Sunday, September 9, 2012

कार्यलयमा फेसबुक

नवनियुक्त मुख्यसचिव लीलामणि पौड्याल ले कार्यभार सम्हाले पछी फेरि सर्वोच्च प्रशाशनिक निकाय सिंहदरबारमा फेसबुक माथी प्रतिबन्ध लगाईयो ।  फेरी भने पछी कुरो बुझ्नु भयो होला यस भन्दा पहीले पनि सिंहदरबारमा फेसबुक प्रतिबन्ध लगाईएको थियो । दुई वर्ष पहिले प्राबिधिक समस्याको कारण केही दिन सिहंदरबारमा फेसबुकमा चलेको थिएन । अहिलेका मुख्य सचिबले पपुलिष्ट हुने वाहानामा फेसबुक बन्द गराए भनेर उनको सत्तोसराप गरे पनि त्यस बेला पनि अचानक बन्द भएको फेसबुकको कारणले ठुलो हल्ला खल्ला भएको थियो । पत्रपत्रिकाले पनि यो खबरलाई राम्रै सँग कभरेज गरेका थिए । सेवाग्राहीहरु फेसबुकको कारणले कर्मचारीको कार्यक्षमताको असर परेको भन्दै फेसबुक प्रतिबन्ध प्रति सकारात्मक देखीए भने कर्मचारीहरु ग्लोबलाईजेशनको जमानामा प्रबिधी बिमुख पारिएको भनेर यस कदमलाई नकारात्मक रुपमा लिए ।  दुई वर्ष देखी सिहदरबारमा देखीएको फेसबुक बन्द गर्ने र खोल्ने यो खेलमा अहिले धेरै सार्वजनिक तथा निजी कार्यलयहरु पनि देखीएका छन । देशका नाम चलेका ब्रोडसिट दैनिकहरुको कार्यलयमा पनि यो अवश्था बिध्यमान रहेकोले यस सम्बन्धमा पत्रपत्रिकामा खुलेर सामाचार आउन भने सकिरहेको छैन ।  काठमाण्डौ मात्र हैन धरानमै पनि वी पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यलय समयमा फेसबुक चलाउन मिल्दैन  ।

फेसबुक प्रतिबन्धको यस किसिमको घटनालाई एक कोणबाट हेर्दा जायज पनि देखिन्छ । जस्तो कि कुनै मान्छेलाई तपाईले केही समयको लागी निशुल्क ईन्टरनेट चलाउने सुबिधा दिनु भयो भने उसले के गर्ला ? ब्राउजर खोल्ने बित्तिकै एउटा बिन्डोमा ईमेल खोल्ला अर्को विन्डोमा फेसबुक ! अझ  फेसबुकमा च्याट गर्ने बानी परेको वा सबैको वालमा कमेन्ट गर्ने वा उसको फ्रेण्ड सर्कलबाट अपलोड गरीएको फोटो हेरेर लाईक गर्ने बानी परेको रहेछ भने घण्टौ सम्म फेसबुक नै चलाई रहला । यस्तोमा उक्त ब्यक्ती सार्वजनिक कार्यलयको कर्मचारी रहेछ र तपाई सेवाग्राही पर्नु भएन भने तपाईलाई यो घटना वास्ता नलाग्न सक्छ तर त्यो तपाईको आफ्नो कार्यलयमा कार्म गर्ने कर्मचारी पर्यो वा तत्कालै तपाईले उसबाट सेवा लिनु पर्ने छ भने त्यो तपाईलाई सह्य नहुन सक्छ । सरकारी वा निजी कार्यलयमा देखीएको फेसबुक प्रतिबन्ध र फुकुवाको खेल यस्तै घटना बाट प्रेरित छ । यसलाई तपाई प्रविधीको दुरुपयोग सँग जोडेर हेर्न सक्नु हुन्छ ।

तर यसो भन्दैमा कर्मचारीलाई फेसबुक चलाउन दिनै हुन्न भन्ने पनि हैन । कुनै कार्यलयमा एक द्वार सुचाना प्रणाली छैन र कर्मचारीहरु फेसबुक कै माध्यम बाट भए पनि आफ्नी साथी सर्कलमा सार्वजनिक सुचना प्रवाह गर्ने गर्छन भने कार्यलयको पारदर्शितामा यसले सहयोग पुग्दछन । त्यस्तै तपाईको कार्यलय ब्यक्तीगत सम्पर्क ले काम लिनु पर्ने छ वा आफ्ना व्यवशायको बिक्रीप्रबर्दन गर्नु पर्ने खालको छन भने फेसबुक बाट नै तपाईको ब्यबशायको गुणात्मक प्रचार गर्न सक्नु हुन्छ अझ भनै तपाईले ईलेक्ट्रोनिक मिडीयामा जति नै खर्च गरेर पनि प्रचार गर्न नसक्ने उपभोक्ता /  सेवाग्राही माझ आफ्ना उत्पादन / सेवा पुर्याउन सक्नु हुन्छ । जमाना ईमेल - ईन्टरनेटकै भए पनि संस्थागत वेबसाईट भन्दा सामाजिक सञ्जाल वेबसाईटहरु प्रभावकारी देखिन थालेका छन ।

