Wednesday, October 5, 2011

मिडीयाको बलमा कथित सामाजिक सञ्जाल वेबसाईटको असामाजिक कार्य #meropost.com #media #nepal

मेरो आशय नेपालका कहलिएका मिडीयाहरुले समाचार तयार गर्दा बिशेशगरी सुचना प्रबिधीको समाचार लेख्दा कसैले मैले यसो गरे भन्दैमा त्यसको कुरालाई अनावश्यक बढाई चढाई गरेर लेख्ने भन्दा उसले भनेको बिषयमा आफुलाई जानकारी नभए जानकार ब्यक्तीलाई सोधखोज गरेर लेख्नु पर्छ भन्ने हो । कुरा प्रष्ट छ नेपालका यि दुई ठुला मिडीया हाउसहरुले अन्जानमै गरेको भए पनि कहिल्यै सच्याउन नसकीने गल्ती गरेका छन । यस खालको समाचार फेरी यि मिडीमा आए भने सोच्नु पर्ने अवश्था आएको छ । फेरी यस किसीमका समाचार तयार गर्दा वा सुचना प्रविधी सम्बन्धी समाचार तयार गर्ने भावी पुष्ताका पत्रकारहरुले यसबाट केही सिकुन ।
सर्वप्रथम मैले नागरीक न्युजमा कान्तीपुर ईन्जीनियरिङ्ग कलेजका एक बिध्यार्थीले मेरो पोष्ट भन्ने फेसबुक जस्तै एक सामाजिक सञ्जाल वेब साईट बनाएको भन्ने पढेको थिए । समाचारमा भनिएको थियो "कान्तिपुर इन्जिनियरिङ कलेजमा बीई अध्ययन गरिरहेका (सुनिल) चौलागाईले डेढ वर्षसम्मको निरन्तर प्रयासपछि यो सामाजीक सञ्जाल सञ्चालनमा ल्याएका हुन्। 'यसमा नेपालीमै टाइप गर्न र ट्विटरमा भन्दा थप सुविधाको रुपमा च्याट गर्न मिल्छ,' चौलागाईले भने। नेपालमा फेसबुक, माइस्पेस, ट्विटर जस्ता साइटहरु युवाहरुमा लोकप्रिय भैरहेको छ। यस्ता साइट नेपालमा पनि बनाउन सकिने देखिएकोले उनी एक्लैको प्रयासले मेरोपोष्ट डटकम सञ्चालनमा ल्याएका हुन्।" त्यसै दिन मैले पनि त्यसमा खाता खोलेको थिए । खाता खोलि सकेपछी मलाई साईट पहिले नै कतै चलाएको जस्तो लाग्यो । कहाँ र कहिले चलाएको भन्ने यकीन नभएकोले मैले कतै पनि कुरा गरीन । मेलै त्यती नै खेर मेरोपोष्ट डट कमको खाता डिएक्टीभेट गरी दिए ।

ठ्याक्कै मिती त याद भएन तर हप्ता दिन पनी नबित्दै हुनु पर्छ कान्तीपुर पब्लीकेशनको नेपाल साप्ताहीक म्यागजिनमा फेरी नेपाल मेरो पोष्टको समाचार आयो । समाचारदाता ले मेरो मेरोपोष्ट को निर्माणकर्ता भनिएका चौलागाईलाई उदृती गर्दै लेखेका थिए "ओपनसोर्सको प्रयोग गरेर तयार पारिएको  स्वदेशी सामाजिक सञ्जाल झट्ट हेर्दा फेसबुक या टवीटरजस्तो देखिए पनि यो ती दुवैका उत्कृष्ट फिचरलाई सम्मिश्रण गरेर तयार गरिएको  छ। चौलागाईंले यो समस्या हटाउन खोजेका छन्। आफँले चाहे अनुसारको प्रोफाइल कलर यसका नयाँ फिचर हुन् भने च्याटको सुविधा पनि छ। मेरोपोस्टमा स्टाटस लेख्दा नेपाली युनिकोडको अप्सनसमेत राखिएको छ। कान्तिपुर इञ्जिनियरिङ्ग कलेजमा कम्प्युटर इन्जिनियरङि छैटौँ सेमेस्टरमा अध्ययन गररिहेका यी २१ वर्षेले अहिले क्यानाडाको एक सर्भरसँग मिलेर आफ्नो सामाजिक सञ्जाल चलाइरहेका छन्, जसबापत मासिक ५ सय १० अमेरिकी डलर तिर्नुपर्छ। अहिलेलाई  उनीहरूको होल्डिङ् क्षमता दुई हजार जीबी छ भने प्रयोगकर्ताको बढ्दो संख्यासँगै त्यो थप्दै लगिने चौलागाईंको भनाइ छ। "दिनानुदिन सयौँ प्रयोगकर्ता थपिँदै छन्," उनी भन्छन्, "अब यसलाई उचित व्यवस्थापन गर्ने चुनौती हामीमाझ थपिएको छ।"

