Sunday, January 15, 2012

केही रमाईला बुकमार्क #bookmark

http://d-maps.com : यस वेब साईटमा संसारभरिका देशहरु तथा त्यस देशका बिभिन्न क्षेत्रहरुको राजनैतिक तथा भौगोलिक सिमाना आदीका नक्साहरु पाईन्छ । हाल यस वेबसाईटमा पच्चीस हजार चार सय सोर्ह वटा नक्साका एक लाख बाउन्न हजार चार सय छयानब्बे वटा फाईलमा सँग्रहीत छन । यस साईटबाट आफुलाई चाहीएको नक्सा GIF, PDF, CDR, SVG, AI, WMF गरी ६ वटा ग्राफिक्स फर्म्याटमा भेट्न सकिन्छ । नेपालको मात्र चालिस प्रकारको नक्सा यस साईटमा पाउन सकिन्छ ।

http://astrobix.com : यस वेब साईटवाट बिना कुनै ज्योतिष ज्ञान आफ्नो जन्म कुण्डली आफै बनाउ सकिन्छ तर यसो गर्नको लागी प्रयोगकर्तालाई कम्तीमा आफु जन्मेको समय र स्थानको वारेमा पक्का ज्ञान हुनु पर्दछ । यस वेबासाईटले जन्मेको ठाँउको नाम र समय भन्दा पनि त्यस स्थानको अक्षांश र देशान्तर अनि समय लाई आधार मानेर ग्रहगोचरको अवस्थीती मुल्याङ्कन गरी जन्म कुण्डली निर्माण गर्ने गर्दछ । नेपालका कति पय स्थानको नाम दिने बित्तिकै त्यसको अक्षांश र देशान्तर त्यस वेबसाईटको डाटाबेस बाट आफै देखा पर्छ भने डाटाबेसमा नभएका स्थानको अक्षांश र देशान्तर गुगल अर्थ वा गुगल वाट सर्च गरेर पत्ता लगाउन सकिन्छ ।

http://www.43things.com आफ्नो प्रेमी सँग ईन्गेजमेन्ट गरी सकेकी अष्ट्रेलिया की एक युवतीलाई उनको प्रेमीले फ्रान्सको पेरिस स्थित ईफेल टावरको टुप्पोमा लगेर चुम्बन गरि दिओस भन्ने चाहना रहेछ । गतिलो जागीर नभएको उनको प्रेमीले त्यसको लागी पैसा सकेन भने के गर्ने त ? यस सन्दर्भमा ति युवती लेख्छीन " आफै पैसा कमाएर पेरिस जान्छु अनि ईफेल टावरको टुप्पामा पुगरे र् याण्डमली सेलेक्ट गर्दा जो मिल्छ त्यसलाई नै चुम्बन गरि दिन्छु ।”

यो त भयो एक युवतीको कुरा जो ईफेल टावरको टुप्पामा पुगेर कसैले चुम्बन गरि दिओस (सके आफ्नै मान्छेले ) भन्ने चाहना राख्छे । यस्ता रमाईला जिवनका लक्ष्य स‌सारमा धेरै मान्छेका हुदाँ रहेछन । त्यसैले समान लक्ष्य भएका मानिस विच ईअन्तरकृया होस र लक्ष्य पुरा गर्नको लागी कस कसले के के गरे त्यसबारे पनि बहस गर्नको लागी यो वेब साईट उपयोगी देखिन्छ ।

http://photofunia.com : फिलिपिन्स को दोस्रो ठुलो शहर सेबुको मध्य भागमा तपाईको फोटो भएको अजंङ्गको होर्डिङ्ग बोर्ड देख्दा तपाईलाई कस्तो अनुभव होला ? सोच्नु हुदोँ हो हुनै नसक्ने कुरा के कल्पना गरी रहनु ? तर अहिले लाई त्यसो हैन किन भने फोटोफुनिया डट कम भन्ने वेब साईटमा यो सम्भव छ । यस वेब साईटमा गएर बिभिन्न आकृतीका फोटोहरु भित्र साच्चै नै हो कि भन्ने गरी फोटोको कुनै न कुनै भागमा तपाई आफ्नो फोटो राख्न सक्नु हुन्छ । यसको लागी तपाईले फगत कुनै फोटो सेलेक्ट गरी त्यस भित्र राख्नको लागी आफ्नो फोटो अपलोड गर्नु पर्छ ।

http://oddee.com : कम्प्युटर अगाडी हुनु हुन्छ र दिक्क हुनु हुन्छ भने एक पटयो यो वेबसाईट लगईन गरी हेर्नु होस । हाँसेको हाँसेई हुनु हुन्छ । यस वेबसाईटमा विभिन्न घटना सँग सम्बन्धीत रमाईला रमाईला फोटोहरु भेट्नु हुनेछ । जहाँ सम्म लाग्छ ति फोटोहरु हेरेर नहाँसीरहन सम्भव छैन ।

http://www.picknzip.com : तपाँईका फेसबुक साथीहरुको प्रोफाईलमा रहेका सबै फोटोहरुलाई जिप (कम्प्रेस) गरेर एकै पटकमा डाउनलोड गर्नको लागी यो वेब साईट धेरै नै उपयोगी छ । यस गर्नको लागी तपाईले आफ्नो फेसबुक आईडी बाट लगईन हुनु पर्छ त्यस पछी तपाईले आफ्ना सबै फ्रेण्डहरुको लिष्ट पाउनु हुनेछ । अब कुनै फ्रेण्डको नाम सेलेक्ट गरेर एक क्लीक को भरमा उसका सबै फोटो डाउनलोड गर्न सक्नु हुन्छ । यसै वेबसाईटबाट कुनै फ्रेण्डको सबै फोटोहरुलाई एउटै पिडिएफ फाईल बनाएर पनि डाउनलोड गर्न सकिन्छ ।

स्मरण रहोस , तपाँईको फेसबुक फ्रेण्डले प्राईभेसी सेटिङ्गबाट कुनै एल्बम तपाईलाई हेर्न नमिल्ने बनाएको छ भने त्यसो डाउनलोड गर्न मिल्दैन तर नेपाली प्रयोगकर्ता हम्मेसी कहाँ त्यसो गर्छन र ? त्यसैले तपाईले यो वेब साईटको मद्दतले धेरैको जम्मै फोटो एकै पटकमा डाउनलोड गर्न सक्नु हुन्छ ।
यो लेख पुर्वाञ्चल बाट निस्कने ब्लाष्ट दैनिकको लागी तयार गरीएको थियो । सो पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।