Monday, November 12, 2012

वाईम्याक्स

बिचमा कुनै बाधा ब्यबधान नआए यसै महिना आज देखी नेपाल टेलिकमले द्रुत गतीको वायरलेस ईन्टरनेट सेवा वाईम्याक्स  (वर्ल्डवाईड ईन्टरपोर्टेबिलिटि फर माईक्रोवेभ एक्सेस) संचालन गर्नेछ गरेको छ । नेपाल टेलिकम र अमेरिकन कम्पनी एयरस्पान नेटवर्क वीच गत फागुनमा भएको सम्झौता वमोजिम यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । परिक्षणको लागी प्रथम चरणमा यो सेवा काठमाण्डौ उपत्यकताको व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, कुटनैतिक नियोग, पर्यटन व्यावसायी, सरकारी, अर्धसरकारी र गैरसरकारी निकायलगायत संघसंस्थाहरुलाई वितरण गर्ने कार्यक्रम रहेको छ । टेलीकमले सेवा शुरुवात सँगै दुई लाख प्रयोगकर्तालाई यो सेवा बितरण गर्ने लक्ष्य राखेको हुनाले ढिलो चाढो धरान बिराटनगर जस्ता पुर्वाञ्चलका मुख्य शहरमा पनि यो सेवा उपयोग गर्न पाईने छ तर तत्काल लाई कुर्नु को विकल्प छैन । लामो विवाद र गृहकार्य बिच ग्राहक सामु आउन लागेको यो सेवा नेपालका सबै जसो आईएसपी हरुले दिने ईन्टरनेट सेवा भन्दा सस्तो र प्रभावकारी मानिन्छ । यसबाट कम्तिमा २५६ किलोविट प्रतिसेकेण्ड को दरले डाटा ट्रान्सफर गर्न सकिने बताईएको छ ।
नेपाल टेलिकम श्रोत अनुसार यो प्रविधिलाई ग्राहकसमक्ष ल्याउनका लागि कम्पनीले नेपाललाई पुर्व र पश्चीम गरी दुई क्षेत्रमा वाँडेर काम गरिरहेका छ । पूर्वी क्षेत्र अन्तर्गत काठमाण्डौ उपत्यकालगायत पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्र समावेस गरिएका छ भने, पश्चिम क्षेत्र अन्तर्गत पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र रहेका छन् । प्रथम चरणमा पूर्वी क्षेत्र अन्तर्गतको काठमाण्डौ उपत्यका भित्र (पूर्वमा साँगा देखि पश्चिममा वलम्वु सम्म तथा उत्तरमा वुढानिलकण्ठ देखि दक्षिणमा दक्षिणकाली क्षेत्र वरिपरि सम्म) सेवा सञ्चालन गर्ने कार्यक्रम रहेका छ । त्यसैगरी दोस्रो चरणमा पश्चिम क्षेत्र अन्तर्गतको पोखरा र भैरहवामा सेवा सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि देशका अन्य क्षेत्रमा सेवा वितरण गरी सेवा प्रारम्भ गरेको एक वर्ष भित्र मुलुकभर सेवा पुर्याउने लक्ष्य रहेको छ । यस कार्यक्रम अनुसार देशभर दुई लाख लाइन वितरण गर्ने कार्यक्रम रहेको छ ।

वायरलेस प्रविधिमा आधारित यो प्रविधिलाई इन्टरनेटको चौथो पुस्ता (फोर्थ जेनेरेशन) को प्रविधिको रुपमा लिइन्छ । यो सेवाबाट ग्रामीण तथा शहरी क्षेत्रका उपभोक्तालगायत पदयात्रामा जाने पर्यटकहरुसमेत लाभान्वित हुनेछन् । जस अनुसार   अब तपाईले टेलिकमले सेवा खरिद गर्दा दिने युएसबी मोडेमको साहायताले एउटै ईन्टरनेट एकाउण्टको प्रयोग गरेर घरमा र कार्यलयमा ईन्टरनेट चलाउन सक्नु हुन्छ । नेपालमा लोडसेडिङ्गको बढ्दो प्रकोप र सर्वसुलभताको कारणले ल्यापटप प्रयोगकर्ता बढीरहेको सन्दर्भमा वाईम्याक्स मोडेर बोकेको हिडेको खण्डका त्यसको कभरेज एरिया भित्र जहाँ सुकै पनि ईन्टरनेट चलाउन सकिन्छ । तुलनात्मक रुपमा यो प्रविधि मार्फत उच्च गतिको इन्टरनेट सेवा प्रदान हुने आशा गरिएकोले वैकिङ्ग तथा वित्तीय क्षेत्र, विश्वविद्यालय, कुटनैतिक नियोग तथा प्राविधिक क्षेत्रमा काम गर्ने संस्थाहरुले बढी फाइदा लिन सक्ने देखिन्छ । टेलिकमको दिर्घकालिन योजना अनुसार विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङ्ग मल, वसपार्क, तथा पर्यटकहरुको आवतजावत वढी हुने क्षेत्रहरुको पहिचान गरी करिब १५ सय स्थानमा वाईफाई हटस्पट जडान गर्ने कार्यक्रम रहेको छ । 

कभरेज एरिया भित्र पर्ने रेडियो सिग्नल को आधारमा यसलाई द्रुत गतिको ईन्टरनेट सेवा मानिएको भए पनि उपभोक्ताले ईन्टरनेटको लगी हाल गर्दै आएको खर्च बढाई हाल्नु पर्ने छैन । टेलिकमले जारी गरेको सेवाशुल्क दर रेट अनुसार २५६   केपीपिएस स्पीडको ईन्टरनेटमा ५ जिबी ब्याण्डविथ खपत गरे वापत भ्याट बाहेक रु छ सय पचास भुक्तान गर्नु पर्छ भने वाईफाई हटस्पट सेवा प्रयोग गरे वापत ५ सय मेगाबाईट को लागी एक महिनाकोलागी एकसय भुक्तान गर्नु पर्छ । सरसर्ती हेर्दा एडीएसएल होस वा वाईम्याक्स नेपाल टलिकमको ईन्टरनेट प्रयोग गरे वापत झण्डै उस्तै मुल्य चुकाउनु पर्छ तर वाईम्याक्स को बिशेशता भनेको पोर्टेबिलिटी हो । अहिले कार्यलयको लागी एउटा एडीएसएल खाता र घरको लागी अर्को एडिएसएस खाता प्रयोग गरीरहेका ग्राहकहरुले वाईम्याक्सको आगमन सँग एउटै डिभाईसको प्रयोगले घरमा र कार्यलयमा  ईन्टरनेट प्रयोग गर्न सक्छन ।
यो लेख मिती २०६९ कार्तिक २७ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।