .coop.np को प्रयोग न्युन हुने देखिनेछ । .mobi.np लाई नेपालका मोबाईल सेवा प्रदायकले रुचाउने आधार देखिदैन किन बने अझै नेपाली ईन्टरनेट प्रयोगकर्ता वेब साईट भनेको डट कम हो भन्ने सोच्चे गर्छन भनिन्छ ।

मर्कन्टायलले हाल प्रयोगमा रहेका डट एनपी डोमेन हरुलाई सेवा क्षेत्र अनुसार अनिवार्य बिस्थापन गर्न चाहेको हो वा नयाँ रजिष्टर हुनेले मात्र नयाँ डोमेन रोज्न पाउने हो त्यसबारे कुनै जानकारी बाहीर आएको छैन । अझ टर्म एण्ड कन्डीशनमा बिगतमा गरीने गरेका ६ वटा मात्र डोमेन रजिष्टर गरीने उल्लेख गरिए बाट अनुमान झन जटील भएको छ । बिगतमा मर्कन्टायलले भनसुनको आधारमा आफैले प्रयोगकर्ताहरुमा अनिवार्य लागु गर्न चाहेको शर्तहरु को प्रतिकुल हुने गरी बिभीन्न अन्तराष्ट्रीय महत्वका डोमेनहरु जथाभावी बाड्ने गरेको देखीएकोले यही अवश्थामा नेपाली कन्ट्रीकोड डोमेन एक्सटेन्सन को ब्यबश्थापन जटील हुने देखीन्छ ।

अब नेपालमा उपल्ध हुने डोमेन एक्सटेन्सन र त्यसको प्रयोग बारे बिश्वब्यापी मान्यता

.com.np, .net.np, .org.np, .name.np : बिश्वब्यापी मान्यता अनुसार यि डोमेन एक्सटेन्सनहरु जो कोहीले दर्ता गर्नको लागी खुला राखीएका हुन्छन तर पनि .com ब्यपारीक प्रयोजनको लागी, .net कम्प्युटर नेटवर्क सम्बन्धी , .org कुनै ब्यक्ती बिसेश को समुह वा सँघ/सँस्थाको लागी सुरक्षीत मानीएको हुन्छ भने .name नाम जनाउने शर्तमा जो सुकैले प्रयोग गर्ने गर्दछन ।

.edu.np नेपालमा जुनसुकै शैक्षीक सँस्थाले .edu.np डोमेन सजिलै प्राप्त गर्ने गरेको भएता पनि यस एक्सटेन्सनको टप लेभल डोमेन (.edu) दर्ता गर्नको लागी अमेरिका शिक्षा बिभाग बाट स्वीकृत प्राप्त हुन पर्दछ वा विकीपेडीया मा उल्लेख भए अनुसार अनुसार Grandfather Clause अनुसार नियमबद्द हुन पर्दछ ।

.biz.np यस प्रकारका डोमेन हरु ब्यपारीक सँस्थाहरुको लागी उपयुक्त हुन्छ । नेपालमा अनलाईन कारोबार गर्ने गरी बिभिन्न डिपार्टमेन्ट स्टोर वा ई-कमर्स साईटहरु धमाधम सञ्चालन भई रहेको परिप्रेक्ष्यमा यो डोमेन एक्सटेन्सनको राम्रै भविश्य मान्न सकिने छ ।

.info.np भनिन्छ ईन्टरनेटमा रमाईलो गरेर अघाई सके पछी मान्छे ज्ञानज्ञुनका कुरा खोज्न थाल्छ । नेपालमा हाल मनोरञ्जनात्मक साईटहरुको बिगबिगी रहेको अवश्थामा सुचनामुलक वेबसाईटहरुको भविष्य पनि नराम्रो आक्न सकिन्न । त्यसैले सुचनामुलक वेबसाईट जनाउने गरी .info.np को बाढी आउने सम्भावना नकार्न सकिन्न । तर बिश्व बजारमा .info डोमेन जो सुकैले जुनसुकै प्रयोजनको लागी दर्ता गर्न सक्दछन ।

.jobs.np, .museum.np, .mobi.np, .pro.np .travel.np, .aero.np, .coop.np यि मध्ये ट्राभल ईन्फरमेशन शेयर गर्ने / वा ट्राभल एजेन्सीहरुलाई प्रतिनिधित्व गर्ने गरी .travel.np डोमेन चल्न सक्ला तर aero.np र coop.np बारे केही भन्न सकिन्न । एयरलाईन्सहरुले पहिले नै वेभसाईट चलाई सकेका छन भने बिजनेस कर्पोरेहरुले वेबसाईट निर्माणमा रुची देखाएको देखीन्न रुची भएकाहरु पहिले नै डट कम मा दर्ता गरीएका छन । त्यस्तै  प्रोफेसनलहरले .pro.np प्रयोग गर्नेमा शँका गरीएको छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।