Wednesday, April 10, 2013

भिओआइपी कल

हाल प्रचलनमा रहेको ईन्टरनेटको माध्यम बाट सस्तोमा गरीने अन्तराष्ट्रीय कल देखी , स्काईप (Skype) , भाईबर (Viber) आदी मार्फत गरीने राष्ट्रीय तथा अन्ताराष्ट्रीय फोनलाई प्राविधिक रुपमा भिओआईपी (VoIP) फोन भनिन्छ । यस पद्दतिमा आई पी प्रोटोकल (IP Protocal) प्रयोग गरी ईन्टरनेटको माध्यमबाट आवाजलाई डाटा प्याकेटको रुपमा प्रवाह गर्ने गरीन्छ । साधरणतय यसको गुणस्तर मोबाईल वा पिएसटिएन (PSTN) ल्याण्डलाईन फोन जतीको राम्रो नहुन सक्छ तर यो कुरा ईन्टरनेट कनेक्सन तथा कुन प्रकारको भिओवाईपी (इन्टरनेट टेलिफोनी) पद्दती प्रयोग गरीएको छ त्यस कुरामा भर पर्ने गर्दछ । एनसेल, युटिएन, एनटिसी को नेटवर्क आदीबाट  एक्सेस कोड डायल गरी गरिने सस्तोमा गरीने अन्तराष्ट्रीय कल पनि ईन्टरनेट टेलीफोनी (Internet Telephoney) को उदारण हो । यो धेरै प्रकारको हुन सक्दछ। नेपालमा आगमन कल बाईपास गरी गरीने ईन्टनेट टेलीफोनी लाई अबैध घोषणा गरीएको छ। 

म्यानेज्ड गेटवेको प्रयोग गरी आईपी भ्यवाईस डाटालाई पिएसटिएन डाटा र पिएसटिएन डाटा लाई आईपी डाटामा परिवर्तन गरी एक ठाँउ बाट अर्को ठाँउमा कुरा गर्न सकिने पद्दतीलाई भिओआपी एम (VoIP - M) भनिन्छ  । ईन्टनेट टेलीफोनी (Internet Telephoney) भनेको चाही ईन्टरनेट प्रोटोकलको प्रयोग गरी त्यसै मार्फत भ्वाई डाटा (Voice Data) आदान प्रदान गरी गरीने पद्दती हो । ईन्टरनेट टेलीफोनीमा साधारतय डाटालाई पिएसटीएन वा मोबाईल नेटवर्कमा डाटा ड्रप गर्न दिईदैन । पिएसटिएन फोन वा भिओआईपी एम पद्दतीको तुलनामा ईन्टरनेट टेलिफोनी पद्दतीबाट कुरा गर्दा आवज उ बिघ्न राम्रो सुनिदैन तर पनि मुल्यको कारणले प्रयोगकर्ताहरुले यसलाई रुचाएका छन ।
भिओआईपी वा इन्टरनेट टेलिफोनीको प्रयोग देहाय बमोजिम बिभिन्न तरिकाले गर्ने गरीन्छ ।

पिसी टु पिसी (PC-TO-PC) : यसलाई आईपी डिभाईस टु आईपी डिभाईसको प्रयोग गरी गरिने फोनको रुपमा पनि बुझ्न सकिन्छ । कुनै दुई प्रयोगकर्ता एकै समयमा आ आफ्नो कम्प्युटरमा ईन्टरनेटको साहायताले सम्पर्क स्थापित गरी  कुरा गर्ने पद्दतीलाई आईपी डिभाईस टु आईपी डिभाईस टेन्टरनेट टेलीफोनी भनिन्छ । यस पद्दतीको प्रयोग गरी कुराकानी गर्नको लागी याहु मेसेन्जर, गुगल टक जस्ता थर्डपार्टी सफ्टवेयरको प्रयोग गर्ने गरीन्छ ।