ईन्टरनेटको पर्यायवाचीझै हुन लागेको फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटको प्रयोग कार्यलयमा गरीदा फाईदा मात्र हैन बेफाईदा पनि उत्तिकै र उस्तै छन । मानी लिनुस सय जना कार्मचारी भएको एउटा कार्यलयमा एउटा कर्मचारीले दैनिक आधा घण्टा मात्रै भए पनि फेसबुक चलाउछ भने एक दिनमा सबै कर्मचारीहरुले पचास घण्टा चलाउछन  र एउटा कर्मचारीको दैनिक  कार्यअवधी सत घण्टा मान्ने हो भने एक दिनमा १०० जना कर्मचारीमा फेसबुककै कारणले सात जना कर्मचारीले गर्ने बराबरको कार्यक्षमतामा कमी आई रहेको हुन्छ । सार्वजनिक कार्यलयका कर्मचारीहरु हामीले तिरेको करबाट तलब खाई रहेका हुन्छन भन्ने तिर लाग्ने हो भने सार्वजनिक कार्यलयमा फेसबुक चलाउनु भनेको सोझै हामीले तिरेको करको दुरुपयोग गर्नु हो । 

एकै किसिमको काम दिनभरि गर्नु पर्दा कर्मचारिहरुमा मुड फ्रेस हुने वा साथीभाई सँग रमाईलो गर्न चाहाना हुनु त्यती नाजायज पनि हैन । केही समय फेसबुक नै चलाए पनि त्यस पछी आफ्नो काम राम्रो सँग मन लगाएर गर्छन नि भन्ने हो ठिकै पनि छ  तर त्यही बाहानमा सेवाग्राही लाई मार पर्न थाल्यो भने चाही यसले बिभिन्न तर्कहरु जन्माउछ । उदारणको लागी दुई वर्ष अगाडी सिंहदरबारमा अचानक बन्द भएको फेसबुक खोल्ने क्रममा पुरै कार्यलय सम सम्म बन्द नगरेर तिन बजे सम्म खोल्दीने हो कि भन्ने कुरा चलेछ । यस विषयमा पत्रकार हरिहर शर्माले सरोकारवालाहरु सँग फेसबुकमै जिज्ञासा राख्दा यस्ता प्रतिक्रिया पाईएको थियो ।

किन र ? ३ बजेपछि अफिस नै बिदा गर्ने हो कि!
- किन ३ बजेपछि मात्र खोल्ने नि ? पूरै खोल्नुपर्छ, साइड-बाई-साइड अरु काम गर्न सकिहालिन्छ नि!
- फेसबुक अनावश्यक लाग्छ भने पूरै बन्द गरे हुन्छ। नत्र किन बन्द गर्नु? यस्तै हो भने, मोबाइल फोन पनि तीन बजेपछि मात्र प्रयोग गर्न दिँदा कसो होला?
- कम्प्युटरमा बन्द गरे मोबाइलमा चलाउँछन्, झन् डिस्टर्व हुन्छ। अनि मोबाइल पनि बन्द गर्ने!

यिनै अस्वीकृतिबीच प्रस्तावको समर्थनमा केही फरक मत पनि आए,

- एकदम राम्रो हुने थियो।
- गज्जब हुने थियो। ३ बजेसम्म इन्टरनेट मजाले चल्ने थियो। अफिस पुग्नासाथ फेसबुक लाइन गरेर बस्ने बानी पनि हराउँथ्यो!

अर्को एउटा कमेन्ट यस्तो आयो, जो सोचनीय थियो-
- सिंहदरबारभित्र के काम हुन्छ र फेसबुक बन्द गर्न ?

यसै सम्बन्धमा तयार गरीएको मेरो पहिलो ब्लग
नेपालका कार्यलयहरुमा फेसबुक
यो लेख मिती स्थानिय ब्लाष्ट दैनिकको लागी तयार गरिएको थियो । जुन मिती २०६९ भाद्र २४ गतेको अङ्कमा प्रकाशित भएको थियो ।