Sunday, August 12, 2012

निशुल्क पाईने माईक्रोसफ्ट अफिस प्याकेजका बिकल्पहरु

नेपाली कम्प्युटर बजारमा सालाखाला पचास हजार रुपयाँमा  ठिकै खालको ल्यापटप पाउन सकिन्छ ।  ल्यापटप किन्ने मनस्थीती बनाएर बजार निस्कनु भयो भने ति पचास हजार पर्ने भनिएका कम्प्युटरको नै हजार भाउ हुन सक्छ । यस्तोमा एउटा बाट अर्को पसल पुग्दैमा त्यही ल्यापटपको दाम दश हजार को फरक पर्ने गयो भने अघिल्लो पसलेलाई गाली नगर्नु भए हुन्छ किन भने साधारणतय एकै मोडलको भनिएको त्यापटपहरुमा दाम फरक पर्नुको कारण सोही ल्यापटपमा उपलब्ध हार्डवेयर देखि अपरेटिङ्ग सिस्टम सम्म पर्दछन । कम्प्युटरहरुमा  लगभग दश एघार हजार पर्ने माईक्रोसफ्टको अपरेटिङ्ग सिस्टम जडान गरिएको हुन्छ । साधरणतय बिक्रेताले माईक्रोसफ्ट लगायतका जेन्युन अपरेटिङ्ग सिस्टम नहालेको कम्पयुटरमा सो ओएस किन्दाको लाग्ने मुल्यु कम गरी रहेको हुन्छ ।

केहीलाई छोडेर कम्पनीको आधिकारीक बिक्रेता  मार्फत बैधानिक रुपमा भित्र्याईएका ब्राण्डेड डेक्सटप कम्प्युटर तथा ल्यापटपहरुमा माईक्रोसफ्टको जेन्युन अपरेटिङ्ग सिस्टम जडान गरीएको हुन्छ । कौडीको मुल्यमा छ्यासछ्यास्ती पाईने पाईरेटेड सफ्टवेयहरुको उपलब्धताको कारणले हुन सक्छ हामीकहाँ जेन्युन अपरेटिङ्ग सिस्टम प्रयोग गर्ने चलन त्यती सारो छैन तर कम्प्युटरकै दाममा अप्रत्यक्ष रुपले अपरेटिङ्ग सिस्टमको मुल्य भुक्तान गरीएको छ भने अफिस प्याकेज लगाएत अन्य एप्लीकेशनहरु किन पाईरेटेड प्रयोग गर्ने त ?आउनुस वर्ड , एक्सेल, पावरप्वाईनन्ट जस्ता माईक्रोसफ्ट अफिस प्याकेजमा संग्रहीत सफ्टवेयरको बिकल्प के हुन सक्छ त्यसको बारेमा चर्चा गरौ ।

ओपन अफिस :  सन माईक्रोसिस्टम द्वरा विकास गरीएको यो सफ्टवेयर माईक्रोसफ्ट अफिसको सँग दाबेदारी गर्न सक्ने सफ्टवेयर हो । यसलाई ओपनसोर्स सफ्टवेयरको रुपमा बिकास गरीको छ । यो विन्डोज लगायत लिनक्स , सोलारिस ,र म्याक अपरेटिङ्ग सिस्टमामा पनि सञ्चालन हुन सक्दछ । माईक्रोसफ्ट अफिसको प्याकेजको माईक्रोसफ्ट वर्ड जस्तै यसमा राईटर भन्ने हुन्छ भने माईक्रोसफ्ट एक्सेल जस्तै स्प्रेडसिट एप्लीकेशन सफ्टवेयरको रुपमा क्याल्क भन्ने एप्लीकेशन उपलब्ध गराएको हुन्छ ।

लिबरे अफिस :  एकै पटकमा लिबरे अफिसमा र ओपन अफिस दुवै ईन्स्टल गरेर चलाउनु भयो भने नाम बाहेक खासै ठुलो फरक देखिदैन । पहिलो कारण हुन सक्छ ओपन अफिस बनाउने ब्यक्तिहरु नै छुट्टिएर द डकुमेन्ट फाउण्डेशन नाम संस्था खोली द डकुमेन्ट फाउण्डेशनको नाममा लिबरे अफिसको उत्पादन गरेका हुन । अर्को कारणमा यि दुबैको प्रतिशपर्थी भनेको माईक्रोसफ्ट अफिस प्याकेज हो । र यिनिहले माईक्रोसफ्ट अफिस प्याकेजका धेरै फिचरहरुलाई आत्मसाथ गरी निर्माण् गरेका छन जुन माईक्रोसफ्टको अफिस प्याकेज सँग दुरुस्त मिल्न जान्छ ।

लोटस सिम्फोनी : आई बि एम को अफिस प्याकेज लोटस सिम्फोनी म्याक , विन्डोजमा मात्र हैन लिनक्स अपरेटिङ्ग सिस्टम मा पनि चल्छ । माईक्रोसफ्टका अन्य बैकल्पीक अफिस प्याकेजको तुलनामा कम चर्चामा रहेयो यस प्याकेजमा अन्य प्याकेजमा भएको लगभग सबै जसो फिचरहरु देखीन्छ । यसमा रहेको स्प्रेडसिट एप्लीकेशमा अन्य स्प्रेडसिट प्रोग्राममा भन्दा जटिल कार्य गर्न सक्ने सुबिधा रहेको छ । यस प्याकेजमा अन्यमा भन्दा फरक रुपले वेब ब्राउजर प्रोग्राम ईन्ट्रीगेटेड रहेको छ जसको साहायताले अफिस प्याकेजमा काम गरी रहँदा कुनै पनि चित्र चाहीयो भने सामाजिक सञ्जाल वेबसाईट सर्फ गरी त्यसैबाट फोटो तान्न सकिन्छ  । 

माथीका उल्लेख गरीएका डेक्सटप एप्लीकेशनका अतिरिक्त माईक्रोसफ्ट , गुगल आदीका वेबबेस्ड एप्लीकेशन पनि छन  जसलाई माईक्रोसप्ट अफिस प्याकेज जस्ता प्रोग्रामहरुको ठाडो प्रतिस्पर्थीको रुपमा लिईन्छ ।  विन्डोज लाईभ स्काई ड्राईभ , गुगल डक्सजोहो  आदी अनलाईन अफिस प्याकेजका उदारण हुन । हुनलाई माईक्रोसफ्टको नयाँ अफिस प्याकेज २०१३ मा अपिस ३६५ भन्ने अफिस सुईटमा गुगल डक्स जस्तै अनलाईन फाईल बनाउने देखि सम्पादन गर्न सम्म सकिन्छ तर  प्रयोगकर्ताको लागी अन्य बिकल्पहरु पनि छन ।

अन्तमा , यदी तपाईले कम्प्युटर किन्दा अपरेटिङ्ग सिस्टम सँग सँगै पाउनु भएको छ र अफिस प्याकेज को लागी छुट्टै पैसा तिर्न तयार हुनु हुन्न भने माथीका बिकल्पहरु जेन्युन र फुल भर्सनका सफ्टवेयर चलाउने उत्तम बिकल्प हुन । हुन सक्छ लिबरे अफिस वा ओपन अफिस माईक्रोसफ्टको नयाँ अफिस प्याकेज जस्तो रङ्गीचङ्गी आँखै लोभ्याउने खालको नहुन सक्छ तर यसले गर्ने कामहरु बिसको उन्नाईस हुन सक्छ तर त्यो भन्दा कम चाँही हुन्न । 
यो लेख पुर्वाञ्चल बाट निश्कने ब्लाष्ट दैनिकको लागी तयार गरीको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।