Sunday, June 17, 2012

विकि मा विकिपीडिया

यदी तपाईले विकिपीडिया डट ओआरजी नामको वेबसाईट खोलेर त्यसको अँग्रेजी संस्करणमा जानु भयो भने त्यसमा लगभग चालिस लाख  लेखहरु भेट्नु हुन्छ ।  यस वेबसाईटको रमाईलो कुरा के छ भने सामान्यत  वेबसाइटमा कुनै पनि कुराको जानकारी दिन वा स्वेछिक रुपमा संग्रह गर्नको लागी त्यस वेबसाइटका मालिकसित अनुमति लिनुपर्छ तर विकि एउटा यस्तो साईट (सफ़्टवेयर) हो जो सबैलाई कुनै पनि प्रकारको प्रतिबाधाबाट मुक्त राखेर बिना कुनै प्राविधिक ज्ञान एवं विशेषाधिकार सबै प्रकारका सूचना सामग्रीहरु जोड़ने, संशोधित गर्ने एवं पुन: हटाउने सुविधा उपलब्ध गराउँदछ । यो एउटा ईन्टरनेटमा निशुल्क पाईने ज्ञानकोष हो जसमा संसारभरिका लाखौं प्रयोगकर्ताहरुद्वारा लेखहरु लेखिन्छ जसमा प्रकाशित सामग्रीको पछि लाखौं मानिसहरुको कठिन प्रयास एवं ज्ञान निहित हुन्छ ।  आजको युगमा   विकिपीडिया सबैभन्दा ठूलो एवं विशाल ज्ञानकोष हो । विकिपीडिया परियोजनाहरु विश्वका २८२  भाषाहरुमा चलिरहेका छन् । विकिपीडियामा सबै लेखहरु स्वयंसेवकहरुद्वारा लेखिन्छन्। ठूलो संख्यामा गरिएका सहयोगी सम्पादनहरुको परिणामले यो यति विशाल बनेको हो।
नेपाली भाषामा संञ्चालनमा रहेको विकी को कुरा गर्ने हो हाल यसमा २० हजार भन्दा बढी सानाठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भनें ४२ हजार भन्दा बढी छन । यसै साईटमा उल्लेख भए अनुसार नेपाली विकीमा हालसम्ममा ५ हजार ३ सय प्रयोगकर्ता  दर्ता भएका छन् जसमध्ये सरदर ५५ जना सकृय रहन्छन्। विकिपीडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरु नेपाल भाषा, भोजपुरी भाषा, पाली भाषा मा पनि पेजहरू उपलब्ध छन्।  यसमा प्रकाशित लेखहरुमा कुनै विवाद आइपरेमा समाधान गर्न र अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडीया फाउण्डेसन नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाल च्याप्टरको रूपमा विकिमिडिया नेपाल नामक संस्था स्थापना भएको छ। यसले विकिमिडीया फाउण्डेसनको प्रतिनिधित्त्व गर्दै कुनैपनि लेखमा नेपाल सम्बन्धि विवाद आइपरेमा त्यसको निवारण गर्ने समेत कार्य गर्नेछ।

नेपाली भाषामा सञ्चालनमा रहको विकीको नेपाली साईटमा उल्लेख भए अनुसार यसमा बाट प्रयोगकर्ताहरुले बिभिन्न तरिकाले लाभ लिन सक्दछ । जस्तो :

  • विकिपीडिया एउटा बहुभाषीय प्रकल्प हो, र स्वयंसेवकहरुको सामूहिक प्रयासबाट निर्मित भएकोछ, जो पनि इंटरनेटमा पुग्न सक्छ उसले विकिपीडिया लेख्न सक्छ र सम्पादन गर्न सक्छ।
  • विकि स्वरूपको कारण लेखहरुका कड़ीहरुलाई शव्दहरुसित जोड़न सजिलो हुन्छ, यसबाट लेखहरुको बारेमा जानकारी मात्र प्राप्त नभएर यस सित जोड़िएका अन्य रोचक जानकारीहरु पनि पाइन्छ, उदाहरणको लागि यदि तपाईं जापानको भूकम्पसित जोड़िएको लेख पढ़नुहुँदैछ भनें त्यसमा जोड़िएका अन्य ज्ञानवर्द्धक कुराहरु पनि पढ़्न सक्नुहुन्छ।
  • इंटरविकिबाट विभिन्न भाषाहरुका लेखहरु जोड़िएका हुन्छन्। नेपालीको काठमाडौं लेखसित अन्य ८३ भाषामा यस लेखको कडी छ, जसले गर्दा गुजरातीमा लेखिएको लेख छिट्टै पढ़्न सकिन्छ।
  • विकिपिडीयामा धेरै छिटो समसामयिक विषयहरुको बारेमा लखहरुको विकास हुन सक्छ जसरी जापानमा भूकम्प जाने र सुनामी आएको समाचार केहि मिनटमा नैं विकिमा देखापर्‍यो।
  • गूगल र अन्य सर्च इंजनहरुबाट खोज गर्दा विकिपीडियाका लेख परिणामहरु प्रमुखरुपमा देखा पर्छन्। यसबाट यो सिद्ध हुन्छ कि नेपाली विकिपीडियाको विकासले इंटरनेटमा नेपालीको प्रयोग गर्ने मानिसहरुको संख्यामा पनि वृद्धि हुनेछ। मानिसहरुलाई नेपाली भाषाको प्रयोग गर्न, आफ्नो ज्ञान अरुलाई बाँड्नका साथै आफ्नो भाषा, जाति, देश, संस्कृतिको निम्ति केहि गर्छु भन्ने व्यक्तिहरुकोलागि विकिपीडिया एउटा गतिलो मञ्च हुन सक्छ ।
  • विकिपीडिया एउटा यस्तो मञ्च हो जसमा कमजोरी देखाउने अवसर कसैलाई छैन किन भनें ती कमजोरीहरु हटाउने सबैलाई मौका दिइएकोछ। यदि तपाईंले कुनै कुरामा कमी देख्नु हुन्छ, लेख अधूरो देख्नु हुन्छ, यदि कुन्नै लेखमा भूल भेट्नुहुन्छ भनें सुधार्न सक्नुहुन्छ अथवा कुनै विषयमा लेखिएकै छैन भनें पनि तपाईंले लेख्न सक्नुहुन्छ।
  • विकिपीडियामा स्वयंसेवी ढंगले लेख्नु पर्छ, यसमा लेखेको लेखको पारिश्रमिक पाइँदैन तर तपाईंले आफूसँग भएको ज्ञान अरू सबैसँग बाँड्न भनें सक्नुहुन्छ। यसमा लेख लेख्ने र सम्पादन गर्ने गर्नाले एकातिर तपाईंको आफ्नो लेख्ने सीप बढ्दछ भने आर्कोतर्फ तपाईंले अरूलाई पनि सहयोग गरिरहनुभएको हुन्छ। तपाईंको भाषामा पर्याप्त सन्दर्भ सामग्री भयो भनें तपाईंको भाषा समृद्ध हुनेछ जसको कारण तपाईं आफैं पनि गर्व गर्नुहुनेछ। अझ त्यसमा तपाईं आफैं सरिक हुँदा त झन् ठूलो गर्व हुने भयो। विकिपीडियाको लाभ त्यही नै हो।