Tuesday, December 20, 2011

केही एन्ड्रोईड एप्लीकेशन - २ #For #Reproductive #Health

योजना बिहीन गर्भाधारण को बिकल्पमा पिल्स जस्ता अस्थायी साधन सधैको र सबैको लागी उपयुक्त नहुन सक्छन । अझ सामाजिक रुपले जटिल सम्बन्धहरुमा ;) शारिरिक सम्बन्ध राख्ने कुरा गर्भाधानको कै कारणले कतिपयलाई जोखिमपुर्ण भै दिन्छ । त्यस्तै कतिपय अवश्थामा श्रीमान श्रीमतीले चाहेर पनि प्रतिकुल समयको कारणले चाहेको समयमा गर्भ नरहन सक्दछ । यस्तो बेला एन्ड्रोईड ओएस भएको मोबाईल बोक्ने जो कोहीलाई पनि Period and Ovulation Tracker  , Period Tracker , Get Baby जस्ता एप्लीकेशनहरुले तत्कालीन अवश्थामा शारिरिक सम्बन्ध राखे के कस्तो नतिजा हात पर्छ त्यसको जानकारि दिन्छ । यस किसिमका एप्लीकेशनहरुमा कुनै महिलाको पछिल्लो महिना रजस्वला भएको मिती राखे पछी अर्को महिना रजस्वला हुने सम्भावित मिती, त्यसै महिनाको कति तारीख देखी कति तारीख सम्म शारिरिक सम्पर्क राखे गर्भ रहने सम्भावना रहन्छ आदीको बारेमा जानकारी दिएको हुन्छ । यस किसिमको जानकारी स्वास्थ्य महिला लाई आधार मानेर दिने गरीन्छ र नियमित र ठिक समयमा रजस्वजा हुने धेरै जसो स्वस्थ्य महिलाको हकमा यो धेरै हद सम्म मिल्छ पनि भनिन्छ ।

हुनलाई "छोरा न छोरी सबै बराबरी " भनिन्छ तर छोरी वा छोरी कै चाहाना गरेर गर्भाधारण गर्न चाहनेको लागी Birth Predictor भन्ने एन्ड्रोईड एप्लीकेशन उपयोगी छ । छोरा वा छोरी जन्माउने चाईनिज क्यालेण्डरमा आधारित यो एप्लीकेशनमा जन्मीने बच्चाको लिङ्ग थाहा पाउन महिलाको गर्भाधारण गर्न चाहेको समयको उमेर र कन्सिभ गर्न खोजेको महिना को नाम दिनु पर्छ अनि यस एप्लीकेशनले कुन लिङ्ग भएको सन्तान जन्मीन्छ भनेर अनुमान लगाई दिन्छ । तर अनुमान भनेको अनुमान नै हो । अनुमान गलत नभएको अवश्थामा सही हुन्छ :P

आफै वा आफ्नो घर परिवारमा आफुले हेरचाह गर्नु पर्ने कोही गर्भवती छिन र तपाई एन्ड्रोईड अपरेटिङ्ग सिस्टम लाग्ने मोबाईल फोन बोक्नु हुन्छ छ भने त्यसमा "I'm Expecting ” भन्ने एन्ड्रोईड एप्लीकेशन ईन्सटल गर्नुहोस । त्यसको साहायताले तपाईको बच्चा कति हप्ताको भयो ? कति दिन पछी जन्मीन सक्छ ? शरिरमा देखा परेका कुन कुन परिवर्तनहरु गर्भवती महिलाको लागी नर्मल हुन ? कति तैल बढ्दा त्यसलाई औसतमा साधारण मान्ने भन्ने जानकारी एकै क्लीक को भरमा पाउन सक्नु हुन्छ । अझ त्यसमा कति हप्ताको हुदाँ पेटमा बच्चाको आकृती कस्तो देखिन्छ देखी लिएर गर्भवती महिलाको शारीरिक बिकास तथा परिवर्तन कसरी भै रहेको हुन्छ भन्ने कुराको जानकारी सम्म दिएको हुन्छ । जसको अध्ययन वाट गर्भवती महिलाको हेरचार गर्न सजिलो हुन्छ ।

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।