पिसी टु फोन (PC-TO-PHONE) : यस पद्दतीबाट गरीने ईन्टरनेट टेलीफोनीमा ईन्टरनेटको माध्यम बाट पर्सनल कम्प्युटर र सिप फोन वा साधरण फोन बिच सम्पर्क स्थापित गर्न सकिन्छ । यसको लागी स्काईप जस्ता थर्डपार्टिको सफ्टवेयर को जरुरत पर्दछ । यस पद्दतीले फोन गर्दा प्रयोगकर्ताले न्युनतम शुल्क भने ब्यहोर्नु पर्ने हुन्छ । तुलनात्मक रुपमा आवाजको गुणस्तर कम भए पनी अत्यावश्यक रुपमा बिदेश फोन गर्नु पर्दा सस्तो पर्ने भएकोले प्रयोगकर्ताहरुले यसलाई रुचाएको पाईन्छ ।

फोन टु फोन (PHONE-TO-PHONE) : म्यानेज्ड आईपी नेटवर्कको स्थापना गरी भिओआईपी नेटवर्क मार्फत पिएसटिएन वा मोबाईल फोन मार्फत निश्चीत एक्सेस कोड डायल गरी बिदेशमा रहेको कुनै पनि फोनमा सम्पर्क स्थापित गर्ने पद्दतीलाई फोन टु फोन ईन्टरनेट टेलीफोनी भनिन्छ । यस पद्दतीबाट फोन गर्दा प्रयोगकर्ताहरु ईन्टरनेट नेटवर्कमा त हुनु पर्दैन तर सम्बन्धीत टेलीफोन कम्पनीले तोकेको एक्सेस कोड भने डायल गर्नु पर्छ । युटिएन , एनसेल, एनटिसी आदीमा एक्सेस कोड डायल गरी सस्तो दरमा बिदेश फोन गर्ने पद्दती पनि ईन्टरनेट टेलीफोनीकै एक रुप हो । साधरण टेलीफोन सेवा भन्दा यो सेवा सस्तो भए पनि आवाज गुणस्तर केही हद सम्म कम हुन सक्छ ।

आगमन कल बाईपास गरेर गरिने ईन्टरनेट टेलीफोनी (Incoming Call Bypass) : कुनै पनि बाह्य देशहरुबाट भित्रीने टेलीफोन कलहरु अन्तराष्ट्रीय दुरसंचार सेवाको लागी अनुमतीप्राप्त सेवा प्रदायकको गेटवे मार्फत नआई इन्टरनेटको माध्यम बाट भित्रीने कललाई कल बाईपास गरेर सञ्चालन गरिएको सेवालाई ईन्टरनेट टेलीफोनी भनिन्छ । यस प्रकारको कल बाईपास गर्नको लागी सो कार्य गर्ने ब्यक्तीले गेटवे डिभाईस , ईन्टरनेट कनेक्सन , ईन्टरनेट सञ्चालन गर्नको लागि पब्लीक आईपी एड्रेस तथा पिएसटिएन वा मोबाईल फोनको साहयता लिने गर्दछ । कल बाईपास गरी फोन गराउने ब्यक्तीले ईन्टरनेट तथा पब्लीक आईपी एड्रेसको साहयताले बिदेश बाट आफ्नो गेटवे डिभाईस सम्म ईन्टरनेटको माध्यम बाट भ्वाईस डाटा ल्याउने गर्दछ । यसरी आएको कललाई सो कलबाईपास गराउने ब्यक्तीले उसको आफ्नो गेटवे डिभाईस मार्फत जुन ठाउमा कल गरेको हो त्यही देशको स्थानिय टेलिफोन सेवा प्रदायकको सिम वा रिम कार्ड मार्फत सम्बन्धीतको ब्यक्तीको पिएसटिएन वा मोबाईल सम्म पुर्याई दिन्छ । तपाई हामीले बिदेश बास रिसीभ गरीएका कलहरुमा नेपालकै मोबाईल नम्बरहरु देखीनु आगमनकल बाईपास गरेर सञ्चालन गरिएको इन्टरनेट टेलीफोनीको उदारण हो । नेपालमा आगमन कल बाईपास गरिएको ईन्टरनेट फोन प्रतिबन्धीत छ ।
यो लेख मिती २०६९ चैत्र २५ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नु होला ।