Saturday, April 27, 2013

गुगलका केही उपयोगी उत्पादनहरु

नेपाल टेलिकम लगायत नेपालको आईपी ठेगाना बाट चल्ने ईन्टरनेटबाट गुगलमा सर्च गर्दा (जसमा गुगलको डिफल्ट वेब एड्रेस गुगल डट कम डट एनपी हुने गर्दछ ) र गुगल डट कम मा सोझै सर्च गर्दा आउने नतिजाहरुलाई कहिले नियालेर हेर्नुभएको छ ? हेर्ने गर्नु भएको छैन भेन तपाईलाई भन्दीउँ - यस्तोमा समान नतिजा नआउन सक्छ । गुगलले सर्च गरीरहेको प्रयोगकर्ताको आईपी ठेगानालाई आधार मानेर सो क्षेत्रबाट प्रयोगकर्ताहरुले के कुरा खोजीरहेका छन वा सो क्षेत्र सँग सम्बन्धी कुन नतिजा उपयुक्ता हुन्छ भनि आफै बिश्लेशण गरेर नतिजा प्रकाशित गर्ने गर्दछ ।  यस्तोमा तपाइ यदी गुगलको कुनै एक साईटमा लगईन भएर सर्च गरी रहनु भएको छ भने तपाईले झन उत्कृष्ठ नतिजा प्राप्त गर्न सक्नु हुन्छ किनभने तपाईको बिगतको सर्चलाई आधार मानेर गुगलले तपाईको रोजाई पत्ता लगाई सकेको हुन्छ । 

सर्च ईन्जीन , इमेल, स्मार्टफोनको बजारमा कब्जा जमाईरहेको मोबाईल अपरेटिङ्ग सिस्टम एन्ड्रोईड आदी त्यस्ता केही गुगल उत्पादन हुन जसले प्रयोगकर्तोक मन बाँधेर राखेको छ । यसका अतिरिक्त गुगलका त्यस्ता केही विषेश उत्पादनहरु छन जसले प्रयोकर्तालाई उसको सोचाई भन्दा बाहीरको सुबिधा दिईरहेको छ । प्रयोगकर्ताले सोच्नु भन्दा पहिले गुगलके सोच्ने र प्रयोगकर्तालाई सोच्ने मौकै नदिई गुगलले आफ्ना उत्पादनमा बानी पार्नुको कारण यसमा कार्यरत उत्साही र रचनात्मक क्षमता भएका कर्मचारीहरु पनि हुन जसले निश्चीत एउटा तह पार गरे पछी आफूले गुगलमा काम गर्ने अवधीको बिस प्रतिशत समय आफ्नो रोजाईको रचनात्मक कार्य गर्न पाउछन जसको सञ्चालन र सम्बर्धन गुगलकै आफ्नो स्रोत साधनबाट हुने गर्दछन । गुगल मोडरेटर यसको एउटा नमुना हो ।  आउनुहोस ,  भारतियस समाचार पत्र टाईम्स अफ ईण्डीयाले समेत रचनात्मक र उम्दा उत्पादनको दर्जा दिएको केही गुगल उत्पादन बारे चर्चा गरौ ।


गुगल थिङ्क ईनसाईट : यो गुगलको बिश्वबजारमा उपल्बध ग्राहकहरुको रुची , छनौट आदी बिश्लेशन गर्ने महत्वपुर्ण टुल हो । यसबाट विश्व बजारमा चर्चामा रहेका उत्पादनको भविश्य र बजार बारे बिश्लेशन गर्न सकिन्छ । जस्तो कि हाल बजारमा उपलब्ध प्रयोकर्ताहरु कस्तो मोबाईलको माग बढारहेका छन ? कुन खालको एप्सको डाउनलोड बढ्दो छ ? छनौट गर्दा प्रयोगकर्ताले कुन कुरालाई आधार मानेर छनौट गर्दछन ? आदी । हाल यसमा बिज्ञापन , अटोमोबाईल, शिक्षा, फेसन , आर्थिक सेवा आदीको बारेमा सम्बन्धी बिज्ञहरुले ब्यक्त गरेका बिचारहरु पढन पाईन्छ । 


