Sunday, December 30, 2012

सम्भावना देखीएका वेबसाईटहरु

सन २०१३ को पुर्वसन्ध्यामा २०१२ मा सब भन्दा बढी हेरिएका वेबसाईटहरुको सुची बनाउने हो भने २०११ को भन्दा खासै फरक सुची बन्दैन । त्यसमा पर्ने भनेका गुगल, फेसबुक, याहु , युट्युब आदी नै हुन । भलै क्रमसंख्या तलमाथी परोस तर आउदा केही बर्ष सम्मको सुचीमा नाम तिनै रहनेछन । त्यसैले वर्षभरी सर्वाधिक रुचाईएको वेबसाईटहरुको सुची खासै चाखलाग्दो हुदैन । त्यसैले आउनुहोस , सन २०१२ मा प्रयोगकर्ता बिच राम्रो छाप छोड्न सफल केही वेबसाईटहरु बारे चर्चा गरौ । जुन आउदाँ केही वर्षमा विश्वभरीमा सर्वाधिक रुचाईएको वेबसाईटहरुको सुचीमा पर्ने अनुमान गरीएको छ । 

लाष्टपास डट कम : ईन्टरनेट सुरक्षा सम्बन्धी काम गरीरहेका विषेशज्ञहरु जो कोहीलाई पनि प्रत्येक वेबसाईटको लागी फरक  फरक पासवर्ड प्रयोग गर्नु पर्छ भन्ने गर्छन । यस्तोमा तिनीहरुको कुरा अक्षरष मान्ने हो आजभोली प्रत्येक वेबसाईट डायनामिक हुने गरेकोले वेबसाईट नै पिच्छेको युजरनेम र पासवर्ड सम्झनु पर्ने हुन्छ जुन ब्यबहारीक छैन । यस्तोमा तपाई लाष्टपास डट कम को प्रयोग गर्न सक्नु हुन्छ । यस एप्लीकेशनलाई डेक्सटप, ल्यापटप,  मोबाईल आदीमा ईन्टल गर्न सक्नु हुन्छ । यस्तोमा यदी तपाईले एउटै अकाण्टको प्रयोग गर्नु भएको छ भने एउटा डिभाईसमा पासवर्ड परिवर्तन गर्दा ईन्टरनेटको साहायताले बाँकी सबैमा आफसेआफ परिवर्तन हुन्छ । यस एप्लीकेशनलाई तपाई पेनड्राईभमा समेत बोकेर हिड्ने सक्नु हुने हुनाले यसको उपयोगीता अझै बढेको मानिन्छ ।

आईएमओ डट आईएम : गत जुन महिनमा गुगलले वेब बेष्ड मेसेन्जर मिबो डट कम खरिद गरेर तत्कालको लागी बन्द गर्ने निर्णय गरे आईएमओ डट आईएम मा भाग्य खुलेको मानिन्छ । मिबोमा जस्तै अझै पनि यसमा फेसबुक , जिटक, हटमेल , याहु , स्काईप, जस्ता मेनसेन्जर जस्ता सर्भिसलाई एकै वेबसाईटमा लगईन गरेर प्रयोग गर्न सकिन्छ । यस वेबसाईटको मोबाईल बेस्ड एप्लीकेशन एन्ड्रोईड तथा एप्पलको एप स्टोरमा पनि पाईन्छ । यस बाट भिओआईपी कल पनि गर्न सकिन्छ ।

ईफ दिस देन द्याट  :  एन्ड्रोईड वा आईओएस अपरेटिङ्ग सिस्टम भएको कुनै पनि स्मार्टफोन बोक्नु भएको भए पक्कै पनि तपाईको मोबाईलमा ईन्स्टाग्राम ईन्सटल गरीएको होला । त्यस्तै एउटै काम बिभिन्न वर्कस्टेशन (कम्प्युटर) बाट गर्ने गर्नु भएको छ भने फाईल अटोमेटिक सिन्क्रोनाईज गर्न  सजिलो होस भनेर ड्रपबक्स  ईन्सटल गर्नु भएको होला । ईफ देन द्याट डक कमको फाईदा धेरै छ तर मैले याहँ उल्लेख गरेको अवश्था यस वेबसाईटको उपयोगिता बिचार गर्दा ईन्स्टाग्राम मा अटोमेटिक जाओस भन्ने चाहने हो भनेन ईफ दिस देन द्याट डक कमको प्रयोग उपयुक्त हुन्छ ।

