Sunday, July 22, 2012

निशुल्क एन्टीभाईरस #free #antivirus

यदी तपाई माईक्रोसप्ट उत्पादीत विन्डोज अपरेटिङ्ग सिस्टम प्रयोग गर्नु हुन्छ भने अवश्य पनि एन्टीभाईरस प्रोग्राम राख्नु भएको होला । राखी सक्नु भएको छैन भने कुन र कस्तो एन्टीभाईरस राख्ने भनेर दुबिधामा हुनु हुन्छ होला किनभने ईन्टरनेट बजारमा एन्टीभाईरस बनाउने कम्पनीले सबैभन्दा राम्रो भनेर जुन उत्पादनको प्रचारको गरीरहेको हुन्छ त्यही उत्पादनको निशुल्क संस्करण पनि उपलब्ध हुन्छ । अवश्य पनि शशुल्क सफ्टवेयरमा पाईने केही फिचरहरु निशशुल्क पाईने सफ्टवेयरमा उपलब्ध हुदैनन तर पनि निशुल्कमा उपलब्ध नभएका ति फिचरहरुको काम के हो भनेर नबुझ्दा प्रयोगकर्ताहरु त्यही उत्पादन सित्तैमा पाईरहेको छ भने किन पैसा तिर्ने भने अलमल्लीरहेका हुन्छन । अझ केही एन्टीभाईरस मा शशुल्क प्रोग्राममा पाईने सबै फिचरहरु केही निश्चीत समयाबधीको लागी भनेर निशशुल्क संश्करण उपलब्ध गराएको पनि हुन्छ । यती सबै कुरा गरीसक्दा तपाई झनै दुबिधामा पर्नु भएको हुन सक्छ तर जडी कुरा के हो भने निशशुल्क पाईने एन्टीभाईरस प्रोग्राम तपाईकोलागी पर्याप्त हुदै हैन ।

निशुल्क उपलब्ध गराईएका प्रोग्रामहरु एक हिसाबले तिनै शशुल्क उत्पादनको बिज्ञापन हो । केही निशश्चीत समयवधीको  लागी निशुल्क उपलब्ध गराईएको होस वा केही फिचरहरु डिसेबल गरेर बितरण गरिएको सफ्टवेयर बास्तबमै प्रयोगकर्ताको आवश्यकता पुर्णरुपमा परिपुर्ति गर्न सक्षम हुनै सक्दैनन । उत्पादकहरु प्रयोगकर्ता कुनै एउटा अवश्थामा पुगेर आफ्नो उत्पादन प्रयोग गर्न बाध्य हुन भन्ने अभिप्रायले त्यस्ता सफ्टवेयरहरुको निशुल्क बितरण गरीरहेका हुन्छ । यसमा टेक्नीकल सपोर्ट देखी त्यसैको शशुल्क संस्करणमा उपलब्ध भएको फायरवाल लगायत अन्य थप  पुर्ण सुरक्षाको उपायाहरु अबलम्बन गरीएको हुदैन । प्रयोगकर्ताले कुनै बिन्दुमा पुगेर कि सबै प्रोग्राम नै अनईन्सटल गर्नु पर्ने कि त्यसै सफ्टवेयरको शशुल्क सफ्टवेयर खरिद गर्नु पर्ने हुन जान्छ ।
अझ हाम्रो जस्तो पाईरेटेड सफ्टवेयर छ्यासछ्यास्ती पाईने कम्प्युटर बजारमा एन्टीभाईरस नै पनि लाईसेन्स सहितको भनेर सिडी कै मुल्यमा पाईन्छ । शशुल्क उपलब्ध हुने फूल भर्सन प्रोग्राम प्रयोग गर्ने लोभमा यस्ता प्रोग्राम ईन्सटल गर्नु चाही अन्ततगोत्वा प्रोयोगकर्ताको हितमा हुदैन अझ बरु समस्या उत्पन्न हुन जान्छ । जस्तो कि ईन्टरनेटवाट फैलिरहेका नयाँ नयाँ भाईरस डिलिट गर्नको लागी एन्टीभाईरस प्रोग्रामको भाईरस डेफिनेसन डाटाबेस अपडेट हुनु पर्दछ र मात्र तपाईको कम्प्युटरमा महिनौ पहिले ईन्सटल गरेको एन्टीभाईरस प्रोग्रामले गत महीना देखि फैलिएको भाईरस वा यसै प्रकारका फाईल डिलिट वा डिसईन्फेक्ट गर्न सक्दछ ।  भाईरस डाटाबेस अपडेट हुदाँ सो एन्टीभाईरस प्रोग्रामले जुन कम्प्युटरमा प्रोग्राम अपडेट हुदैछ सो कम्प्युटरमा ईन्सटल भएको प्रोग्रामको लाईसेन्स पनि चेक गर्छ । पहिले नै प्रोयोग भै सकेको वा प्रोग्राम लाई तोडमोड गरी तयार गरी प्रयोग भएको लाईसेन्स कि एन्टीभाईरस प्रोग्रामको मेन सर्भरमा नभेटिएमा त्यो प्रोग्रामलाई ब्लाकलिष्ट गर्नुको का अतिरिक्त सो कम्प्युटरको म्याक एड्रेस लगायत आई पी एड्रेस लगायतका तपाईको कम्युटरको बिबरण सो एन्टीभाईरस कम्पनीको सर्भरमा स्टोर गरेर राख्न सक्दछ । 

तपाईले नयाँ एन्टीभाईरस प्रोग्राम खरिद गर्ने नै निर्णय गर्नु भयो भने पनि त्यस्ता केही फिचरहरु छन जस्लाई कहिल्यै नजर अन्दाज गर्नु हुदैन । नत्र शशुल्क प्रयोग गरीएका एन्टीभाईरस निशुल्क पाईने भन्दा पनि बेकारका हुन्छन । निशुल्कै पाईने एन्टीभाईरस प्रोग्राममा सकेसक्म एउटै प्याकेजमा भाईरस, वर्म, ट्रोजन तथा स्पाईवेयर लगायत किलगर फिसिङ्ग स्काम आदी प्रतिरोध गर्न सक्ने हुनु पर्दछ । यदी तपाईको कम्प्युटरमा अन भएको जुनसुकै बखत ईन्टरनेट कनेक्टेड हुन्छ भने तपाईले ईन्टरनेट सेक्युरिटी प्याकेज भएको एन्टीभाईरस प्रोग्राम प्रयोग गर्न उत्तम हुन्छ ।

यो लेख पुर्वाञ्चल बाट निष्कने स्थानिय ब्लाष्ट दैनिकको लागी तयार गरीएको थियो । जुन २०६९ साउन ७ गतेको अंकमा प्रकासित भएको छ । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।

List of few antivirus software website

AhnLab Fortinet Panda
avast! F-Secure PC Tools
AVG G DATA Qihoo - 360
AVIRA GFI Sophos
BitDefender Kaspersky Tencent - QQ
BullGuard McAfee Trend Micro
eScan Microsoft Webroot
ESET