नागरीकको समाचारमा यो साईट एक्लो प्रयासमा बनाएको भनिएको थियो तर नेपाल म्यागजिनको समाचारमा आई पुग्दा ओपन सोर्सको प्रयोग कुरा त उठ्यो तर कुन कामको लागी के कसरी प्रयोग गरीएको स्पष्ट पारिएको थिएन । अझ एउटा क्यानडियन कम्पनीमा वेब होष्ट गरीएको कुरा लेखेको थियो । त्यस समाचारमा उल्लेख गरीएको २ जिबी वेब होल्डीङ्ग क्षमता (वेब होष्टीङ्ग सम्बन्धमा आज सम्म मैले नसुनेको शब्द :p ) स्पेश हैन थियो भने २ जिबी ब्यामन्डविध हुन पर्छ त्यसको मासिक ५ सय १० अमेरिकी डलर तिर्ने कुरा गरीएको थियो । वेब स्पेश को बजार सम्बन्धी म पनि सानो तिनो जानकारी राख्छु त्यसैले यो कुरा पढ्ने बित्तिकै यो समाचार र उनको काम प्रतिको विश्वासनियता हराएर आयो । विश्व बजारमा न वेब स्पेशको मासिक ५ सय १० अमेरिकी डलर पर्छ न ब्याण्डविथको । यो साईटको आई पी एड्रेस पत्ता लगाएर हेर्दा यो साईटको सर्भर जिओ लोकेशन क्यानडा मा पर्दो रहेछ । क्यनडियन सर्भर भनेको कुरा सत्य निश्कीयो । तर यो सर्भर सञ्चालन गर्ने वेभ http://iweb.com ले बिक्री गर्ने कुनै पनि प्याकेजको मासिक मुल्य ५ सय १० अमेरिकी डलर पर्दो रहेनछ । कम्तीमा मैले चाही त्यो साईट भरीमा त्यो प्याकेज भेटिन ।


त्यस पछी मैले मेरोपोष्ट डट कमको वेब ब्राउजर बाट HTML सोर्स कोड हेरेँ । मुल प्रोग्रामरको नाम कतै न कतै (वेब प्रोग्रामीङ् बाट) कमेन्ट गरीएको भेटिन्छ भन्ने मेरो आश थियो । तर मैले त्यस्तो केही भेटीन । बरु फाईल लोकेशन हेर्दा यो साईटको थिम को लेकेशनमा थिमको नाम ब्लुबेरी भन्ने भेटेँ । यो मेरो लागी ठुलो क्लु थियो । यसै बाट  धेरै लामो सोधखोज र अध्ययन पश्चात म मेरोपोष्ट डट कम सेयरट्रोनिक्स नामक ओपनसोर्स सफ्टवेयर प्रयो गरी निर्माण गरीएको निष्कर्षमा पुगे । यो साईटको स्क्रीप्ट निशुल्क डाउनलोड गर्न पाईने हुनाले मैले पनि डाउनलोड गरी ईन्सटल गरे । यस एप्लीकेशन निर्माण गर्ने कम्पनीको वेब साईट हेर्द यो साईटलाई धेरै हिसाबले कष्टमाईज गर्न मिल्ने रहेछ । निशुल्क थिम र एड-अन हरु पाईने रहेछ । यो साईटलाई ईन्सटल गरे पछी थप एडअनहरु ईन्सटल गरेर सुबिधाहरु थप्न मिल्ने रहेछ । यो एप्लीकेशन खासम माईक्रोब्लगीङ्ग को कन्सेप्टले तयार गरिएको रहेछ । यसमा चौलागाईले बढो हल्लाखल्ला गरेको ट्वीटरको भन्दा बढी अक्षर लेख्न मिल्ने भन्ने फिचर पनि एडमिन (ईन्सटल गरेको साईटको) ले आवश्यकता अनुसार थपघट गर्न मिल्ने हुने रहेछ । हुनलाई यो ठुलो कुरा पनि हैन । समाचार तयार गर्दा यसलाई र नेपालीमा लेख्न मिल्ने कुरालाई किन धेरै महत्व दिईयो मैले बुझ्न सकेको छैन ।  युजर ईन्टरफेस बाट नै पनि गर्न नमिले डाटाबेसको फिल्डको प्रपर्टीज र क्यारेक्टर साईज परिवर्तन गर्ने बित्तीकै आवश्यकता अनुसार कति क्यारेक्टर डाटा प्रविष्ट (ईन्सर्ट) गर्ने हो त्यो मिलाउन सकिन्छ । यस साईटको ईन्सटलेशन फाईलमै फेसबुक, ट्वीटर, गुगल जस्ता थर्डपार्टी एप्लीकेशन ईन्ट्रीग्रेट गर्ने बारेमा लेखिएको रहेछ । जसबाट यो साईटमा खाता नखोली ट्वीटर / फेसबुक को युजरनेम पासवर्डबाट लगईन गर्न सकिन्छ ।

