Sunday, July 8, 2012

सोसल बुकमार्किङ्ग #social #bookmarking

केही समय पहिले सम्म धेरै प्रयोगकर्ताहरु सम्झीनै गार्हो हुने लामा र अप्ठ्यारा वेबसाईटका ठेगाना फेरी प्रयोग गर्नु पर्ने ठानेमा आफ्नो वेब ब्राउजरको फेभरेटमा सेभ गरेर राख्ने गर्दथे । अझै पनि तपाईले आफ्नो वेबब्राउजर को मेनुबार नियालेर हेर्नु भयो भने तपाईले खोली रहनु भएको वेबसाईटको ठेगाना सेभ गरेर राख्नको लागि फेभरेट वा सेभ गर्ने अप्सन पाउनु हुन्छ । तर आजभोली सामाजिक सञ्जाल वेबसाईटहरुको बढ्दो प्रयोग सँगै वेब साईट बुकमार्क गरेर राख्ने को अवधारणा पनि विकसित रुपमा फराकिलो हुदै गईरहेको छ । अहिले केही समय पहिले ब्यक्तीगत रुपमा आफ्नो व्राउजरमा फेभरेट गरेर राखीने वेबसाईटहरुलाई सोसल बुकमार्किङ्ग गरीन थालेको छ । सोसल बुकमार्किङ्ग भनेको प्रयोगकर्ताले फेरी प्रयोगमा आउने वा समान रुची भएका अन्य प्रयोगकर्ताहरुले पनि वेब साईट वा वेब साईटमा भएका सामग्री हेरुन भनेर बुकमार्कीङ्ग टुल्सको प्रयोग गरी त्यसलाई अनलाईन सेयर गर्ने पद्दती हो । सोसल बुकमार्कीङ्गमा कुनै पनि वेब साईट वा वेबपेजहरुलाई त्यसमा भएको सामग्रीको आधारमा त्यसलाई बिभिन्न किवर्ड हरु दिएर सेभ गरीने गरीन्छ । यसो गरिदाँ प्रयोगकर्ताहरुले सोही कि वर्डको प्रयोग गरेर सम्बन्धीत वेबसाईटमा सर्च गरेमा एकै बिषयमा उपलब्ध सामग्रीहरु पनि छनौट गरेर प्रयोग गर्ने सुबिधा प्राप्त गर्दछन ।

ईन्टरनेटको बिकास सँगै ईन्टरनेटमा प्राप्त सामग्रीको वेब ठेगाना बुकमार्क गरेर राख्ने पद्दतीको क्रमिक रुपमा बिकास भएको पाईन्छ । प्रारम्भमा प्रयोगकर्ताहरु व्राउजरमा वेबठेगानाहरु सेभ गरेर राख्ने गर्दथे । यसो गर्दा आफुले सेभ गरेर राखेको वेबसाईट पुन प्रयोग गर्नु परेका सेभ गरेकै कम्प्युटरको ब्राउजर बाट खोल्नु पर्ने वा सो वेब ठेगानालाई ईमेल वा यस्तै केही बैकल्पीक उपाया मा सेभ गरेर प्रयोग गर्नु पर्दथ्यो ।यो प्रकृया उपयोगी भैकन पनि झन्झटिलो थियो । यसै समयमा डेलिसियस डट कम भन्ने वेबसाईटको बिकास भएको पाईन्छ । सोसल बुकमार्किङ्ग वेबसाईटको रुपमा डेलिसियसमा बिभिन्न ट्याग (कि वर्ड) दिएर वेबसाईट बुकमार्क गर्ने र त्यस्तै कि वर्डले सर्च गरी संसार भरका प्रयोगकर्ताहरुले सेभ गरेको बुकमार्क प्राप्त गर्ने अवसर प्राप्त भयो । समयक्रमसँगै बहुउपयोगी सामाजिक सञ्जाल वेबसाईटको प्रयोग बढ्नु भन्दा पहिले डेलिससिय त्यस प्रकारको वेबसाईटहरुमा धेरै कहलिएको वेबसाईट मानिन्थ्यो । त्यसैले पनि हुन सक्छ यसलाई केही बर्ष पहिले याहुले खरिद गर्यो । हुनलाई याहु सँग याहु अकाउण्टको प्रयोग गरी वेबसाईटहरु बुकमार्क गरेर राख्न मिल्ने वेबसाईट पहिले देखी नै थियो तर पनि सोसल बुकमार्कीङ्ग वेबसाईटको भविष्य याहुले नजरअन्दाज गर्न सकेन ।

अहिले फेसबुक , ट्वीटर जस्ता सामाजिक सञ्जाल वेबसाईटले पनि सोसल बुकमार्कीङ्ग साईटहरुले प्रदाग गर्ने गरेकोले साधारण प्रयोगकर्ताहरु यिनै साईटहरुमा अल्मल्लीरहेका छन भने एडभान्स युजरहरु आफुले रोजेकै बिषयको साईटहरु प्रयोग गर्नको लागी डेलिसियस डटकम , स्टम्बलअपअन डट कम , डिग डट कम , रेडडिट डट कम, स्लाषडट डट ओआरजी आदी नाम चलेका केही सोसल बुकमार्कीङ्ग वेबसाईटहरुका उदारण हुन ।

प्रयोगकर्ताहरुले कुनै पनि बिषय बस्तुको गहन अध्यन गर्नको लागी सोसल बुकमार्कीङ्ग पद्दतीलाई धेरै नै उपयोगी मानेका छन । हाल उपलब्ध सोसल बुकमार्कीङ्ग वेबसाईटहरुमा उपलब्ध सामग्री माथी प्रतिकृयाको रुपमा छलफल पनि गर्ने प्रचलन रहेकोले सो समाग्रीको प्रभावकारीता, विश्वासनियता बारे सहज रुपमा जानकारी प्राप्त गर्न सकिने भएको छ । ईन्टरनेटको बजारमा सोसल बुकमार्कीङ्गले प्रयोगकर्ताहरुलाई मात्र नभई वेबसाईट सञ्चालकहरुलाई धेरै नै फाईदा पुर्याई रहेको पाईन्छ त्यसैले त विश्व प्रसिद्द बिबिसी, सिएन एन एन देखी ब्यक्तीगत रुपमा सञ्चालन भएको वेबसाईटहरुमा पनि त्यसमा भएको कन्टेन्ट शेयर गर्नको लागी शेयर बटनहरुको प्रयोग भएको देख्न सकिन्छ । यसो गर्दा प्रयोगकर्तालाई त्यसमा भएको सामग्री शेयर गर्न सुबिधा प्राप्त भई रहेको हुन्छ भने वेबसाईट सञ्चालकले आफ्नो साईटको प्रचार गर्ने अवसर प्राप्त भईरहेको हुन्छ । हिजो आज हामीले कहिले नाम नसुनेका वेबसाईट बाट आफ्नो रुचीको बिषय अध्ययन गर्न पाउनु वा त्यस साईटले दिने सेवा प्रयोग गर्न पाउनु सोसल बुकमार्कीङ्ग प्रत्यक्ष उदारण हो । सोसल बुकमार्कीङ्ग वाट वेबसाईटमा भएको सामग्री वा सेवाको गुणात्मक प्रचार हुने गर्दछ ।
यो लेख २०६९ आषाढ २४ आईतबारको ब्लाष्ट दैनिक मा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।