कोर्षएरा डट कम : विश्व प्रसिद्द कोर्षहरु पढ्नको लागी नाम चलेको पश्चीमा विश्वबिध्याल भर्ना भई  पढ्नु पर्ने दिनहरु अब गए । ईन्टरनेटमा तपाईले पढ्ने मन मात्र गर्नु पर्छ । सयौ बिकल्प छन । कोर्षएरा डट कम यस्तै एउटा उदारण हो । यस वेबसाईट मार्फत तपाईले प्रिन्सटन, ड्युक जस्तै विश्वप्रसिद्द १२ भन्दा बढी बिश्वबिध्यालयको कोर्ष अनलाईन पढ्न पाईन्छ । यस साईटमा तपाफले संगित देखी गणीत सम्मका कोर्षहरु पढ्न सक्नु हुन्छ । सबभन्दा रमाईलो कुरा चाही यस साईटबाट कुनै कोर्ष गर्नको लागी कुनै शुल्क तिर्नु पर्दैन ।

लर्निङ्गष्ट : यो वेबसाईट आफैमा त्यस्तो ठुलो कुरा केही हैन वा यस्तै यस्तै वेबसाईट ईन्टरनेटमा अरु पनि भेट्न सकिन्छन ।  एप्पोलको आईओएस एप सहितको यस वेबसाईटको साहायताले तपाफले आफुलाई मन परेको बिषयको भिडीयो, अडीयो , ई-बुक एकै पटक पढ्न हेर्न सकिन्छ । यस वेबसाईटमा अहिले सिमीत संख्यामा लेखकहरुको समुह पनि निर्माण गरीएको छ जसले आफ्नो बिषयगत क्षमताको आधारमा वेबसाईटको सामग्री तयार गर्ने गर्दछन ।


भोक्याबलरी डट कम  : यस वेबसाईटको साहायताले अंग्रेजी भाषाको शब्द भण्डार बृदी गर्न सकिन्छ । कुनै पनि अग्रेजी शब्दको अर्थ थाहा पाउनको अतिरिक्त त्यसको सही उच्चारण कसरी गर्ने भन्ने बारेमा यस वेबसाईटमा दिईएको छ । त्यस्तै प्रयोगकर्ताको शब्दज्ञान परिक्षण गर्न लागी बहुउत्तरीय प्रश्नहरुको सँगह पनि राखीएको छ । 

लेट मि गुगल द्याट फर यु डट कम  : यस वेबसाईटको नामले नै धेरै कुरा भनेको छ । यस वेबसाईटको मद्दतले कुनै प्रयोजनको लागी वा कसैको लागी गुगलमा सर्च गरीएको पेज शेयर गर्न सकिन्छ । जस्तो कि मानि लिनुस तपाईलाई कसैले बारम्बार कुनै बिषयको बारेमा सोधेको सोधेई गर्छ र तपाई के बिश्वास गर्नु हुन्छ भने उसले सोधेको कुरा गुगलमा सजिलै भैटिन्छ र तपाईले पनि त्यही गुगलमै सोधेर भन्दीने हो । यस्तोमा तपाई उसको लागी गुगल  गर्दिनुस अनि त्सको सर्ट युआरएल हुन लेट मि गुगल द्याट फर यु डट कम ले निर्माण गर्ने गर्दछ त्यही लिङ्क पठाउन सक्नु हुन्छ । एक पटक दुई पटक हुन सक्छ त्यस पनि उसको लागी तपाईले गुगल गर्दिन पर्दैन । उसले आफै गर्न थाल्नेछन ।
काउवर्ड डट कम  :  शब्द तथा तस्वीरदको माध्यम बाट जिवनलाई रचनात्मक रुपले प्रस्तुत गर्नको लागी यो वेबसाईट उपयुक्त छ । तपाई हाम्रो दैनिक जिवनको झल्को दिने तस्वीर सहितको निबन्ध आकारका लेखहरुले यो साईटलाई पठनिय त बनाएको छ नै प्रयोगकर्तालाई आफ्नै जिबनका सम्झनाहरु लिपिबद्द गर्न पनि अभिप्रेरित पनि गर्ने  गर्दछ । यसको प्रयोग अझै सम्म पनि सर्वसाधरणको लागी खुल्ला गरीएको छैन तर तपाई त्यसको प्रयोग गर्नको लागी अनुरोध पठाउन सक्नु हुन्छ ।
यो लेख २०६९ साल पौष १५ गते आईतबारको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।