Sunday, October 21, 2012

न्युजविक डट कम

विश्वब्यापी समसामयिक घटना र राजनितीक विश्लेषणलाई हप्तै पिच्छे पाठकहरु माझ पस्कीरहेको न्युजविक यस वर्षको डिसेम्बर ३१ तारिख देखी प्रकाशित हुन बन्द हुने खबरले यस सप्ताह धेरैलाई झस्काई दियो । अमेरिकाको न्युयोर्क मुख्यालय रहेको यस म्यागजिन अमेरिकामा मात्रै बिभिन्न राज्यहरुमा गरी बाईस स्थानबाट एकै समय प्रकाशन हुने गर्दछ । यसको बिक्रीबितरण प्रसिद्द टाईम म्यागजिनको भन्दा तुलनात्मक रुपमा अलि कम देखीए पनि विषयबस्तुको उठान , यसमा प्रकाशित सामग्रीहरुको प्रभाव र विश्वनियताको आधारमा यसलाई टाईम म्यागजिनको कडा प्रतिश्पर्धी मानिन्छ । न्युजविक , टाईम म्यागजिन आदीमा कुनै बिकासोन्मुख राष्ट्रको समाचार छापीनुलाई मात्र पनि महत्वका साथ हेरिन्छ ।  नेपालकै कुरा गर्ने हो न्युजविकको अनलाईन संस्करण अनुसार अन्तीम पटक  त्यसमा छापीएको नेपाल सम्बन्धी समाचार भनेको गत मे र सेप्टेम्बर महिनामा भएका हवाई दुर्घटना सम्बन्धी समाचारहरु हुन ।


वास्तबमा यस वर्षको अन्तबाट न्युजविकको मुद्रीत संस्करण बन्द हुने भए पनि न्युजविकको समाचार प्रवाह चाही रोकिने छैन । कुनै बेला वासिङ्गटन पोष्टले संचालन यस पत्रिका अहिके  न्युजविक बिष्ट मेडियाका नामक संस्थाले चलाएको छ ।   बिष्ट मेडियाका अनुसार अब न्युजविक  अनलाईन संस्करणमा मात्र उपलब्ध हुनेछ ।  प्रिन्ट मिडीयामा आफ्नो उपस्थीतीको उनान्नासी औ वर्षको गौरवमय पुरा गरि सकेको न्युजविक अब अनलाईन सस्करणमा मात्र उपलब्ध हुने कुरालाई धेरैले गम्भीरताका साथ हेरेका छन । एकथरीका आलोचकहरुले "नागरिक पत्रकारीता" को प्रभाव बृदी संगै न्युजविक जस्ता पत्रिकाहरुको प्रकाशन बन्द हुनुलाई स्वाभाविक मानेका छन भने केहीले बिगत केही बर्ष देखी ब्यबश्थापकिय कमजोरिका कारणले गिर्दै गईरहेको साख जोगाई राख्नलाई मात्र न्युजविकले अनलाईन संस्करण सञ्चालन गरेको ठानेका छन ।

तर केही मिडिया विश्लेशकहरुका अनुसार आलोचकहरुले जस्तो सुकै कारण र तर्क दिए पनि नयाँ साझेदार र चुस्त ब्यबश्थापनका साथ प्रिन्ट मिडियामा नै आफ्नो वस्चर्सव बृदी गर्ने संभावनाहरुका बाबजुद न्युजविकले प्रिन्ट एडिसन बन्द गरेर अनलाईन एडिसन मात्र सञ्चालन गर्नु भनेको समाचार प्रवाह मा नयाँ सम्भावनाको ढोका खोल्नु हो । यसले धेरैलाई दिशा निर्देश गर्न सक्दछ । यस कदमको स्वयं न्युजविककै समाचार प्रबाहको गती र पँहुच बृदि गर्नेछ  । न्युजविकको यस किसिमको कदमले अब प्रिन्ट मिडीया हाउसहरुले बैकल्पीक मानिदै आएको अनलाईन न्युज पोर्टल सञ्चालनको कामलाई अनिवार्यताको लगाम भिराउने देखीन्छ । 

नेपालकै कुरा गर्ने हो भने केही वर्ष अगाडी सम्ममा पनि नेपालकै अग्रणी ठानिएका प्रकाशन गृहहरुको अनलाईन पोर्टल फगत उपस्थीती देखाउने गरीको मात्र देखिन्थे । अझ केही प्रकाशनगृहरुले आफ्नो वेबसाईटलाई आफ्नो पत्रिका ईन्टरनेटमा पनि छ है भन्ने देखाउने गरीका अनियमित अपडेट र झारा टार्ने गरी राखेका देखिन्छन भने केही प्रकाशन गृहहरुले बढो प्रथमिकताका साथ क्षण क्षणमा खबर अपडेट गर्ने गरीको अनलाईन न्युजरुम पनि स्थापना गरी सञ्चालन गरेका छन । नागरिक न्युज डट कम  आदी यसका उदारण हुन । देशकै सबभन्दा पुरानो समाचारपत्र को रुपमा रहेको गोरखापत्र जस्ता एक दिनमा एक पटक र भ्याउदा मात्र अपडेट हुने पत्रिकाहरुका अनलाईन पोर्टहरु पनि मनग्ये देखिन्छन । यसलाई सम्बन्धीत ब्यबश्थापनको अनलाईन पोर्टल सम्बन्दी उदासिनताको रुपमा लिन सकिन्छ । हिमाल मिडीयाको हिमालखबर डट कम कुनै प्रकाशन गृहको वेबसाईट भईकन पनि त्यसको मुद्रित संस्करण प्रकाशन हुदैन तर समाचार ब्रेकिङ्ग गर्दछ
यो लेख मिती २०६९ असोज ५ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस