Sunday, April 15, 2012

फेसबुकमा ईन्स्टाग्रामका फोटा #facebook #instagram

नेपालमा नयाँ वर्षको चहल पहल शुरु भै सकेको थियो । फेसबुकका भित्ताहरु शुभकामना सन्देशले सजिएका थिए । यता अर्को सामाजिक सञ्जाल वेबसाईट ट्वीटरमा डा आविश अधिकारी नेपालको वार्षिक बजेट कति हो भने सोध्दै थिए । चौमासिक निकासा पनि निस्की सकेको अवश्थामा बिर अस्पतालमा कार्यरत यि डाक्टरलाई के खाँचो परेछ भनेर सोधीखोजी गरेको त गत हप्ता फेसबुले झण्डै नेपालको बजेटको एक चौथाई रकम तिरेर ईन्स्टाग्राम भन्ने फोटो सेयरिङ्ग एप्लीकेशन खरिद गरेछ । हुन त हाम्रो जस्तो वार्षिक लगभग तिन खर्ब पचासी अरब को बजेट भएको देशमा तपाई हामीलाई फेसबुकले एउटा एप्लीकेशन असी अरब  (नेपाली रुपयाँ) मा किन्यो रे भन्दा अचम्म नमान्नु पर्ने कारण नै छैन ।

टेक पण्डीतहरु को बिस्लेशणमा फेसबुकमा आजकल मान्छेहरु सोसल भन्दा नि आईडियल हुन थालेका छन । अझ प्रयोगकर्तालाई ईन्गेज राख्नको लागी फेसबुकले प्रयोगमा ल्याएका एप्लीकेशनहरुले सबै प्रयोगकर्ताहरुलाई बाधेर राख्न सकेको छैन बरु दिक्क बनाई रहेको छ ।  लगईन गरेर पनि स्टाटस अपडेट नगरी निष्क्रीय रहने प्रयोगर्ता बढ्दो छ । तपाई हाम्रै फेसबुक प्रोफाईल लाई पनि एक पटक राम्ररी बिष्लेशण गर्ने हो भने आजकल फेसबुकमा कि "फेसबुक फ्रेण्ड" का फोटो हेर्न पाईन्छ कि सिमीत र फेसबुकको लतमा फसी सकेका प्रयोगकर्ताहरुको कपि पेष्ट  स्टाटस ! हो, अहिले फेसबुक फोटो सेयरिङ्ग गर्नको लागी गतिलो माध्यम भएको छ  । यो कुरा स्वयं फेसबुकक सस्थापक मार्क जुकरबर्गले पनि ईन्स्टाग्राम खरीद गरी सके पछी आफ्नो ब्लगमा स्वीकारेका छन । त्यसैले धेरैको बुझाईमा  फेसबुकले त्यही फोटो सेयरिङ्ग गर्ने कार्यलाई प्रभावकारी बनाउन ईन्स्टाग्राम खरिद गरेको  हो ।

फेसबुकले आफ्नो युजर ईन्टरफेस परिवर्तन गरे पिच्छे प्रयोगकर्ताले अपलोड गरेको फोटो प्रवाभकारी देखियोस भनेर बिभिन्न तरिकाहरु अपनाउने गरेको छ । यसले यसो किन पनि गर्छ होला  भने आजकल धेरैले फेसबुकलाई फोटो सेयरिङ्ग टुलको रुपमा ग्रहण गरेका छन ।   ईन्स्टाग्राम जस्तो प्रभावकारी एप्लीकेशन हरु बजार बिस्तार हुनु बजार रणनितीको हिसाबले फेसबुकको पक्षमा थिएन र फेसबुकले बजारमा आएको हल्लाको बिपरित लगभग दुई गुणा बढी मुल्य तिरेर यसलाई खरिद गरेको हो । ईन्स्टाग्रामले केही हप्ता अगाडी एन्ड्रोईड एप्लीकेशनको लागी टुल लञ्च गर्दा ताका यस कम्पनीको बजार मुल्ल लगभग पचास अरब नेपाली रुपयाँ अनुमान गरीएको थियो ।

सन २०१० मा स्थापना भएको ईन्स्टाग्राम त्यो बिघ्न ठुलो कम्पनी हैन । फेसबुकले यसलाई किन्दा पनि यस कम्पनी सँग जम्मा १३ जना मात्र कर्मचारी थिए तर पनि यसमा लगभग दुई बर्षको अबधीमै  तिन करोड भन्दा बढी प्रयोगकर्ता रजिष्टर्ड भएका छन ।  ३ करोड प्रयोगकर्तालाई खुसी पारेर राख्ने यस फोटो सेयरिङ्ग टुलको साहायताले लगभग सबै जस्तो सामाजिक सञ्जाल वेबसाईट र यसको आफ्नै एप्लीकेशनमा पनि फोटो सेयर गर्न सकिन्छ । सरल भाषामा भन्नु पर्दा यो आईफोन तथा एन्ड्रोईड अपरेटिङ्ग सिस्टम भएको क्यामरावाला मोबाईल फोनबाट फोटो खिचेर फोटो सेयरिङ्ग गर्ने  एप्लीकेशन हो । शुरुमा यस एप्लीकेशनको साहायताले आईफोन जस्ता एप्पलका प्रोडक्टहरुमा मात्र फोटो सेयरिङ्ग गर्न सकिन्थ्यो तर अहिले एन्ड्रोईड अपरेटिङ्ग सिष्टम भएको मोबाईल फोनमा पनि यो एप्लीकेसन ईन्सटल गर्न सकिन्छ  । यसको बिशेशता भनकै फोटोग्राफीको बारेमा ज्ञान नभएकाहरुलाई पनि डिजीटल फिल्टरको प्रयोग गरेर मोबाईल बाट राम्रा राम्रा फोटो खिचेर सामाजिक सञ्जाल साईटमा सेयर गर्ने सुबिधा प्रदान गर्नु हो साथै आफूले मोबाइलबाट खिचेका फोटोहरुलाई, एपको माध्यमबाट अझ कलात्मक बनाइ, यसबाट अनलाइनमा सजिलो सँग आफ्नो फोटोहरु सेयर गर्नु हो ।

अमेरिकाको एक सफ्टवेयर कम्पनीमा कार्यरत नेपालका कम्प्युटर ईन्जीनियर प्रभात पौडेलको बिचारमा फेसबुकले ईन्स्टाग्राम खरिद गर्दैमा दङ्ग परिहाल्नु पर्ने अवश्था छैन किन भने विश्वबजारमा प्रतिश्पर्धी कम्पनीको बजार नियन्त्रणको अभिप्रायले पनि यस्ता बिजनेस डिल हुने गरेका छन । माईक्रोसफ्टले स्काईप र ट्विटरले ट्वीटडेक किनेको घटनालाई बिश्लेशण गर्ने हो भने उनको कुरा गलत हो भन्ने ठाँउ पनि छैन । 

यो लेख पुर्वाञ्चल बाट निष्कने ब्लाष्ट दैनिकको लागी तयार गरीएको थियो जुन मिती २०६९ बैसाख २ गते आईतबार प्रकाशित भएको थियो ।