Sunday, February 5, 2012

सस्तो ट्याबलेट पिसी को पक्षमा

ई-लर्निङ्ग मार्फत पच्चीस हजार कलेज र चार हजार बिश्व बिध्यालय जोड्ने भारत सरकारको महत्वकाक्षी योजना अनुरुप उत्पादन थालीएको आकाश नामको ट्यबालेट पिसीले नेपालमा यस पालीको सुचना प्रबिधी मेला (क्यान ईन्फोटेक) मा तहल्का मच्चाई दियो । भारतमा बिध्यार्थीहरुलाई उपलब्ध गराईदा पचास प्रतिशत सरकारले अनुदान दिने र पचास प्रतिशत सम्बन्धीत कलेजहरुले नै तिर्नु पर्ने गरी बितरण गर्ने सोच बनाईएको सो ट्याबलेटको पिसी को पुरानो संस्करणको मुल्य पच्चीस सय भारतिय रुपयाँ थियो भने त्यसको परिमार्जित संस्करण अर्थात आकाश सिरिजको अपग्रेडेड सिरिज युबिस्लेट प्लसको ब्यबशायीक मुल्य उनान्तीस सय भारतिय रुपयाँ रहेको छ । नेपालमा भने यसको ब्यपारिक मुल्य छ हजार नेपाली रुपयाँ बताईएको छ । अहिले सम्मको सबभन्दा सस्तो मानिएको सो ट्याबलेट पिसी खरिद गर्न भारतमै पनि दुई महिना अगाडी बुकिङ्ग गर्नु पर्ने अवश्था बिध्यमान रहेको छ । नेपालमा क्यान ईन्फोटेकमा बुकिङ्ग गर्ने ग्राहकहरुलाई दुई महिना भित्रमा उपलब्ध गराईने आश्वासन दिईएको छ ।

ग्याजेट मार्केटमा यसलाई ट्याबलेट सँगै पिसि जोडेर बुझीने गरेको भए पनि यसले पिसी अर्थात पर्सनल कम्प्युटरको जस्तो ढुक्कको काम भने गर्दैन किनभने आकाश ट्यबालेट पिसीको आधिकारीक वेब साईटमा नै "ईन्टरनेट चलाउन, मल्टीमिडीया कन्टेन्ट एक्सेस गर्न तथा एन्ड्रोईड ओएस मा आधारीत एप्लीकेशन चलाउन र गेम खेल्न” उपयुक्त भनिएको छ । सस्तो भनिएको यस ट्यबालेटलाई अन्य कम्पनीका नाम चलेकाम महङ्गा ब्राण्ड सँग तुलना नगरी ट्याबलेट पिसीको शुरुवाती मज्जा लिनको लागी खरिद गर्ने हो भने नराम्रो छैन किन भने यसलाई किनि सके पछी नाम चलेका ब्राण्डका महङ्गा ट्याबलेट सँग तुलना गरी स्वीकार्न सकीएन भने पनि मेडिया प्लेयर, एन्ड्रोईड ओएस मा आधारित एप्लीकेशन र गेम चलाउन मिल्ने उपकरण रुपमा प्रयोग गर्न सकीन्छ । आकाशको परिमार्जित सँस्करण युबीस्लट सिरिजको ट्बाटलेटबाट तपाई फोन पनि गर्न मात्र हैन जिपिआर एस बाट जहाँ मन लाग्यो त्यही बसेर मज्जाले ईन्टरनेट चलाउन सक्नु हुन्छ । आकास सिरिजमा ईन्टरनेट चलाउनको लागी अनिवार्य रुपमा वाई-फाई ईन्टरनेट हुनु पर्थ्यो, सिमकार्ड हाल्न नमिल्ने हुनाले फोन गर्न तथा जिपिआरएस बाट ईन्टनेट चलाउन मिल्दैन थियो । तर यसै बर्षको अप्रिल महिनामा लञ्च गर्ने भनिएको युबिस्लट प्लस सिरिजमा भने जिपिआरएस र वाईफाई दुबै बाट ईन्टरनेट चलाउन मिल्छ ।


स्मार्ट फोनको अपरेटिङ्ग सिष्टमको रुपमा खुबै रुचाईएको एन्ड्रोईड ओएस को ४.० भर्सन बजारमा आईसकेको भए पनि युबिस्लेटमा २.३ भर्सनको एन्ड्रोईड ओएस उपलब्ध हुनेछ । अनि यसमा एन्ड्रोईन्ड एप्स मार्केट बाट सोझै डाउनलोड गरेर एप्लीकेशन वा गेम चलाउन भने मिल्दैन यसको लागी यस अपरेटिङ्ग सिष्टममा चल्ने जार फाईल डाउनलोड गरेर ईन्सटल गर्नु पर्छ । "आकाश" मा नै २१०० एएमएच ब्याट्री भएको यस ट्बालेटको नयाँ सस्करण युबिस्लट प्लसमा ३२०० एएमएच बेट्री हुने बताईएको छ । जसले गर्दा केही घण्टा गित सुन्न र भिडीयो हेर्न भने धेरै नै उपयुक्त देखीन्छ ।

त्यस्तै यदी तपाई सिरियसली ट्याबलेट पिसीको मज्जा लिन चाहनु हुन्छ भने आकाश वा युबिस्लट प्लसको भन्दा अलि ठुलो दश ईन्च स्क्रीन साईज भएको ट्बालेट तपाईको लागी उपयुक्त हुन् सक्छ तर यसलाई तपाईको पाईन्ट वा ज्याकेटको गोजीमा नै चाही राख्न नमिल्ला । ब्याग बोकेर नै हिड्नु पर्छ भने ठिकै होला नत्र ट्याबलेट पिसी बोक्नैको लागी एउटा छुट्टै झोला बोकी रहनु पर्ने हुन् सक्छ । त्यसैले आकाश वा युबिस्लट को स्क्रीन साईज साधारण प्रयोगकर्ताको लागी ठिक छ । सात ईन्च स्क्रीन साईज रहेको यसको स्क्रीन चलन चल्तीको सबै स्मार्टफोन भन्दा ठुलो छ । यसमा तपाई मज्जाले ईबुकहरु पनि पढ्न सक्नु हुन्छ तर प्रोसेसर स्पीड खासै राम्रो नभएकोले अलि ढिलो एप्लीकेशन चल्ने तथा अलि लामो समय सम्म चलाउदा सिस्टम तात्ने भने हुन सक्छ ।

टेक पण्डीतहरुले यसको गुणस्तर र टिकाउपनको बारेमा जे जती चर्चा गरेको भए पनि यो मुल्यमा वाई-फाई ईन्टरनेट सुबिधा भएको गतिलो मोबाईल फोन पनि पाउन सकिदैन त्यसैले ट्याबलेट एक्सपेरियन्सको लागी यो एउटा राम्रो बिकल्प भने अवश्य हो । मुल्यलाई नै बिचार गर्दा पनि सस्तो युबिस्लेटलाई महङ्गो आईप्याड , ग्यालेक्सी ट्याब वा ब्लाकबेरी प्लेबुक सँग तुलना गर्न उचित देखीदैन ।
यो लेख मिति २०७८ माघ २९ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापिएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस । 

No comments:

Post a Comment

तपाँईको सल्लाह सुझाव सदैव स्वागत गरीने छ।