Sunday, May 27, 2012

फेसबुक संस्थापकको सोसियल स्टाटस #facebook

सामाजिक संञ्जाल वेबसाईट फेसबुकका संस्थापक मार्क जुकरवर्गले गत सप्ताह बिहे गरेको खबरले सनसनी मच्चाई रहदाँ अमेरिका र बेलायतका केही अनलाईन न्युज पोर्टलहरुले फेसबुकको कारणले मात्र अमेरिका र बेलायतमा संबन्ध बिच्छेद गर्नेहरुको संख्या बढेर पच्चीस प्रतिशतको हाराहारीमा  रहेको उल्लेख गरेका छन । सिलिकन भ्यालीका राजकुमार मानिन थालिएका जुकरवर्गको नौ वर्ष लामो प्रेम सम्बन्ध बिबाहमा परिणत भएकै समयमा उनको प्रेम सम्बन्धकै उमेरको उनको सामाजिक वेब साईटको बारेमा यस किसिमको टिप्पणी गरीनुलाई एउटा संयोग मान्न सकिन्छ । भलै सामाजिक संञ्जाल वेब साईटको असुरक्षित प्रयोग सम्बन्ध बिच्छेदको एउटा कारण हुन सक्छ तर फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुले नजिकीयाएको सम्बन्ध विबाह सम्म पुगेको धेरै उधारण हाम्रै समाजमा पनि छ ।

अनलाईनहरुको खबरहरुले दिएको अमेरिकी तथा बेलायती नागरीकहरुको वैबाहीक सम्बन्ध सम्बन्धी नयाँ तथ्याङ्क लाई आधार मान्ने हो भने धेरैले फेसबुक प्रोफाईलमा आफ्नो रिलेशन स्टाटस "डिभोर्स" भनेर परिवर्तन गरीरहदाँ जुकबर्गले आफ्नो स्टाटस प्रेसिला चान सँग "म्यारिड"  भनेर अपडेट गरेका थिए । यहाँ रमाईलो कुरा त के छ भने हावा झै फैलिएका जुकरवर्गको बिबाहको खबरलाई उनकै फेसबुक पेजमा लाईक गर्नेहरुको संख्या आधा घण्टामै सवा एक लाख भन्दा बढी थियो अहिले सवा पन्ध्र लाख पुगेको छ । कमेन्ट गर्नेहरुको संख्य झण्डै आठ सय ।  यो चाही जुकरबर्गको फेसबुक पेजको कुरा भो । प्रेसिला को पेजमा पनि लगभग सतसठ्ठी हजारले लाईक गरेका छन ।

जुकरवर्ग र प्रेसिलाहरुको भेट उनिहरु हावार्ड विश्वबिध्यालयमा अध्ययनरत रहदाँ सन २००४ मा भएको हो  जुन समय जुकरवर्ग फेसबुकलाई यो अवश्थमा ल्याउन संघर्षरत थिए भने प्रेसिला स्थानीय एक स्कुलमा चार पाँच कक्षालाई पढाउने एक शिक्षीका ।  अहिले यि दुई जोडीको नौ वर्ष लामो प्रेम सम्बन्ध मात्र हैन दुबैको सोसियल स्टाटस समेत परिवर्तन भएको छ । अहिले जुकरवर्ग विश्वको सबभन्दा सानो उमेरको अरबपती मात्र हैन हावर्ड विश्वबिध्यालयको ड्रप आउट बिध्यार्थी रहेको तर मान्छेले चर्चा नगर्ने गरेको परिचय पनि छ भने उनकी नव विबाहिता पेशाले फिजीशियन डाक्टर भै सकेकी छिन । जुकरवर्ग सँग विवाह गरे पछी बनेको प्रेसिलाको नयाँ परिचय सँगै उनको भबिष्यको योजनालाई पनि मान्छेहरु चर्चा गर्न थालेका छन । उनको बारेमा चासो राख्नेहरु भन्छन उनि पेड्रियाट्रिक डाक्टर बन्न चाहन्छीन त्यती मात्र हैन जुकरबर्गलाई अंङ्ग दान गर्न चाहनेहरुले आफ्नो फेसबुक प्रोफाईलमा नै उल्लेख गराउने योजनाको सुत्रधार नै प्रेसिला हुन । 

रिन मागेरनै भए पनि तामझाम सँग बिबाह गर्ने परम्परा रहेको हामी धेरैलाई अचम्म लाग्न सक्छ उन्नाईस अर्ब अमेरिकी डलर सम्पतीका मालिक जुकरवर्गले बिहेमा जम्मा एक सय जना भन्दा थोरै मान्छेहरु लाई सहभागी गराईएको थिए । ईन्टरनेटको पर्यायवाची झै बन्न पुगेको फेसबुकको संस्थापकको बिहे तामझामले गर्न चाहेको भए को आउदैन थियो होला त ?  त्यसो त  सन २०१० मा विश्व प्रदिद्द टाईम म्याग्जीनले यिनलाई वर्ष पुरुष घोषणा गर्दा यिनलाई साधारण पहिरनमा देखीने जिनियस भनेर टिप्पणी गरेको थियो ।

यस महिनाको तेस्रो हप्ता जुकरवर्गको जिन्दगीमा धेरै महत्वपुर्ण कार्यहरु भएका छन । गत हप्ता उनले आफ्नो जन्म दिनको दिन बिहे मात्र गरेनन उनको कम्पनीको प्राथमिक शेयर निश्कासन पनि खुल्ला गराए । प्रति सेयर अडतिस अमेरिकी डलर हुदाँ उनको कम्पनीले एक सय चार अर्ब अमेरिकी डलर पुँजी संकलन हुनेछ । यस सब बिचार गर्दा भन्न सकिन्छ उनको फेसबुक वाल को स्टाटस मात्र हैन सोसियल स्टाटस पनि बढ्दै गई रहेकोछ ।
यो लेख मिती २०६८ जेठ १४ गते को लागी ब्लाष्ट टाईम्समा प्रकाशनार्थ ब्लाष्ट टाईमको लागी लेखीएको थियो । ब्लाष्ट पुर्वाञ्चल बाट निश्कने लिकप्रिय दैनिक हो ।