मैले पनि नेपालका ठुला मिडीया हाउसले हल्लाखल्ला गरी दिएको मेरो पोष्ट डट कमको वेब एप्लीकेशन डाउनलोड गरी एउटा डोमेन http://www.infodharan.com.np मा ईन्सटल गरेको छु । फ्रिमा पाईने जस्ले पनि ईन्सटल गर्न सक्ने कुरा भएकोले मेरो पोष्टमा भएका सबै एडअन राख्ने झन्झट गरेको छैन किन भने यो काम अलिकती पनि वेबको जानकारी हुने जो सुकैले गर्न सक्छ । थिम पनि मैले डिफल्ट थिम नै छोडी दिएको छु । सेयरट्रोनिक्सको वेबसाईटमा गएर मेरोपोष्टले प्रयोग गरेको ब्लुबेरी थिम डाउनलोड गर्न सकिन्छ ।
माथीको स्क्रीनसटमा मेरोपोष्ट डट कम र मेरोपोष्ट डट कम बनाउन प्रयोग गरीएको सेयरट्रोनिक्सको वेब एप्लीकेशन ईन्सटल गरी तयार गरीएको वेब साईटको हेडर ईन्फर्मेशन दिएको छ । माथील्लो भागमा मेरोपोष्ट डट कम को हेडर ईन्फरमेशन छ भने तल्लो भागमा ईन्फोधरान डट कमको हेडर ईन्फरमेशन छ ।  हेडर ईन्फरमेशन बाट नै कुरा छर्लङ्ग हुन्छ के हो भनेर ।
मेरोपोष्ट डट कम को वेब ठेगाना : http://www.meropost.com
मैले ईन्सटल गरेको मेरोपोष्ट डट कम वेब एप्लीकेशन : http://infodharan.com.np
मेरोपोष्ट डट कम वेब एप्लीकेशन तयार गर्ने कम्पनीको ठेगाना : http://sharetronix.com/sharetronix/

मिडीया कभरेज

नागरीक न्युजको समाचारको लिङ्क : यहाँ क्लीक गर्नुहोस
नेपाल साप्ताहीकको समाचारको ठेगाना : यहाँ क्लीक गर्नुहोस
आई सि टी न्युज राष्ट्रीय साप्ताहीकले पनि मेरो पोष्ट डक सम्बन्धी समाचार तयार पारेको छ । समाचारमा लेखेएको छ "एकाउन्ट भएकाले त्यहाँ रहेको खाता भेरिफाई गर्ने ठाउँमा गएर आफ्नो परिचय दिने कुनै कागजात पठाएपछि मेरोपोस्टले उसको एकाउन्टलाई भेरिफाइड गरिदिन्छ । ‘नागरिकता, लाइसेन्सलगायत कागजात पठाएपछि एकाउन्ट भेरिफाई गरिन्छ,’ उनले भने, ‘सक्कली खातालाई प्रोत्साहन गर्न यस्तो गरिएको हो ।’ यस्तो सुविधापछि अन्य सामाजिक सञ्जालमा नक्कली खाता खोलेर झुक्काउनेलाई यसले निरुत्साहित गर्ने भन्दै प्रयोगकर्ता निर्मल अधिकारीले मेरोपोस्टमा लेखेका छन्, केटी भन्दै झुक्काउन खोज्नेलाई भेरिफाई गर्ने प्रणालीले हरिबिजोग गर्ने भो । सबैले भेरिफाई गर्नुस् है ।" यस सम्बन्धी समाचार पढ्न यहाँ क्लीक गर्नुहोस ।