गुगल आर्ट प्रोजेक्ट : विश्वभरीका कलाकारहरुको कला संग्रह गर्ने अभिप्रायले गुगलले शुरुवात गरेको एक महत्वपुर्ण परियोजना हो । यसमा विश्वभरीका डेढ सय भन्दा बढी म्युजिमहरुमा प्रयोकर्ताहरुले आफु स्वयं त्यहाँ छु भने झै गरी भर्चुवल अनलाईन टुर गर्न सक्दछन । यस परियोजनामा नेपालका कुने म्युजियमलाई समावेश नगरीए पनि नेपाल सम्बन्धीत केही सामग्री प्राप्त गर्न सकिन्छ । यो गुगलको अमेरिका स्थीत म्युजियम अफ मोर्डन आर्ट जस्ता केही प्रसिद्द संस्थाको सर्हकार्यमा सञ्चालित परियोजना हो । 


गुगल मार्स : एरिजोना ईन्सीच्युटमा कार्यरत नासा का अनुसन्धानकर्ता र गुगलका टिम मिलेर  यस परियोजनालाई सन २००९ देखी यसलाई सञ्चालनमा ल्याएका हुन । यस परियोजना बाट मंलग ग्रहबारे अध्यन अनुसन्धान गरीने लक्ष्य राखीएको छ ।  गुगल अर्थ पनि यस परियोजनाको एउटा भाग हो , यसमा अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले आफ्नो स्रोत साधनले संग्रह गरेका तस्वीरहरु प्रयोग गरीन्छ । सयमा अन्तरिक्षबाट लिएको पृथ्वीको तस्वीहरुको अतिरिक्त कुनै स्थानमा बिसेशको थ्रिडी म्यापहरु, तथा ३६० डिग्रीमा खिचीएका पानोरोमा म्यापहरु पाउन सकिन्छ । 


गुगल मोडरेटर : कुने प्रश्नोत्तर कार्यक्रम वा मिटिङ्गमा के कुरा सोध्ने भन्नेमा दुबिधामा पर्ने गर्नु भएको छ ? गुगल मोडरेटर तपाईको लागी सहयोगी हुन सक्छ यसमा आफ्नो रुची वा आवश्यकता कुनै पनि विषयमा खुल्ला बहस सञ्चालन गर्न सकिन्छ जसमा प्रयोगकर्ताले आफ्नो प्रश्न सोध्ने , भनाई राख्ने , आप्ना अनुभव सेयर गर्ने , सुझाव दिने आदी कार्य गर्न सक्दछन । स्मरण रहोस यसमा गएर नेपालको आन्तरिक राजनिती वा घटनाक्रमाको बारेमा बहस सञ्चालन गर्न चाहनु भयो भने सहभागी शुन्यको बराबरमा हात लाग्न सक्छन तर विश्व राजनिती वा हाल चर्चामा रहेको उत्तर र दक्षीण कोरियाको तनावको बारेमा बहस सञ्चालन गर्न चाहनु भयो भने सहभागीहरुको घुईचो लाग्न सक्दछ । 


गुगल स्कोलर : यसमा प्रयोगकर्ताले आफ्नो रुचीका विषयमा उपलब्ध आर्टिकल, थेसिस, एब्सट्र्याक्ट , विश्वका बिभीन्न देशहरुका अदालतले गरेका महत्वपुर्ण निर्णय , प्रज्ञिक अनुसन्थान आदिको बारेमा सामग्रीहरु खोज्न सक्दछ ।  यस साईटमा गुगलले प्राज्ञिक अनुसन्धानकर्ताहरुलाई आफ्ना अध्ययन अनुसन्धानलाई आधारमा मानेर कसैले कुनै शोध गरीरहेको भए सो सम्बन्धमा जानकारी दिने गर्दछ । अहिले सम्म ईन्टरनेटमा प्राप्त यस किसीमका उत्पादनहरुको चर्चा गर्दा गुगलको यो उत्पादन उत्कृष्ठ उत्पादन हो जसको बलियो प्रतिष्पर्धी कसैलाई मान्न गार्हो छ ।