Saturday, June 30, 2012

सन्दर्भ : सोसल मिडीया दिवस #social #media #day #2012

social media day 2012
सुचना प्रविधी क्षेत्रमा भर्खर बामे सर्दै गरेको नेपाल जस्तो देशमा पनि ईन्टरनेटमा पँहुच हुने लगभग सबै जस्तो प्रयोगकर्ताले कुनै न कुनै रुपमा प्रयोग गर्ने सोसल मिडीयाको प्रबर्दन गर्ने उधेश्यले हिजो विश्वभरी "सोसल मिडीया दिवस" मनाईयो । सामाजिक सञ्जाल वेबसाईटहरुको बिकास र घटनाहरुलाई एक तमासले नियालीरहेको विश्वप्रसिद्द वेबसाईट मासाबेल डट कमको सक्रियामा सन २०१० देखी प्रत्येक वर्षको जुन ३० तारिखका दिन सोसल मिडीया दिवस मनाउन थालिएको हो ।

सोसल मिडीया भनेको के हो ? ब्यक्तीगत वा संस्थागत रुपले दुई पक्षीय अन्तकृया गर्ने मोबाईल वा वेब मा आधारित प्रणालीलाई सोसल मिडीया भनिन्छ । अझ भनौ प्रयोगकर्ताले तयार गरेको सामग्री वा बिचारलाई नविनतम प्रविधीको प्रयोग गरी ईन्टरनेटको माध्यम बाट प्रसार गर्ने प्रणालीलाई सोसल मिडीया भनिन्छ ।  नेपालमा सम्पन्न भएको सोसल मिडीया दिवस कार्यक्रमको प्रमोटरहरु मध्येकै एक सोसल मिडिया एक्सपर्ट आकार अनिल घिमीरेले सोसल मिडीयाको बारेमा आफ्नो ब्लगमा लेखेका छन यो आवजबिहीनहरुको आवाज हो । यसले सुचना प्रवाह गर्ने सम्बन्धमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने गरेको छ ।

सोसल मिडीयालाई बिभिन्न वर्गमा बिभाजन गरेर ब्याख्या गर्न सकिन्छ ।

सामाजिक सञ्जाल वेबसाईटहरु :  यसमा समान पृष्ठभुमी वा रुची भएका ब्यक्तीहरु एक अर्कामा परिचीत भई अन्तर्कृया गर्ने गर्दछन । परिचयको लागी यस प्रकारको वेबसाईटहरुमा प्रयोगकर्ताको ब्यक्तीगत प्रोफाईल रहने गर्दछ । फेसबुक , माई स्पेश, गुगल प्लस आदी सामाजिक सञ्जाल वेबसाईटहरुको उदारण हुन ।  यस प्रकारका वेबसाईटहरुमा मल्टीमिडीया , पब्लीक तथा प्राईभेट कन्टेन्ट रुचाईएका वा रोजीएका ब्यक्ती बिच प्रवाह गर्न सकिन्छ ।

सोसल सेयरिङ्ग : यस प्रकारको वेबसाईटहरु वा एप्लीकेशनमा भिडीयो तथा फोटो लगायतका सामग्रीहरु सेयरिङ्ग गर्ने गरिन्छ । यस प्रकारको सेवा दिने केही साईटहरुमा अतिरिक्त सुबिधा स्वरुपमा प्रोफाईल तथा कन्टेन्ट माथी कमेन्ट गर्ने सुबिधा प्रदान गर्ने गरीएको पाईन्छ । युट्युब, भिमियो , फ्लीकर, ईन्स्टाग्राम , पिकासा आदी सोसल सेयरिङ्ग अनलाईन मिडीयाका उदारण हुन ।

सोसल बुकमार्कीङ्ग : ईन्टरनेटमा प्रयोगकर्ताको खोज तथा रिसोर्सलाई ब्यबश्थीत रुपमा संग्रह गर्ने प्रकृयालाई सोसल बुकमार्कीङ्ग भनिन्छ । यसबाट समान रुची र आवश्यकता भएका प्रयोगर्ताहरु बिच आफ्नो ईच्छा अनुसारको सामग्री आदान प्रदान हुने गर्दछ । स्टम्बलअपअन, डेलिसियस , डिग, पिन्ट्रेस्ट्र आदी जस्ता साईटहरु सोसल बुकमार्कीङ्ग साईटहरुको उदारण हुन ।

सोसल नलेज  : आवश्यकता अनुसार प्रयोगकर्ताले प्राप्त गरेको सामग्री सम्पादन था थपघट गर्ने वेबमा आधारित एप्लीकेशनहरुलाई सोसल नलेजको रुपमा ब्यख्या गरिन्छ ।  विश्वप्रसिद्द विकीपेडीया डट ओआरजी सोसल नलेजको उदारण हो । 

सोसल न्युज : ईन्टरनेटमा रहेका समाचारहरुको सत्यता माथी बहस गरीने वेबसाईटहरुलाई सोसल न्युज को रुपमा लिन सकिन्छ । रिडईट , डिग सोसल न्युजको अवधारणामा बिकास भएका सोसल न्युज साईट हुन । यसमा प्रयोकर्ताहरु बिच प्रवाहीत समाचारको सत्यता वा बिश्वाशनियता माथी बहस गरिन्छ । र सबै भन्दा बढी सकारात्मक प्रतिकृया वा आलोचनाले त्यसको बिश्वासनियता निर्धारण गर्ने गरिन्छ ।

ब्लग : सरलरुपमा भन्नुपर्दा ब्लग भनेको ईन्टरनेटमा तयार गरिने अनलाईन डायरी हो । यसमा तपाईले आफ्नो अनुभव र अनुभूतिलाई क्रमबद्ध्ररुपमा राख्न सक्नुहुन्छ । यसमा प्रसारण भएका सामग्रिहरुलाई माथी प्रतिक्रीया जनाएर प्रयोगकर्ताहरु पनि ब्यक्तीगत रुपमा सो कन्टेन्ट माथीको ब्लगीङग्मा सहभागी हुने गर्दछन । वर्डप्रेस , ब्लगस्पट, टम्ब्लर ब्लग को उदारण हुन । ट्वीटरको एक सय चालिस शब्दमा आफ्नो कुरा भन्नु पर्ने माईक्रोब्लगिङ्ग बेबसाईटको रुपमा बिकाश  भएको हो ।

र अन्तमा , सोसल मिडीयाम आउने सामग्रीहरुको स्वामित्व सम्बन्धमा सामान्यता अन्तहीन बहस हुने गर्दछन त्यसैले होला आलोचकहरु सोसल मिडीयाको नामामा केही कम्पनीहरु अर्काले तयार गरेको सामग्री आफ्नो ढङ्गले प्रबाह गरेर पैसा कमाईरहेका छन भन्ने पनि गर्दछन । तर पनि तिनै आलोचकहरुले के कुरा अस्वीकार गर्न सकेका छैनन भने हिजो आज विश्वभरीनै सोसल मिडीयालाई मेन स्ट्रीम मिडीयाको बिकल्पको लिईने गरेको छ ।
यो लेख मिती २०६८ आषाढ १७ गते स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशन गर्नको लागी तयार गरीएको हो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।