Saturday, May 18, 2013

फायरफक्स माहात्म्य

झण्डै चार वर्ष अगाडी जतिखेर वेब ब्राउजिङ्ग एप्लीकेशनको रुपमा माईक्रोसफ्ट निर्मित ईन्टेनेट एक्सप्लोररको दबदबा थियो त्यतीबेला मोजिल्ला फाईयफक्सको तिन दशमलव छ को परिमार्जित संस्करण प्रचलनमा थियो । अहिले फायरफक्सको आधिकारिक वेबसाईटमा एक्काईसौ संस्करण डाउनलोड गर्न सकिन्छ  ।  यति मात्र हैन  यस बिच फायरफक्सले सबभन्दा छोटोसमयमा सबभन्दा धेरै पटक डाउनलोड हुने सफ्टवेयरको किर्तिमान पनि कायम गर्यो  । यसका केही अद्यावधिक बिसेशताहरु बाट प्रभावित भएर  टेक पण्डीतहरुले ईन्टरनेट एक्स्पलोरर  फायरफक्स डाउनलोड गर्नेको लागी (मात्र) नभई नहुने ब्राउजर भने खिल्ली उडाई दिए । अहिले ईन्टरनेट एक्सप्लोरर ले पनि धेरै फड्को मारिसकेको छ तर पनि क्रस प्लेटफर्म कम्प्याबिलीटी (भिन्न भिन्न अपरेटिङ्ग सिस्ट्ममा उही गती र क्षमतामा चल्ने विषेशता) र नयाँ नयाँ वेब टेक्नोलोजी लाई आत्मसात गर्ने अलि पछी परे झै देखीन्छ  । फायरफक्स यि सबै घटनाक्रम पछ्याउदै अगी बढीरहेको छ । यसैले त चार वर्षमै यसको बिकासक्रम एक्काईसौ सस्करणमा पुगेको छ ।

कसरी गरीन्छ सफ्टवेयरको भर्सन नम्बरीङ्ग ।

यस बारे वीकीपेडीयामा हेर्नु भयो भने बिस्तृतमा पाउनु हुन्छ । तर संक्षेपमा भन्दा साधारणतया सफ्टवेयरको भर्सन नम्बर X.Y.Z लेखेर गरीन्छ । यहाँ X भन्नाले सफ्टवेयरमा मेजर चेन्ज भएको भन्ने बुझिन्छ भने X पछी आउने Y ले माईनर चेन्ज भन्ने बुझीन्छ । त्यस्तै Y पछी आउने Z ले चाही सफ्टवेयरमा भएका सानातिना बगफिक्स वा सफ्टवेयरको प्याच भर्सन भन्ने बुझीन्छ । उदारणको लागि Software Version 3.5.2 भनियो भने Software भन्ने प्रोग्राममा बनाए देखी ३ वटा मेजर चेन्ज भै सकेका छन । त्यसमा ३ वटा मेजर चेन्ज गरे पछी पनि त्यसमा सानातिना ५ वटा माईनर चेन्ज गरिएछ भन्ने बुझीन्छ । त्यस्तै Software Version 3.5.2 मा लाष्टको 2 ले चाँही त्यस प्याकेजको स्टेबल रिलीजको लागि (उदारणको रुपमा भन्नु पर्दा) दुई पटक प्याच भर्सन निकाली सकेछ भन्ने बुझीन्छ । सफ्टवेयरको भर्सन नम्बरिङ्ग गर्ने कतिपयको आ-आफ्नो तरिका पनि हुन्छ । उदारणको लागी युबुुन्तु (लिनक्स अपरेटिङ्ग सिस्टम) ले जुन महिनामा नयाँ भर्सन आउने त्यो महिनाको वर्ष र महिनालाई आधार मानेर गर्छ । जस्तो युबुन्तु १३.०४ भन्नाले सन २०१३ को अप्रिल महिनामा रिलीज भएको संस्करण भन्ने बुझीन्छ भने माईक्रोसफ्टले आफ्नो सफ्टवेयरको [major].[minor].[revision].[build] भन्ने आधारमा भर्सन नम्बरीङ्ग गर्छ । अर्थात सफ्टवेयर भर्सन नम्बरीङ्ग यसरी नै गर्नु पर्छ  हार्ड एण्ड फाष्ट रुल छैन । साधारणतय माथी उल्लेख गरे अनुसार गरिन्छ ।


फायरफक्समा यस्ता केही गुणहरु अर्न्तरनिहित छन जसले प्रयोगकर्ताको मन बाँधेर राख्ने गरेको छ । जस्तो कि यसलाई एक गैरनाफा मुखी परियोजना अन्तर्गत बिकास गरिएको छ । तेस्रो संस्करणमा हुदाँ फायरफक्स को ईन्सटलेशन फाईल साईज पाँच मेगा बाईट भन्दा पनि कम थियो अहिल लगभग बिस मेगाबाईट को भै सकेको छ । फाईलसाईजकै बिचार गरेर सोझो हिसाबले सोच्ने हो भने पनि नयाँ संस्करणको बिकास सँगै यसको क्षमता र फिचहरुमा पनि स्तरोन्नती भैरहेको छ ।  बजारमा आफ्नो विकास क्रमलाई स्थीर राख्नको लागी यसले आफ्नो सफ्टवेयरको स्तरोन्नती मात्र गरेको छैन प्रयोगकर्ताको वेब ब्राउज गर्ने शैली र रुचीलाई  पनि उत्तिकैआत्मसात गरेको छ । जस्तो कि अहिले तपाई फायफक्सलाई आफ्नो पर्सनल कम्प्युटरमा मात्र हैन मोबाईल फोनमा पनि ईन्सटल गर्न सक्नु हुन्छ । यसको बिशेशताहरु अध्यावधिक गर्न यसलाई निर्माण गर्ने कम्पनी सँगै खुल्ला तथा स्वतन्त्र सफ्टवेयरका पक्षधरहरु स्वत:स्फुर्त रुपमा आफ्नो योगदान पुर्याउदै आईरहेका छन । जसले गर्दा विश्वभरका कयौ रचनात्मक शोचहरु यसलाई कसरी प्रयोगकर्ताको  वा सुबिधामा प्रयोग गर्ने भनेर लागी परेका हुन्छन ।  उदारणको लागि फायफक्स ईन्सटल गर्नु भए पछी युट्युब भिडीयो डाउनलोडर , वान क्लीक भिडीयो डाउनलोड जस्ता  केही साहायक टुल्स (जसलाई फायरफक्स मा एड-अन्स भनिन्छ । ) हरु ईन्सटल गर्न सकिन्छ जसको साहायताले ईन्टरनेट इक्सप्लोरर जस्ता अन्य वेब ब्राउजरहरुमा  सजिलै गर्न नसकिने कामहरु गर्न सकिन्छ ।  त्यस्तै डाउनदेम अल जस्ता केही डाउनलोड मेनेजर एड- अन्स ईन्सटल गर्नु भयो भने तपाईले ब्राउजर भित्रै सिङ्गो ईन्टरनेट डाउनलोड मेनेजरको सुबिधा प्रयोग गर्न सक्नु हुन्छ । जसमा ठुला ठुला फाईल डाउनलोड रिज्युम , पज स्टप आदी गरेर पुन्: डाउनलोड गर्न सक्नु हुन्छ

फायरफक्समा अतिरिक्त एडअन्स इन्सटल गरेर आफ्नो रुची अनुसारको वेब ब्राउजर बनाउनका अतिरिक्त यसको निमार्ण प्रकृयामा त्यस्ता केही फिचर समावेस गरीएका छन जस्तो प्रयोगकर्ताको मन लोभ्याउछ । जस्तो कि प्राईभेट ब्राउजिङ्ग यसको गतिलो उदारण हो । कसैको कम्प्युटरमा गएर फायरफक्स मार्फत वेब सर्फ गर्नु भो भने मैले हेरेका सबै साईटहरुमा पो अरुले थाहा पाउने हो कि वा मेरो पासवर्ड पो कसैले पत्तो पाउने हो भनेर डर मान्नु पर्दैन । यसको प्रिफरेन्स भन्ने मेनुमा गएर व्राउजिङ्ग हिस्ट्री सेभ नहुने बनाउन सकिन्छ । हेरी सकेका वा सेभ भएका हिष्ट्रीलाई पनि डिलिट गर्न सकिन्छ । फायफक्समा यो भन्दा रमाईलो र उपयोगी फिचरमा रुपमा यसमा रहेको सिङ्क भन्ने फिचरलाई लिन सकिन्छ । खासमा सिङ्क भनेको बुकमार्क फिचरको उपयोगी सुबिधा हो । जस्तो कि मानिलिनुस – तपाई अफिसमा र घरमा दुबै तिर ईन्टरनेट चलाउनु हुन्छ । नेट सर्फ गर्दै जाँदा तपाईले केही उपयोगी साईट बुकमार्क  गर्नु भयो भने कालान्तरमा प्रयोग गर्ने गरी यसको सेभ गर्न सकिन्छ  । बुकमार्क अहिले सोसल बुकमार्क साईटमा पनि गर्न सकिन्छ तर फायरफक्सको बुकमार्क सोसल बुकमार्क भन्दा अलि सजिलो छ । यसमा एकै युजरनेम (जसलाई फायरफक्समा मुलत: बुकमार्क सिन्क्रोनाईज गर्न प्रयोग गरिन्छ ।) बाट चलाईएका ब्राउजरमा कुनै एकमा बुकमार्क गर्नु भयो भने अर्को त्यही युजरनेम बाट चलेको ब्राउजर मा सो बुकमार्क सिन्क्रोनाईज भएर रहन्छ । त्यस्तै अपरेटिङ्ग सिस्टम रि-ईन्सटल गर्दा ब्राउजरमा सेभ गरेको रहेको बुकमार्क पुन: स्थापित गर्न सकिन्छ ।